18/09/2025
कृष्ण शाहि लेख्नुहुन्छ : #बर्दियाकोआवाज
"सरकार मान या नमान!कुलमान हुन राष्ट्रका सान!
वली सरकार जाना जान!आफ्नै खुट्टामा बन्चरो नहान!"
तत्कालीन नेकपाकाे सरकार हुदै वलीले कुलमाानलाई हटाउन खाेज्दा त्यतिबेला वलीकै एउटा जिम्मेवार कार्यकर्ता हुदाहुदै पनि मैले यहाँ माथि उल्लेखित पंक्ति त्यतिखेरै संजालमा पाेष्ट गरेको कवितात्मक प्रस्तुतिकाे केही अंश हो!
समय कति बलवान हुन्छ,उनै लखेटिदै लखेटिदै अन्ततोगत्वा साच्चिकै प्राधिकरणबाट अपमान पुर्वक घाेक्रेठ्याक लगाइएका सहसचिव स्तरका कुलमान घिसिङ अहिले त्यही मन्त्रालयको शक्तिशाली मन्त्री बने!कुलमान अनि उनी संलग्न रहेकोे हालैको यो सरकारले खरानीकाे थुप्रो बनेको मुलुकमा के कस्तो र कसरी काम गर्छ भन्ने कुरा त अहिले केही भन्न सकिन्न तथापि वलीले हिजो निति विचारमा नभई गाेप्य सत्ता भाेग बन्धकिमा एमालेलाई घाेक्रेठ्याक,त्यसपछि आफैले बनाएको संविधानमा अर्को विकल्प हुदा सम्म विघटन गर्न नपाउने भनिएको संसदलाई पटकपटक घाेक्रेठ्याक,तमासुकबाट मृत्यवर्ण गराईएकाे एमालेलाई कट्टेल ऋशिमुनि संजिवनी बुटिकाे प्रयोगबाट फेरि एमाले पुनर्जीवित गराई सहक्रमिहरुलाई घाेक्रेठ्याक मात्रै होइन मुखमै कुल्ला बान्ता गर्ने,त्यति मात्रै कहाँ हाेर"राष्ट्रपति भैसकेको मान्छे राजनीतिमा आउन हुदैन भन्ने कुरा बेकार हो,वहा आउन सक्नुहुन्छ,पार्टी अध्यक्ष वा प्रधानमन्त्री बन्न सक्नुहुन्छ"भनेरै महत्त्वकांक्षा जगाई सेवा सुविधा त्याग्न प्रेरित गरेर पछि विद्यालाई समेत घाेक्रेठ्याक लगाउदै अन्तमा बाल बालिकाहरु समेत ठाउँको ठाउँ ड्याम्म कि ड्याम बन्दा पनि भाद्र २३ गते साझसम्म सिंहासन नछाडे पछि देश मात्रै खरानी भएन समय परिस्थितिले आफैलाई समेत घाेक्रेठ्याक लगायाे वली कमरेड! love you Kp बा अभियान देखि झाेले हुदै रक्त रन्जित अभियान चलाई सक्नुभयाे अब कुन अभियान चलाउनु हुन्छ ?