रामेछाप खाँडादेबी खवर

Call Directions

रामेछाप खाँडादेबी खवर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from रामेछाप खाँडादेबी खवर, Social Media Agency, Kathmandu.

🚨 सतर्कताको लागि जरुरी सूचना! 🙏आज बिहान उत्तरी गोरखाको चुमनुब्रीमा सुख्खा पहिरोका कारण खोला थुनिएपछि बुढीगण्डकी नदीमा ले...
11/10/2026

🚨 सतर्कताको लागि जरुरी सूचना! 🙏

आज बिहान उत्तरी गोरखाको चुमनुब्रीमा सुख्खा पहिरोका कारण खोला थुनिएपछि बुढीगण्डकी नदीमा लेदोसहितको आकस्मिक बाढी आएको खबर छ। बाढीले सल्लेरी बजार र केही पुलमा क्षति पुर्‍याएको बताइएको छ।

⚠️ माछाखोला, आरुघाट बजार, त्रिशूली दोभान, बेनीघाटलगायत बुढीगण्डकीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सबैलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन अनुरोध छ।

🙏 कृपया यो सूचना सम्बन्धित क्षेत्रका बासिन्दासम्म पुर्‍याउनुहोस्।

#सतर्कता #बुढीगण्डकी #गोरखा #बाढीपहिरो

🚨 इजरायल पठाइदिने भन्दै २ करोड ५० लाख ठगीको आरोप, कांग्रेस नेतृ बिनिता खड्का पक्राउ!नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा क...
09/10/2026

🚨 इजरायल पठाइदिने भन्दै २ करोड ५० लाख ठगीको आरोप, कांग्रेस नेतृ बिनिता खड्का पक्राउ!
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार बिनिता खड्कालाई इजरायलमा वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाएर २ करोड ५० लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा सीआईबीले पक्राउ गरेको छ।
यस प्रकरणमा खड्कासहित हालसम्म ५ जना पक्राउ परिसकेका छन्। प्रहरीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नक्कली कागजात देखाएर रकम असुलिएको जनाएको छ।
Saad Saad

सहयोग गरौँ, तर प्राथमिकता र आवश्यकताबारे पनि सोचौँ। 🙏डोना थापा आफैं युट्युबर, मोडल तथा ब्रान्ड एम्बेसडर हुनुहुन्छ। माइला...
08/10/2026

सहयोग गरौँ, तर प्राथमिकता र आवश्यकताबारे पनि सोचौँ। 🙏
डोना थापा आफैं युट्युबर, मोडल तथा ब्रान्ड एम्बेसडर हुनुहुन्छ। माइला भाइ लाहुरे, कान्छा भाइ राष्ट्रिय खेलाडी तथा कन्टेन्ट क्रिएटर र परिवारमा पेन्सनबाट समेत आम्दानी हुने अवस्था रहेको बताइएको छ।
यस्तो परिवारमा एक जना बिरामी पर्दा सामाजिक सञ्जालमार्फत सहयोगको अपिल आउँदा सहयोग गर्नु हुँदैन भन्ने होइन। मानवीय हिसाबले सहयोग गर्नुपर्छ। ❤️
तर अर्को पक्ष पनि सोचौँ—खाडीमा महिनाको २५–३० हजार रुपैयाँ कमाएर परिवार धानिरहेका सामान्य श्रमिकको घरमा कसैलाई गम्भीर स्वास्थ्य समस्या पर्दा उनीहरूको अवस्था कस्तो होला?
स्रोत र पहुँच भएका परिवारले सहयोग पाउने अवस्था हुँदा, आर्थिक रूपमा कमजोर परिवारका वास्तविक पीडा र आवश्यकता कतै ओझेलमा नपरून् भन्ने मात्र चिन्ता हो।
सहयोग सबैलाई आवश्यक छ, तर सबैभन्दा बढी आवश्यकता परेकासम्म पनि हाम्रो सहयोग पुग्न सकोस्। 🙏❤️

🏠 बैंकले लिलाम गरेको घरमा टोलवासीले पूर्वघरधनीलाई नै भित्राए!बुटवलको मिलनचोकमा अनौठो घटना—बैंकको लिलामीपछि घरबारविहीन बन...
06/10/2026

