A-2-Z online

A-2-Z online Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from A-2-Z online, Social Media Agency, Kathmandu nepal, London.

A-Z-"Unlock the power of digital marketing with customized campaigns tailored to your business needs.
तपाईँको साथले हाम्रो कथा लेखिन्छ।"
"तपाईँकै लागि,हर समय नयाँ सिर्जना।"
"तपाईँको स्टाइल,हाम्रो प्राथमिकता।नयाँ फेसन अपडेट्सका लागि फोलो गर्नुस्।"धन्यवाद

👇️👇️👇️👇️अष्टमिको दिन घर परिवारलाई थाहै नदि कुबेतबाट मेरो श्रीमान अचानक घरमा आउनु भयो र मेरो मोबाइल जबर्जस्ती खोसेर मेरो ...
05/10/2025

👇️👇️👇️👇️
अष्टमिको दिन घर परिवारलाई थाहै नदि कुबेतबाट मेरो श्रीमान अचानक घरमा आउनु भयो र मेरो मोबाइल जबर्जस्ती खोसेर मेरो म्यासेन्जरमा म्यासेज र फोनकल हेर्न थाल्नुभयो।

मलाई सासू ससुरा र छोराछोरीको अगाडी कुट्नुभयो, घरबाट निस्केर त्यही नाठोसँग जाँ भनेर साँझमा घरबाट कुट्दै निकाल्दिनुभयो। त्यसपछि म माइतीघरमा आएर बसेकी छु, स्वास्थ्य उपचार गराई रहेकी छु। भनेर म्यासेन्जरमा जानुका चेली ले म्यासेज पठाउनुभाको रहेछ।

त्यसपछि कुरा बुझ्दै जाँदा २-३ नजा कोही बैंकको कर्मचारी त कोही बिदेशबाट छुट्टीमा आउने बिबाहित छोरामान्छेसँग उनको चिनजान सँगै भेटघाट भाको रहेछ। उनीहरु कोही बाट मोबाइल, कोही बाट सेन्ट, स्मार्ट वाच, कपडा, चप्पल झोला र मेकअपको सामान आदि गिफ्ट लेकि रहेछिन।

सुन्नुहोस दिदीबहिनीहरु हो,
अर्काको लोग्ने सँग कहिल्यै प्रेम हुँदैन, यो त एउटा शरीर भाडामा दिए बराबर हुन्छ। के तपाइँलाई तपाईंको यो गोप्य सम्बन्ध, प्रेम हो भनेर साँच्चै लाग्छ?

यो प्रेम होइन यो त शरीरको सम्झौता मात्रै हो। नाम परिवर्तन गरेर (प्रेम) राखियो तर यसमा बासना, भोक र धोका बाहेक केही हुँदैन।

प्रेम भनेको बिश्वास, बाचा, एक अर्कामा जोगानुलाई भनिन्छ।

तर
यसमा कुनै जिम्मेवारी हुँदैन।
भविष्यको कुनै योजना हुँदैन।
यसमा सुरक्षा हुँदैन।
केही रात विभिन्न होटलको कोठामा उत्साह मात्रै हुन्छ, अनि बिहान भएपछि अन्जान जस्तै बनेर आफ्नो स्वास्नी छोराछोरीसँग जान्छ, अनि तपाईं आफ्नो घरमा।

एकपटक सोचौं त-
👉️ अरुको स्वास्नीहरु सँग रमाउने खुशी हुने लोग्ने मान्छेले साँच्चै तपाइँलाई आफ्नो घरमा लगेर श्रीमती बनाएर राख्न सक्छ?

👉️ जुन नारी आफ्नो श्रीमान बाहेक अरु कसैको टाँगमुनी पस्छे, अंगालोमा रमाई रहेकी छे, त्यस्ता रातकी रानी लाई कहिल्यै एउटा छोरा मान्छेले बिश्वास गर्छ होला त..? 🤔....

