Saptarangi FM Damak

  • Home
  • Saptarangi FM Damak

Saptarangi FM Damak A page For News And More Media

26/02/2026

चुनावी रिपोर्टिङका क्रममा झापा आइपुगेका ‘हाम्रोमत’ का कार्यकारी सम्पादक पत्रकार अर्जुन आचार्यमाथि नेकपा (एमाले) का कार्यकर्ताहरूले भौतिक आक्रमण गरेका छन्। झापाको कमल गाउँपालिकास्थित जीवन चोकमा रिपोर्टिङ गरिरहेका आचार्यमाथि एमालेको ‘भोलेन्टियर्स फोर्स’ का सदस्यहरूले आज दिउँसो आक्रमण गरेका हुन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घरदैलो कार्यक्रम भइरहँदा स्थानीय महिलाहरूले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह ‘घण्टी’ देखाएर साङ्केतिक विरोध जनाएका थिए। त्यसपछि आक्रोशित बनेका एमाले कार्यकर्ताहरूले ती महिलाहरूमाथि अश्लील शब्द प्रहार गर्दै दुर्व्यवहार गर्न थालेपछि पत्रकार आचार्यले सो दृश्यको फोटो र भिडियो खिच्न खोजेका थिए। दृश्य कैद गर्न खोज्दा आचार्यमाथि सामूहिक आक्रमण भएको हो।

25/02/2026

बैतडीमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच झडप भएको छ । झडपमा परेर नेकपा एमालेका दुई जना कार्यकर्ता घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार
डिलासैनी गाउँपालिका वडा न ७ को लेक टोलमा चुनाव प्रचारप्रसारको क्रममा दुवैपक्षबीच झडप भएको हो

खेलकुद तथा युवा मन्त्री बब्लु गुप्ता र जेनजी प्रतिनिधिहरू बारा घटनाबारे वार्ता तथा छलफलका लागि सिमरा गएका छन्। बिहीबार स...
20/11/2025

खेलकुद तथा युवा मन्त्री बब्लु गुप्ता र जेनजी प्रतिनिधिहरू बारा घटनाबारे वार्ता तथा छलफलका लागि सिमरा गएका छन्। बिहीबार साँझ मन्त्री गुप्तासँगै 'हामी नेपाल' का संयोजक सुदन गुरूङ, जेनजी प्रतिनिधिहरू पुरूषोत्तम यादव, अभिषेक सिंह लगायत प्रतिनिधिहरू सिमरा हिँडेका हुन्।

नेत्रविक्रम चन्द नेतृत्व ‘विप्लव’को नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अाज ‘जनप्रदर्शन’सहितको ‘जनसभा’ आयोजना गर्दै छ ।।।
06/11/2025

नेत्रविक्रम चन्द नेतृत्व ‘विप्लव’को नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अाज ‘जनप्रदर्शन’सहितको ‘जनसभा’ आयोजना गर्दै छ ।।।

सरकारले सहकारी ठगीमा संलग्न व्यक्तिका परिवारका सदस्य र पारपाचुके गरेको भए छुट्टिएको व्यक्तिको समेत सम्पत्ति बिक्री गरेर ...
05/11/2025

सरकारले सहकारी ठगीमा संलग्न व्यक्तिका परिवारका सदस्य र पारपाचुके गरेको भए छुट्टिएको व्यक्तिको समेत सम्पत्ति बिक्री गरेर असुली गर्ने तयारी गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अध्यादेश मार्फत यस्तो व्यवस्था गर्न लागेको हो ।

गायीका रचना रिमाल भन्छिन  ' जिल्ला निर्वाचन कार्यालय काठमाडौंबाट मतदाता नामावलीमा नाम दर्ता गरेकी छु । सरकारी सेवा यस्तो...
02/11/2025

गायीका रचना रिमाल भन्छिन '
जिल्ला निर्वाचन कार्यालय काठमाडौंबाट मतदाता नामावलीमा नाम दर्ता गरेकी छु । सरकारी सेवा यस्तो चुस्तदुरुस्त पनि हुने रहेछ ।कार्यालय पुगेर लाईन बसेको १० मिनेट आसपासमै काम सकियो ।एकदमै सहज र व्यवस्थित रुपमा दर्ता कक्ष संचालन भैरहेको पाए । हजुरहरु पनि उमेर पुगि नाम दर्ता छुटाउनु भएको छ भने समयमै दर्ता गराई आफ्नो मताधिकार सुरक्षित गर्नुहोला है ।

विश्वका १० अर्बपतीमा ९ जना अमेरिकी ,  ९ जना नै प्रबिधि क्षेत्रका ।   १ नम्बरमा एलन मस्क हुँदा मेटाका मालिक मार्क जुकर्वा...
02/11/2025

विश्वका १० अर्बपतीमा ९ जना अमेरिकी , ९ जना नै प्रबिधि क्षेत्रका । १ नम्बरमा एलन मस्क हुँदा मेटाका मालिक मार्क जुकर्वार्ग ३ नम्बरमा । फ्रेन्च अर्बपति अर्नल्ट ब्लुम्बर्ग बिलेनियर इन्डेक्सको टपटेनभित्र पर्न सफल एकमात्र त्यस्ता व्यक्ति हुन् जो प्रविधि उद्योगसँग सम्बन्धित छैनन् ।

नेपालमा कालोसुचीमा पर्नेहरुको संख्या झनै बढेको छ , कात्तीक १३ गतेको तथ्यांकमा यो संख्या १३ हजार ६ सय ७४ रहेको छ ,जसमथ्ये...
02/11/2025

नेपालमा कालोसुचीमा पर्नेहरुको संख्या झनै बढेको छ , कात्तीक १३ गतेको तथ्यांकमा यो संख्या १३ हजार ६ सय ७४ रहेको छ ,जसमथ्ये चेक बाउन्सका कारण कालोसुचीमा पर्नेहरुको संख्या अत्यधीक छ ।।

आजको मौसमको अवस्था हेरेर यात्रा तथा कामको निर्णय गर्नुहोस iii
02/11/2025

आजको मौसमको अवस्था हेरेर यात्रा तथा कामको निर्णय गर्नुहोस iii

नेपाल अमेरिकसँग  फेरी पराजीत
01/11/2025

नेपाल अमेरिकसँग फेरी पराजीत

दुखद खबर भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा चालक षडानन्द नगरपालिका वडा नम्बर ४ का २५ वर्षीय आइतबहादुर तामाङ र अरुण गाँउपाल...
01/11/2025

दुखद खबर
भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा चालक षडानन्द नगरपालिका वडा नम्बर ४ का २५ वर्षीय आइतबहादुर तामाङ र अरुण गाँउपालिका वडा नम्बर ४ का १७ वर्षे नविन तामाङको घटनास्थलमै मृत्यु ।।

31/10/2025

खेतमा हेलीकप्टर अाकस्मीक अवतरण ।। यो विहारकाे खवर हाे ।।

Address

Jhapa

57200

Website

Alerts

Be the first to know and let us send you an email when Saptarangi FM Damak posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Saptarangi FM Damak:

  • Want your business to be the top-listed Advertising & Marketing Company?

Share