20/05/2026
गान्तोक जिल्लाको रुम्तेक वरिपरिका क्षेत्रमा कृषि तथा बागवानी विकासलाई थप सुदृढ बनाउने उद्देश्यले विभिन्न विश्वविद्यालयका वैज्ञानिकहरूको हिँजो रुम्तेकमा गेजिङ बर्मेक समष्टिका माननीय विधायक श्री लोकनाथ शर्मासँग भेटघाट तथा विस्तृत छलफल गर्नुभयो।
। उक्त टोलीमा डा. माइकल एम स्यूली अरिना, (Junior Res. Scientist, AICRP-PEASEM, CAEPHT, Ranipool), डा. वाई रूपट आनन्द (ICAR-AICRP-PEASEM, MTTCVTC, CoH, बर्मेक) , डा. शेखर बन्धोपाध्याय (Professor, Plant Pathology) एवं i/c डीन , बर्मेक तथा डा. प्रसाद एस कुल्कर्नी(Research Engineer, PEASEM) कृषि विज्ञान विद्यालय, रायचूर, सहभागी रहनु भएको थियो ।
वैज्ञानिकहरूको टोलीले रुम्तेक क्षेत्रमा वृक्षारोपण कार्यक्रम सञ्चालन गर्दै कागती तथा सुन्तलाका बिरुवाहरू रोपण गरेका थिए। साथै, स्थानीय किसान तथा गाउँवासीहरूलाई सिंचाइ र खानेपानी सुविधा उपलब्ध गराउने उद्देश्यले नालामा सूक्ष्म बाँध (Micro Dam) निर्माणको सम्भावनाबारे स्थलगत अवलोकनसमेत गरिएको थियो। उक्त परियोजनाले भविष्यमा कृषियोग्य भूमिमा सिंचाइ सुविधा विस्तार गरी तरकारी तथा विभिन्न बाली उत्पादनमा उल्लेखनीय वृद्धि गर्ने विश्वास व्यक्त गरिएको छ।
भेटघाट तथा छलफलका क्रममा वैज्ञानिकहरूले तरकारी खेती, बाली उत्पादन, च्याउ खेती, आधुनिक कृषि प्रणाली, बागवानी विकास तथा किसानहरूको आर्थिक उन्नतिका विषयमा महत्वपूर्ण सुझाव प्रस्तुत गरेका थिए। माननीय विधायक श्री लोकनाथ शर्माले वैज्ञानिकहरूको पहल, अनुसन्धानमूलक सोच तथा किसानमुखी योजनाहरूको उच्च प्रशंसा गर्दै यस्ता कार्यक्रमहरूले रुम्तेक तथा आसपास क्षेत्रका किसानहरूको आर्थिक अवस्था सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।