🏠 बैंकले लिलाम गरेको घरमा टोलवासीले पूर्वघरधनीलाई नै भित्राए!
बुटवलको मिलनचोकमा अनौठो घटना—बैंकको लिलामीपछि घरबारविहीन बनेका पूर्वघरधनीलाई टोलवासीले फेरि सोही घरमा प्रवेश गराएका छन्।
दुर्गाबहादुर पौडेल र उनकी श्रीमती लक्ष्मीले छापाखाना सञ्चालनका लागि लुम्बिनी विकास बैंकबाट ४८ लाख रुपैयाँ ऋण लिएका थिए। कोरोना महामारीपछि व्यवसायमा आएको मन्दीका कारण ऋणको साँवा–ब्याज तिर्न नसकेपछि रकम बढेर करिब ५८ लाख रुपैयाँ पुगेको बैंकको भनाइ छ।
त्यसपछि बैंकले करिब ८१ लाख ९१ हजार रुपैयाँ मूल्यांकन गरिएको घर ५३ लाख रुपैयाँमा लिलाम गरेको थियो। उक्त घर सुर्खेतका गोविन्द लामिछानेले सकार गरेका हुन्।
तर, स्थानीयवासीले भने डेढ करोड रुपैयाँसम्म बजार मूल्य पर्ने घर निकै कम मूल्यमा लिलाम गरिएको आरोप लगाएका छन्। पूर्वघरधनी लक्ष्मीले पनि घर बिक्री गरेर ऋण तिर्ने विषयमा बैंकसँग समझदारी भइसकेको र घर बिक्रीका लागि बैना समेत भइसकेको अवस्थामा आफूलाई जानकारी नदिई लिलाम गरिएको दाबी गरेकी छन्।
घर लिलाम भएपछि पौडेल दम्पती घरबारविहीन बने। त्यसपछि टोलवासी, नागरिक समाज तथा स्थानीय अभियानमा जोडिएका व्यक्तिहरूले बैंकमा धर्ना दिँदै विरोध जनाए।
सोमबार उनीहरू समूह बनाएर लिलाम भइसकेको घरमै पुगे र पूर्वघरधनी पौडेल दम्पतीलाई फेरि सोही घरमा प्रवेश गराए।
घर सकार्ने गोविन्द लामिछानेले आफूले गरेको लगानी र बैंकको ब्याज फिर्ता पाए घर पूर्वघरधनीलाई नै छाड्न तयार रहेको बताएको स्थानीयवासीको भनाइ छ।
यता, बैंकका बुटवल शाखा प्रमुख चन्द्रबहादुर सारुले भने लिलामी प्रक्रिया नियमअनुसार नै भएको दाबी गरेका छन्। उनका अनुसार बैंकले पटक–पटक सूचना दिँदा पनि ऋणीले बेवास्ता गरेपछि घर लिलाम गरिएको हो।
👉 अब प्रश्न उठेको छ—बैंकको लिलामी प्रक्रिया सही थियो कि घरको मूल्यांकनमै कमजोरी भयो?
यो घटनाले बैंकको ऋण असुली प्रक्रिया, घरको मूल्यांकन र ऋणीलाई घरबारविहीन बनाउने अवस्थाबारे बहस चर्काएको छ।
📍 स्थान: मिलनचोक, बुटवल
📸 फोटो: सामाजिक सञ्जाल

Salam mahal Old souk,shalmiya,
05/10/2026

Salam mahal Old souk,shalmiya,

महादेवले ढिलो गर्लान्,तर बाटो अवश्य देखाउँछन्। 🕉️🙏जय जय पशुपतिनाथ! 🔱
05/10/2026

महादेवले ढिलो गर्लान्,
तर बाटो अवश्य देखाउँछन्। 🕉️🙏
जय जय पशुपतिनाथ! 🔱

😥💔 १३ वर्षमै परिवारको जिम्मेवारी!दाङ घोराही–१३ की १३ वर्षीया प्रभा मगरको बाल्यकाल भोक र अभावसँग संघर्ष गर्दै बितिरहेको छ...
04/10/2026

😥💔 १३ वर्षमै परिवारको जिम्मेवारी!
दाङ घोराही–१३ की १३ वर्षीया प्रभा मगरको बाल्यकाल भोक र अभावसँग संघर्ष गर्दै बितिरहेको छ।
प्रभा ७ वर्षकी हुँदा करेन्ट लागेर बुवाको निधन भयो। आमाले मजदुरी गरेर हुर्काउँदै आउनुभएको थियो। तर अहिले आमालाई क्यान्सर भएपछि परिवार झन् ठूलो संकटमा परेको छ। 😢
आमाको उपचारका लागि पैसा छैन, घरमा खानेकुरासमेत अभाव छ। आमाको हेरचाह र घरको जिम्मेवारीका कारण प्रभाले पढाइसमेत छोड्नुपरेको छ।
💔 प्रभाको भनाइ छ—
“कसैले दिएपछि खान्छु, होइन भने भोकै बस्नुपर्छ।”
१३ वर्षकी बालिकाले भोकसँग लड्नुपर्ने अवस्था कति पीडादायी होला? 🙏
सम्बन्धित निकाय, सामाजिक संस्था र मनकारी सहयोगीहरूलाई प्रभा र उनकी आमाको उपचार तथा जीवनयापनमा सहयोग गरिदिन हार्दिक अपिल।
❤️ प्रभाको हातमा फेरि किताब–कापी होस्, आमाले उपचार पाऊन् र उनीहरूको घरमा खुसी फर्कियोस्।
🙏 यो पोस्ट शेयर गरिदिनुहोस्। तपाईंको एउटा शेयरले पनि सहयोगी हातसम्म यो पीडा पुर्‍याउन सक्छ।
📌 Source: Nabin Khabar
#मानवीय_सहयोग #बालअधिकार

