ALL Assam Gurung tamu association

ALL Assam Gurung tamu association Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ALL Assam Gurung tamu association, Social Media Agency, Margherita, Tinsukia.

असमको सुन्दर माटोमा जन्मेर समाज र समुदायको सेवामा समर्पित एक कर्मठ व्यक्तित्व हुनुहुन्छ चन्दन गुरुङ्ग जी। उहाँ केवल समाच...
07/03/2026

असमको सुन्दर माटोमा जन्मेर समाज र समुदायको सेवामा समर्पित एक कर्मठ व्यक्तित्व हुनुहुन्छ चन्दन गुरुङ्ग जी। उहाँ केवल समाचार जगतका सक्रिय व्यक्ति मात्र होइन, समाजलाई जोड्ने, समुदायको आवाजलाई अघि बढाउने एक जिम्मेवार युवा पनि हुनुहुन्छ।
आज उहाँ Gorkha Talks का एक उत्कृष्ट संवाददाता भएर असमका गोरखा समुदायका सुख–दुःख, गतिविधि र महत्वपूर्ण समाचारहरू जनतासम्म पुर्‍याउँदै आउनुभएको छ। उहाँको कलम र आवाजले समाजका धेरै कथाहरूलाई उजागर गरेको छ। यही समर्पणका कारण उहाँ समाजमा परिचित र सम्मानित बन्नुभएको छ।
त्यसैगरी उहाँ अखिल असम गुरुङ तमु सङ्घ का प्रचार सचिवको रूपमा पनि सक्रिय रहनुभएको छ। संगठनमार्फत गुरुङ समुदायको पहिचान, संस्कृति र एकतालाई मजबुत बनाउन उहाँले निरन्तर योगदान दिँदै आउनुभएको छ।
आज उहाँको जन्मदिनको यस विशेष अवसरमा, उहाँको मेहनत र समर्पणको कथा सम्झँदै सबैको मनमा गर्व र खुशी छ।
यसै सन्दर्भमा अखिल असम गुरुङ तमु सङ्घको तर्फबाट

Gorkha Talks का उत्कृष्ट संवाददाता तथा सङ्घका प्रचार सचिव आदरणीय चन्दन गुरुङ्ग जी लाई जन्मदिनको उपलक्ष्यमा हार्दिक बधाई तथा मंगलमय शुभकामना व्यक्त गर्दछौं।
ईश्वरले तपाईंलाई सधैं सुख, शान्ति, स्वास्थ्य र सफलताले भरिपूर्ण जीवन प्रदान गरून्। तपाईंको कलम र आवाजले समाजलाई अझै धेरै प्रेरणा दिइरहोस् भन्ने कामना गर्दछौं।

ALL Assam Gurung tamu association

29/12/2025

गुरुङ समुदायको महान सांस्कृतिक पर्व
तमू लोछार–२०२५
यस वर्ष अझै विशेष, भव्य र ऐतिहासिक रूपमा मनाइने भएको जानकारी गराइएको छ।
यस अवसरमा ३० डिसेम्बर २०२५ का दिन आयोजना हुने संस्कृति साँझ कार्यक्रम विशेष आकर्षणका रूपमा रहनेछ।
उक्त संस्कृति साँझमा गायिका पिनकी लिम्बुको सुमधुर गीत–संगीतको विशेष प्रस्तुति रहनेछ, जसले कार्यक्रमलाई अझ रंगीन, मनोरञ्जनपूर्ण र स्मरणीय बनाउने अपेक्षा गरिएको छ।

29/12/2025
29/12/2025

छ्याजालो

गुरुङ समुदायको महान सांस्कृतिक पर्व
तमू लोछार–२०२५
यस वर्ष अझै विशेष, भव्य र ऐतिहासिक रूपमा मनाइने भएको जानकारी गराइएको छ।

आगामी २९ र ३० डिसेम्बर २०२५ का दिनहरूमा आयोजना हुने यस पावन पर्वले गुरुङ समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ।

उक्त भव्य कार्यक्रम
अखिल असम गुरुङ तमू संघ केन्द्रीय समितिको सौजन्यमा,
तिनसुकिया जिल्ला समितिको आयोजनामा, पेग्री–बरदुस्मा अञ्चलिक समिति तथा सम्पूर्ण शाखा समितिहरूको सक्रिय सहयोगमा, असम राज्यको तिनसुकिया जिल्ला अन्तर्गत डिगबोईस्थित पेग्रीको डिब्रुजान मैदानमा भव्य रूपमा आयोजना गरिनेछ।

