27/05/2026
प्रधानमन्त्री संसद्मा आउनुपर्छ : हर्क साम्पाङ
श्रम संस्कृति पार्टीका नेता हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसद्मा उपस्थित गराउन माग गरेका छन् । प्रतिनिधिसभा बैठकमा प्ले कार्डसहित विरोध जनाउँदै उनले प्रधानमन्त्रीलाई सदनमा ल्याउन नसकिए आफूलाई संसद्बाट निष्कासन गर्न सभामुखसँग आग्रह गरे । उनले प्रधानमन्त्री संसद्प्रति जवाफदेही हुनुपर्ने बताएका छन् ।