आज अर्काको लोग्नेको शरणमा पुग्ने रातकी रानी, भोलि उनको शरीर टिकटक र फेसबुक म्यासेन्जर जस्तो बजारमा लिलामी हुन्छ। थाहै होला (सिंगल मोदर्स) भन्ने हरुको शरीर कसरी लिलामी हुदैछ टिकटके दुनियाँमा।
अनि तपाईंको ग्यारेन्टी कसले लिन्छ? कुनै सोझो लोग्नेले २/४ मुक्का- २-४ लात हानेर घरबाट निकालेछ। सुरोको फेला पर्ने हो भने ज्यान खोलामा टाउको झोलामा बनाउँथ्यो। लोग्ने बिदेश हुँदा दुनियाँ सँग लागेर हिड्थी रँ.. लोग्नेले टाउको छिनाएर प्रहरी चौकीमा आफै गएछ्। भन्दै गाउँ घर तिर तपाईंको कुरा काट्छन मर्दा पनि संसारले राम्रो शब्द प्रयोग गर्दैनन्। बरु आटिलो रहेछ श्रीमान भन्दै श्रीमानको चौतर्फी प्रशंसा हुन्छ। जेलबाट पनि केही बर्षमै निस्केर दोस्रो बिबाह गर्छ। तर तपाईं??

सत्य कुरा यही हो-
लोग्ने हुँदाहुँदै जहाँ अर्काको लोग्ने सँग Hi, Hello बाट सुत्ने उठ्ने सम्म कुरा हुन्छ , त्यहीँ बाट लोग्ने सँगको सम्बन्ध समाप्त हुँन्छ। यो तपाइँहरूको प्रेम कहानी हुँदै होइन यो त चरित्रहीनताको बजार हो।
यहाँ मान्छे बिक्छ, बिश्वास टुट्छ, अनि अन्तमा परिवार छुट्छ, रोइरहेका छोराछोरीको आँखा देख्नुहुन्छ, त्यसपछि ति छोराछोरी र आफ्नो आफन्त सँग कहिल्यै शिर ठाढो पारेर बोल्न आट आउँदैन।

आज आफैलाई हेर्नुहोस।
आफैलाई सोध्नुहोस- के तपाईंले साँचै नै श्रीमान छोराछोरीको मायाको योग्य हुनुहुन्छ वा कसैलाई आफ्नो शरीर भाडामा दिदै हुनुहुन्छ।।

(साभार)

रौतहटमा भएको ब'म काण्डमा घाइते भएका जीवित प्रमाण गौरीशंकर राम काठमाडौं आइपुगेका छन्। काङ्ग्रेस नेता अफताब आलम उच्च अदालत...
06/07/2025

रौतहटमा भएको ब'म काण्डमा घाइते भएका जीवित प्रमाण गौरीशंकर राम काठमाडौं आइपुगेका छन्। काङ्ग्रेस नेता अफताब आलम उच्च अदालतबाट प्रमाण अभावमा सफाइ पाएपछि राम सर्वोच्च अदालत जाने तयारीसहित भारतको विहारबाट काठमाडौं आएका हुन्। पत्रकार सम्मेलनमा उनले रुँदै भने, "ब'म वि'स्फोटमा ज'लेर घाइते भएको म यहाँ छु, म नै जिउँदो प्रमाण हुँ।"

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौंका मेयर बालेन शाहबीच आइतबार भेटवार्ता भएको छ। बालेन दिउँसो भण्डारीको निवास ...
06/07/2025

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौंका मेयर बालेन शाहबीच आइतबार भेटवार्ता भएको छ। बालेन दिउँसो भण्डारीको निवास पुगेका थिए। समसामयिक विषयमा छलफल भएको बताइए पनि विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

तिनकुने घटना प्रकरणमा संगै पक्राउ परेका राप्रपाका धवल शमशेर राणा र मिश्रमध्ये राणा छुटेपछि हिरासतमा रहेका मिश्रले पार्टी...
26/04/2025