कार्यक्रमको विशेष आकर्षण
३० डिसेम्बर २०२५ का दिन आयोजना हुने संस्कृति साँझ कार्यक्रम प्रमुख आकर्षणको रूपमा रहनेछ।

उक्त अवसरमा असमका चर्चित गायक श्रीमान विजय दर्जीको सुमधुर गीत–संगीतको विशेष प्रस्तुति रहनेछ, जसले उपस्थित दर्शक–श्रोताहरूलाई मन्त्रमुग्ध बनाउने अपेक्षा गरिएको छ।

अतः तमू लोछार–२०२५ लाई सफल, भव्य र ऐतिहासिक बनाउन
सम्पूर्ण गुरुङ समुदाय, युवा वर्ग, दिदीबहिनी तथा संस्कृतिप्रेमी महानुभावहरूलाई उपस्थित भई सक्रिय सहभागिता जनाउन हार्दिक अनुरोध गरिएको छ।
छ्याजालो ।
तमू लोछार–२०२५ को हार्दिक मंगलमय शुभकामना।

28/12/2025

छ्याजालो 🙏
गुरुङ समुदायको महान सांस्कृतिक पर्व
तमू लोछार–२०२५
यस वर्ष अझै विशेष, भव्य र ऐतिहासिक रूपमा मनाइने भएको जानकारी गराइएको छ।

आगामी २९ र ३० डिसेम्बर २०२५ का दिनहरूमा आयोजना हुने यस पावन पर्वले गुरुङ समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ।

उक्त भव्य कार्यक्रम
अखिल असम गुरुङ तमू संघ केन्द्रीय समितिको सौजन्यमा,
तिनसुकिया जिल्ला समितिको आयोजनामा, पेग्री–बरदुस्मा अञ्चलिक समिति तथा सम्पूर्ण शाखा समितिहरूको सक्रिय सहयोगमा, असम राज्यको तिनसुकिया जिल्ला अन्तर्गत डिगबोईस्थित पेग्रीको डिब्रुजान मैदानमा भव्य रूपमा आयोजना गरिनेछ।

कार्यक्रमको विशेष आकर्षण
३० डिसेम्बर २०२५ का दिन आयोजना हुने संस्कृति साँझ कार्यक्रम प्रमुख आकर्षणको रूपमा रहनेछ।

उक्त अवसरमा असमका चर्चित गायक श्रीमान विजय दर्जीको सुमधुर गीत–संगीतको विशेष प्रस्तुति रहनेछ, जसले उपस्थित दर्शक–श्रोताहरूलाई मन्त्रमुग्ध बनाउने अपेक्षा गरिएको छ।

अतः तमू लोछार–२०२५ लाई सफल, भव्य र ऐतिहासिक बनाउन
सम्पूर्ण गुरुङ समुदाय, युवा वर्ग, दिदीबहिनी तथा संस्कृतिप्रेमी महानुभावहरूलाई उपस्थित भई सक्रिय सहभागिता जनाउन हार्दिक अनुरोध गरिएको छ।
छ्याजालो ।
तमू लोछार–२०२५ को हार्दिक मंगलमय शुभकामना।

18/12/2025

छ्याजालो

✍️असमको कोखराझार निवासी, अखिल असम गुरुङ तमू संघकी सक्रिय सदस्य बितिशा गुरुङज्यूले सम्पूर्ण गुरुङ समुदायलाई एकताबद्ध भई सहभागिता जनाउन हार्दिक आह्वान गर्नुभएको छ।

✍️गुरुङ समुदायको महान सांस्कृतिक पर्व
तमू लोछार–२०२५
आगामी २९ र ३० डिसेम्बर २०२५ का दिनहरूमा यस वर्ष तमू लोछार अझै विशेष, भव्य र ऐतिहासिक रूपमा मनाइने भएको जानकारी गराउनुभयो।

उक्त कार्यक्रम
अखिल असम गुरुङ तमू संघ केन्द्रीय समितिको सौजन्यमा,
तिनसुकिया जिल्ला समितिको आयोजनामा,
पेग्री–बरदुस्मा अञ्चलिक समिति तथा
सम्पूर्ण शाखा समितिहरूको सक्रिय सहयोगमा,
असम राज्यको तिनसुकिया जिल्ला अन्तर्गत
डिगबोई स्थित पेग्रीको डिब्रुजान मैदानमा
भव्य रूपमा आयोजना गरिनेछ।

