Kalimpong Today - कालेम्पोङ्ग टुडे

Kalimpong Today - कालेम्पोङ्ग टुडे Social Media

22/09/2026

| दार्जिलिङमा आगलागी

दार्जिलिङको बातासेस्थित प्रहरी सहायता केन्द्रमा भीषण आगलागी भएको छ। आगलागीका कारण सहायता केन्द्रको भवनमा ठूलो क्षति पुगेको बताइएको छ।

आज आकाशमा देखिएको सुन्दर जुन र ताराहरूको संगम, मानौँ प्रकृतिले रातको क्यानभासमा प्रेम र सौन्दर्यको अनुपम चित्र कोरेको हो...
14/09/2026

आज आकाशमा देखिएको सुन्दर जुन र ताराहरूको संगम, मानौँ प्रकृतिले रातको क्यानभासमा प्रेम र सौन्दर्यको अनुपम चित्र कोरेको हो। 🌙✨

08/09/2026

मौसम खराबीका कारण कालेबुङमा मुख्यमन्त्रीको हेलिकप्टर अवतरण हुन सकेन

खराब मौसमका कारण पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीज्युको हेलिकप्टर कालेबुङमा अवतरण हुन सकेन। मौसम प्रतिकूल भएपछि मुख्यमन्त्री पुनः सिलिगुडी फर्किनुभएको छ।

मुख्यमन्त्रीको कालेबुङ भ्रमणका क्रममा कालेबुङ टाउन हलमा प्रशासनिक बैठक तथा विभिन्न जनकल्याणकारी योजना वितरण कार्यक्रम आयोजना गर्ने तयारी गरिएको थियो। तर, मौसम खराबीका कारण उहाँ प्रत्यक्ष रूपमा कार्यक्रममा उपस्थित हुन नसक्नु भएको हो।

यसैबीच, मुख्यमन्त्री शुभेन्दु अधिकारीले भर्चुअल माध्यमबाट कालेबुङका जनतालाई सम्बोधन गर्नुभएको छ। उहाँले भर्चुअल रूपमा कार्यक्रममा सहभागी हुँदै जनतालाई सम्बोधन गर्नुभएको हो।

कालेबुङ टाउन हलमा निर्धारित प्रशासनिक बैठक तथा जनकल्याणकारी योजना वितरण कार्यक्रम भने तय कार्यक्रमअनुसार सञ्चालन गरियो।

मुख्यमन्त्रीको कालेबुङ भ्रमणलाई लिएर ट्राफिकमा विशेष नियम, यी सडकमा पार्किङ निषेध :       पश्चिम बंगालका मुख्यमन्त्रीको ...
07/09/2026

मुख्यमन्त्रीको कालेबुङ भ्रमणलाई लिएर ट्राफिकमा विशेष नियम, यी सडकमा पार्किङ निषेध :

पश्चिम बंगालका मुख्यमन्त्रीको भोलि (८ सेप्टेम्बर २०२६) कालेबुङ भ्रमणलाई मध्यनजर गर्दै जिल्ला प्रशासनले कालेबुङ शहरमा ट्राफिक व्यवस्थापनका लागि विशेष प्रतिबन्ध तथा मार्ग व्यवस्थापन सम्बन्धी आदेश जारी गरेको छ।

जिल्ला प्रशासनको आदेशअनुसार ८ सेप्टेम्बर बिहान ६ बजेदेखि अपराह्न ४:३० बजेसम्म कालेबुङ शहर क्षेत्रमा सबै भारी सवारीसाधनको आवतजावतमा प्रतिबन्ध लगाइएको छ।

यसैगरी सोही अवधिमा DS Gurung Road, Calcutta Store Line, Main Road, Ongden Road, Saat Do Bato, Damber Chowk, More, C.K. Chowk, Relli Road तथा Seed Farm Fatak लगायतका स्थानमा पार्किङ गर्न निषेध गरिएको छ।