तिनकुने घटना प्रकरणमा संगै पक्राउ परेका राप्रपाका धवल शमशेर राणा र मिश्रमध्ये राणा छुटेपछि हिरासतमा रहेका मिश्रले पार्टीप्रति गुनासो पोखेका छन्।
पार्टीले वास्ता नगरेको महसुस गरिरहेका उनले प्रहरीसँग निष्पक्ष अनुसन्धानको माग गरेका छन्।

राणा छुटेपछि राजेन्द्र लिङ्देनसहित नेताहरूको भेटघाट पातलिएको छ।
पहिले दिनदिनै हिरासत पुग्ने नेताहरू अब देखिन छाडेका छन्।

राणाको रिहाइका लागि परिवारले प्रधानमन्त्रीदेखि परराष्ट्रमन्त्रीसम्मको ढोका ढकढक्याए, तर मिश्रका लागि यस्तो पहल भएको छैन।
मिश्रको गुनासो छ– "पार्टीले मेरो पक्षमा बोलेन।"

'नयाँ शिक्षामन्त्री को हुने भन्नेबारे टुङ्गिन केही दिन लाग्ला। त्यो प्रधानमन्त्रीज्यूले लिने निर्णय हो, आवश्यक छलफल गर्छ...
22/04/2025

'नयाँ शिक्षामन्त्री को हुने भन्नेबारे टुङ्गिन केही दिन लाग्ला। त्यो प्रधानमन्त्रीज्यूले लिने निर्णय हो, आवश्यक छलफल गर्छौँ । एमालेबाटै हुन्छ तर, कहिलेसम्म भन्नेबारे अहिल्यै केही भन्न सकिँदैन। प्रधानमन्त्रीज्यूले आफूलाई सहज लाग्ने र आफूसँग सहकार्य गर्न सक्ने ल्याउनुहोला ।'
- महेश बर्तौला, प्रमुख सचेतक, नेकपा एमाले
Source: Nagarik News

राप्रपाको बल्खुमा भएको विरोध सभामा काठमाडौं मेयर बालेन शाहको चर्चा भएको छ। पार्टी महामन्त्री राजेन्द्र गुरुङले सभास्थलमा...
08/04/2025

राप्रपाको बल्खुमा भएको विरोध सभामा काठमाडौं मेयर बालेन शाहको चर्चा भएको छ। पार्टी महामन्त्री राजेन्द्र गुरुङले सभास्थलमा फोहोर नगर्न र पानीका बोतलहरू नफाल्न सचेत गरे। उद्घोषकका रूपमा कार्यक्रम सञ्चालन गरिरहेका उनले भने, "यदि फोहोर गर्‍यो भने काठमाडौं महानगरपालिकाबाट जरिवाना पत्र आउने छ।" यसअघि, बालेनले राप्रपालाई एक लाख रुपैयाँ जरिवाना तिराएका थिए। १५ चैतको प्रदर्शनमा भएको फोहोर र तोडफोडको हर्जना भने उनले ज्ञानेन्द्र शाहले तिर्नुपर्ने निचोडसहितको पत्र पठाएका थिए। गुरुङले भने, "राप्रपालाई फेरि जरिवाना तिर्ने नबनाउनुहोला, बुझिदिनुहोला।"

SEE परीक्षाको तेस्रो दिनसम्म रौतहट जिल्लामा चिट चोर्न प्रयोग १ हजार २ सय ३३ थान मोबाइल नियन्त्रणमा लिएको जिल्ला प्रहरी क...
24/03/2025

SEE परीक्षाको तेस्रो दिनसम्म रौतहट जिल्लामा चिट चोर्न प्रयोग १ हजार २ सय ३३ थान मोबाइल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Address

Kathmandu Nepal
London
A-Z

Website

Alerts

Be the first to know and let us send you an email when A-2-Z online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to A-2-Z online:

Share