✍️ कार्यक्रमको विशेष आकर्षण
३० डिसेम्बर २०२५ का दिन
गुरुङ समुदायको मौलिक पहिचान झल्काउने
संस्कृतिक नृत्य तथा गीत–संगीतका प्रस्तुतिहरू भव्य रूपमा प्रदर्शन गरिनेछ।

✍️ अन्त्यमा,
बितिशा गुरुङज्यूले सम्पूर्ण गुरुङ समुदाय, युवा–युवती, बुद्धिजीवी, आमा–बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई
यस ऐतिहासिक तमू लोछार–२०२५ मा
आ–आफ्नो अमूल्य समय निकालेर उपस्थित भई कार्यक्रमलाई सफल र स्मरणीय बनाउन
हार्दिक अनुरोध गर्नुभएको छ।

छ्याजालो

छ्याजालो ✍️गुरुङ समुदायको गौरव, पहिचान र संस्कृतिको प्रतीकमहान् सांस्कृतिक पर्व तमू लोछार–२०२५आगामी २९ र ३० डिसेम्बर २०२...
10/12/2025

छ्याजालो

✍️गुरुङ समुदायको गौरव, पहिचान र संस्कृतिको प्रतीक
महान् सांस्कृतिक पर्व तमू लोछार–२०२५
आगामी २९ र ३० डिसेम्बर २०२५ का दिनहरूमा
यस वर्ष विशेष, भव्य र सभ्य रूपमा आयोजना हुनेछ।

✍️तमू लोछार केवल उत्सव मात्र होइन,
यो हाम्रो गुरुङ भाषा, संस्कृति, भेषभूषा र ऐतिहासिक पहिचानको जीवन्त उत्सव हो।
यस पावन अवसरमा
आफ्नो मौलिक गुरुङ पोशाक लगाएर,
आफ्नो भाषा बोल्दै,
आफ्नो संस्कृतिमा गर्व गर्दै
आफ्नो पहिचानलाई खुलेर प्रस्तुत गरौँ।

✍️अब थोरै दिन मात्र बाँकी छ।
समय द्रुत गतिमा अघि बढिरहेको छ,
र हजारौँ गुरुङ समुदायको उपस्थितिमा
यस कार्यक्रमलाई अझै भव्य, अनुशासित र ऐतिहासिक बनाउनु
हामी सबैको साझा दायित्व हो।

✍️आउनुहोस्, हामी सबै एकजुट भई
आपसी सहयोग, माया र सम्मानका साथ
तमू लोछार–२०२५ लाई
गुरुङ समुदायको एकता र संस्कृतिको
गौरवपूर्ण पर्व बनाऔँ।

छ्याजालो !
जय तमू समाज

10/12/2025

छ्याजालो
✍️ गुरुङ समुदायको पहिचान, संस्कृति र परम्परासँग गहिरो रूपमा जोडिएको
महान् सांस्कृतिक पर्व तमू लोछार–२०२५
आगामी २९ र ३० डिसेम्बर २०२५ का दिनहरूमा
यस वर्ष अझै विशेष, भव्य र ऐतिहासिक रूपमा आयोजना गरिने भएको छ भन्ने
गौरवपूर्ण जानकारी सम्पूर्ण गुरुङ परिवारजगतसमक्ष राख्न चाहन्छौँ।

✍️ यो ऐतिहासिक तथा सांस्कृतिक कार्यक्रम
अखिल असम गुरुङ तमू संघ केन्द्रीय समितिको सौजन्यमा,
अखिल असम गुरुङ तमू संघ तिनसुकिया जिल्ला समितिको सक्रिय उद्योगमा,
पेग्री–बरदुस्मा अञ्चलिक समिति तथा
संघअन्तर्गतका सम्पूर्ण शाखा समितिहरूको निरन्तर सहयोग र सहकार्यमा,
असमको तिनसुकिया जिल्ला अन्तर्गत Digboi स्थित पेग्रीको डिब्रुजान मैदानमा
भव्य रूपमा आयोजना हुँदैछ।

✍️ यस पावन तथा शुभ अवसरमा
अखिल असम गुरुङ तमू संघ तिनसुकिया जिल्लाका माननीय सभापति
श्रीमान् चन्दन गुरुङ (पेग्री) ज्यूको तर्फबाट
असमभित्र तथा बाहिर रहनु भएका
सम्पूर्ण गुरुङ परिवार, दिदीबहिनी, दाजुभाइ र युवापुस्तालाई
तमू लोछार–२०२५ मा सहभागी भइदिन
हार्दिक निमन्त्रणा व्यक्त गरिएको छ।