भारी सवारीसाधनका लागि अस्थायी रोक्ने स्थानका रूपमा Laborbotay (NH-10), 20th Mile Link Road (NH-717A) र Hanuman Mandir (NH-10) तोकिएको छ।

ट्राफिक व्यवस्थापन तथा मार्ग डाइभर्सनलाई सहज बनाउन आवश्यक प्रतिबन्धहरू ट्राफिक प्रहरीले लागू गर्ने जिल्ला प्रशासनले जनाएको छ।

06/09/2026

Dikchu Dam releases high-flow water after Chyakoong landslide; Teesta River rises above danger level, prompting downstream residents to remain alert and follow official advisories.

06/09/2026

🚨 चुङथाङमा ठूलो पहिरो, नदीको बहाव प्रभावित — तल्लो तटीय क्षेत्रमा ‘हाई अलर्ट’
उत्तर सिक्किमको चुङथाङ क्षेत्रमा ठूलो पहिरो खसेर नदीको बहाव अवरुद्ध भएपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता (High Alert) जारी गरिएको छ।
पहिरोका कारण नदी थुनिएपछि पानीको सतह अचानक बढ्न सक्ने तथा कुनै पनि बेला तीव्र गतिमा बहाव आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै टिस्टा नदीसहित तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
सम्बन्धित सुरक्षा तथा प्रशासनिक निकायहरूले घटनास्थलको अवस्था निरन्तर निगरानी गरिरहेका छन्। नदी आसपासका बासिन्दालाई अनावश्यक रूपमा नदी किनारतर्फ नजान तथा स्थानीय प्रशासनले जारी गर्ने सूचना र निर्देशन पालना गर्न आग्रह गरिएको छ।
⚠️ सतर्क रहनुहोस्, सुरक्षित रहनुहोस्।
टिस्टा नदी आसपासका क्षेत्रमा विशेष सावधानी अपनाउनुहोस्।

| NOTICE |Inter Division cinchona plantation knockout football tournament 2026
04/09/2026

| NOTICE |
Inter Division cinchona plantation knockout football tournament 2026

सम्पूर्णमा सूचित गर्न चाहन्छौँ कि आगामी मिति २७/०८/२०२६, बिहीबारका दिन, स्थानीय साङसे ग्राम पञ्चायत कार्यालयमा आयुष्मान ...
26/08/2026

सम्पूर्णमा सूचित गर्न चाहन्छौँ कि आगामी मिति २७/०८/२०२६, बिहीबारका दिन, स्थानीय साङसे ग्राम पञ्चायत कार्यालयमा आयुष्मान भारतसम्बन्धी एक विशेष शिविर आयोजना गरिएको छ।
उक्त शिविरमा जसको e-KYC भएको छैन तथा विवरणमा कुनै त्रुटि भएका उपभोक्ताहरू उपस्थित भई आफ्नो समस्या समाधान गरी लाभ उठाउनुहुन हार्दिक अनुरोध गर्दछौँ।

धन्यवाद।

भवदीय
प्रधान
साङसे ग्राम पञ्चायत

23/08/2026

मन्सोङ कमान–२ नम्बर क्षेत्रमा आज बिहान एउटा अजिङ्गर भेटिएपछि स्थानीय क्षेत्रमा केही समयका लागि चासो र कौतूहलको वातावरण बनेको थियो।
घटनाबारे जानकारी प्राप्त हुनासाथ वन विभाग (Forest Department) लाई खबर गरिएको थियो। त्यसपछि वन विभागको टोली घटनास्थलमा पुगेर अजिङ्गरलाई सुरक्षित रूपमा उद्धार गरेको छ।

मानिस हराएको सूचना
22/08/2026

मानिस हराएको सूचना

Address

Kalimpong
734301

Telephone

+916296143008

Website

Alerts

Be the first to know and let us send you an email when Kalimpong Today - कालेम्पोङ्ग टुडे posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share