27/07/2026
🔴डिमाकुची आञ्चलिक समितिको बिभिन्न दल, असम राष्ट्रवादी युवा परिषद्, गोर्खा छात्र संघ, डिमाकुची ई–मिडिया फोरम तथा र (AASU) को संयुक्त पहलमा बाढीपीडित परिवारहरूलाई खाद्यान्न तथा अत्यावश्यक राहत सामग्री उपलब्ध गराउने उद्देश्यले सहयोग अभियान सञ्चालन गरिएको छ।
डिमाकुची क्षेत्रमा सञ्चालित राहत संकलन अभियानबाट संकलित खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीहरू शिवसागर, चराइदेउ र नाजिरा जिल्लाका बाढीपीडित परिवारहरूमा वितरण गर्नका लागि आयोजक टोली आज शिवसागतर्फ प्रस्थान गरेको छन्।
यस मानवीय अभियानलाई सफल बनाउन सहयोग पुर्याउनुहुने डिमाकुची क्षेत्रका सम्पूर्ण जनसमुदाय, व्यवसायी, संघ–संस्था तथा सहयोगी मनहरूलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ। 🙏
Dimakuchi anchalik committee AAGSU.