✍️ तमू लोछार केवल पर्व मात्र होइन,
यो हाम्रो ऐतिहासिक चेतना, सामाजिक एकता,
भाषिक पहिचान, मौलिक भेषभूषा र सांस्कृतिक आत्माको प्रतीक हो।
यस अवसरमा हामी सबै मिलेर
आफ्नो संस्कृति र परम्परालाई अझ सशक्त रूपमा उजागर गर्दै,
नयाँ पुस्तामा यसको महत्व हस्तान्तरण गर्दै,
यो महान् पर्वलाई सफल, भव्य र अविस्मरणीय बनाउने
हाम्रो साझा जिम्मेवारी हो।

✍️ यसै सन्दर्भमा
तिनसुकिया जिल्लाका सम्पूर्ण दिदीबहिनीहरूलाई
एउटा विशेष र हार्दिक आग्रह गर्न चाहन्छौँ—
यदि हाम्रो मौलिक गुरुङ नृत्य तथा सांस्कृतिक प्रस्तुतिमा
सहभागी हुन इच्छुक दिदीबहिनीहरू हुनुहुन्छ भने,
अखिल असम गुरुङ तमू संघ केन्द्रीय समितिकी
सांस्कृतिक सचिव सुश्री रानी गुरुङ ज्यू सँग
प्रत्यक्ष सम्पर्क गरी
आफ्नो सहभागिता सुनिश्चित गरिदिनुहुन
विनम्र अनुरोध गर्दछौँ।

✍️ अब समय धेरै बाँकी छैन।
तमू लोछार नजिकिँदै छ,
र गुरुङ समुदायको महान् चार तमू लोछारलाई
तपाईंहरूको माया, साथ, सहयोग र उपस्थितिको
अत्यन्तै खाँचो छ।

✍️ त्यसैले आउनुहोस्,
हामी सबै एकजुट भई
आफ्नो पहिचान र अस्तित्वप्रति गर्व गर्दै,
तमू लोछार–२०२५ लाई
एकता, संस्कृति र समर्पणको ऐतिहासिक उत्सव बनाऔँ।

छ्याजालो
जय तमू समाज
जय गुरुङ संस्कृति

आउँदो २९ र ३० डिसेम्बर २०२५ मा गुरुङ समुदायको महान सांस्कृतिक पर्वतमू (गुरुङ) लोछार भव्य रूपमा आयोजना गरिने भएको छ।यस वर...
30/11/2025

आउँदो २९ र ३० डिसेम्बर २०२५ मा गुरुङ समुदायको महान सांस्कृतिक पर्व
तमू (गुरुङ) लोछार भव्य रूपमा आयोजना गरिने भएको छ।

यस वर्षको लोछार कार्यक्रम अखिल असम गुरुङ तमू संघ केन्द्रीय समितिको सौजन्यमार तिनसुकिया जिल्ला समितिको उद्योगमा पेग्री–बरदुस्मा अञ्चलिक समिति
तथा सबै शाखा समितिहरूको सक्रिय सहयोगमा तिनसुकिया जिल्लाको Digboi–Pegree स्थित डिब्रुजान मैदानमा आयोजन हुनेछ

आयोजक समितिले सम्पूर्ण तमू (गुरुङ) परिवार, दाजुभाइ–दिदीबहिनी,
युवा तथा शुभेच्छुकहरूलाई सहभागिताका लागिहार्दिक निमन्त्रण गरेको छ।

तमू (गुरुङ) समुदायले लोछारलाई
नयाँ वर्षको स्वागत र पुरानो वर्षलाई बिदाइ गर्ने सांस्कृतिक–धार्मिक पर्वका रूपमा मनाउँछन्।

“लो” को अर्थ वर्ष र “छार” को अर्थ नयाँ भएकोले
लोछार = नयाँ वर्ष हो।
यो पर्वले
पूर्व–पुरुषको परम्परा,
संस्कृति, भाषा, भेषभूषा,
परिवार र समुदायको एकता
लाई सम्मानपूर्वक उजागर गर्छ।
सामूहिक भेला, पूजा, सेलो–रोडि, सांस्कृतिक नृत्य,
भेषभूषाको प्रदर्शन र शुभकामना आदान–प्रदान
यस पर्वका मुख्य विशेषताहरू हुन्।

Address

Margherita
Tinsukia

Telephone

+919101386609

Website

Alerts

Be the first to know and let us send you an email when ALL Assam Gurung tamu association posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ALL Assam Gurung tamu association:

Share