24/02/2026
आज शुभ यात्राको अवसरमा गेजिङ–बर्मेक निर्वाचन क्षेत्र अन्तर्गत माथिल्लो ओमचुङ वाड नं. ४ निवासी ८२ वर्षीय श्री कृष्ण बहादुर सन्यासी क्षेत्रीको घरमा माननीय क्षेत्र विधायक श्री लोकनाथ शर्माज्यू पुगेर स्थलगत निरीक्षण गर्नुभयो।
उहाँको आफ्नै जमिन नभएको कारणले घरको अवस्था अत्यन्तै नाजुक रहेको पाइयो। यसअघि वर्तमान सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) सरकारको तर्फबाट चादर वितरण गरिएको थियो।
आजको भ्रमणका क्रममा विधायकज्यूले घरको वास्तविक अवस्था बुझ्दै शीघ्र घर निर्माण गरिदिने वचन दिनुभएको छ।
जनताको दुःख–सुखमा सधैं साथ दिने प्रतिबद्धतासहित उहाँले आवश्यक पहल गर्ने विश्वास दिलाउनुभएको छ।