कोहलपुरको मेडिकल घटनाले अहिले व्यापक चर्चा पाएको छ।महिलाले स्वास्थ्य समस्या लिएर चिकित्सककहाँ जाँच गराएको र त्यसक्रममा स...
04/10/2026

कोहलपुरको मेडिकल घटनाले अहिले व्यापक चर्चा पाएको छ।
महिलाले स्वास्थ्य समस्या लिएर चिकित्सककहाँ जाँच गराएको र त्यसक्रममा संवेदनशील अंगमा अनुचित रूपमा छोएको आरोप लगाएपछि विवाद चर्किएको देखिन्छ। घटनापछि चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको दृश्यसमेत सार्वजनिक भएको छ।
तर चिकित्सकीय जाँचका क्रममा बिरामीको संवेदनशील अंगको परीक्षण आवश्यक पर्न सक्छ भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण छ। यस्तो परीक्षण चिकित्सकीय आवश्यकता, सहमति, मर्यादा र निर्धारित स्वास्थ्य मापदण्डअनुसार भएको थियो कि थिएन भन्ने विषय अनुमान वा सामाजिक सञ्जालको आरोप–प्रत्यारोपबाट होइन, निष्पक्ष अनुसन्धानबाट स्पष्ट हुनुपर्छ।
यदि चिकित्सकले आफ्नो पेशागत जिम्मेवारीअनुसार उपचार गरेका हुन् भने त्यसको प्रमाण अनुसन्धानबाट आउनुपर्छ। त्यस्तै, बिरामीमाथि अनुचित व्यवहार भएको भए त्यसको पनि सत्यतथ्य बाहिर आउनुपर्छ।
त्यसैले कसैलाई दोषी ठहर गर्नुअघि निष्पक्ष छानबिन गरौँ, सत्यतथ्य बाहिर ल्याऔँ र दोषी देखिए कानुनअनुसार कारबाही गरौँ।
स्वास्थ्यजस्तो संवेदनशील विषयमा आरोपभन्दा सत्य महत्वपूर्ण छ।

बिमल पोखरेलले उपसभामुख रुवीकुमारी ठाकुरको कार्यशैलीमाथि प्रश्न उठाउँदै कडा टिप्पणी गरेका छन्।सुरुवाती दिनमा नेपाली मातृभ...
03/10/2026

बिमल पोखरेलले उपसभामुख रुवीकुमारी ठाकुरको कार्यशैलीमाथि प्रश्न उठाउँदै कडा टिप्पणी गरेका छन्।
सुरुवाती दिनमा नेपाली मातृभाषा नभएको र पहिलोपटक संसदमा प्रवेश गरेकाले सिक्न समय लाग्न सक्छ भन्दै आलोचना नगरे पनि, संसद प्रवेश गरेको ६ महिना बितिसक्दा समेत प्रस्तुतिमा अपेक्षित सुधार नदेखिएको पोखरेलको भनाइ छ।
उनले उपसभामुख पदको गरिमा कायम राख्न नसकेको आरोप लगाउँदै पदसँग जोडिएका सेवा–सुविधा उपभोग गरेर मात्र बस्नुभन्दा राजीनामा दिएर सांसदको भूमिकामा सीमित हुनु उचित हुने टिप्पणी गरेका छन्। साथै, सिक्ने र सुधार गर्ने इच्छाशक्तिमाथि समेत उनले प्रश्न उठाएका छन्।
६ महिनापछि पनि सुधार छैन भने प्रश्न उठ्नु स्वाभाविक हो कि होइन? 🤔
#उपसभामुख #रुवीकुमारीठाकुर #संसद #नेपाल

Address


Telephone

+9779849667580

Website

Alerts

Be the first to know and let us send you an email when रामेछाप खाँडादेबी खवर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share