Help miklajung

  • Home
  • Help miklajung

Help miklajung Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Help miklajung, Social Media Agency, Madhumalla, .

संविधान दिवसमा मिक्लाजुङमा माओवादी केन्द्रको दीप प्रज्वलन कार्यक्रम सम्पन्नमिक्लाजुङ मोरङ, असोज / संविधान दिवस २०८२ को अ...
20/09/2025

संविधान दिवसमा मिक्लाजुङमा माओवादी केन्द्रको दीप प्रज्वलन कार्यक्रम सम्पन्न

मिक्लाजुङ मोरङ, असोज / संविधान दिवस २०८२ को अवसरमा नेकपा (माओवादी केन्द्र) मिक्लाजुङ गाउँ समितिद्वारा आयोजित शुभकामना आदान–प्रदान तथा दीप प्रज्वलन कार्यक्रम मिक्लाजुङ–७, बैंक चौकमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा अध्यक्ष उमेश राईले संविधान प्राप्तिको लागि विगतको बलिदान स्मरण गर्दै रक्षार्थ फेरि लड्न युवा पुस्ता तयार रहेको बताए। गाउँ सचिव मनोज पौडेलको सञ्चालनमा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सचिवालय सदस्य तथा मोरङ सह–इन्चार्ज प्रेम मिभकले २०७२ को संविधान नेपाली जनताको त्यागमा आधारित रहेको उल्लेख गर्दै जेन्जी पुस्ताका मागहरू माओवादी आन्दोलनका नै भएको बताए।

मिभकले नेतृत्वविहीन जेन्जी आन्दोलनले उपलब्धि दिन नसकेको औंल्याउँदै प्रदेश खारेजी मागलाई संघीयताविरोधी ठहराए। "जायज माग पूरा गर्न माओवादी नै एकमात्र शक्ति हो। गल्ती सुधारेर अघि बढ्छौं। इतिहास नबुझ्दा हासिल अधिकार खोसिन सक्छ," उनले सचेतनाको आह्वान गरे।

मिक्लाजुङका अग्रज नेता, कार्यकर्ता र सर्वसाधारणको उल्लेख्य सहभागितामा सम्पन्न कार्यक्रमले संविधानको महत्व र वर्तमान चुनौतीप्रति जागरण फैलाएको अपेक्षा आयोजकले लिएको छ ।

एमालेका नेता तथा पूर्व गृहमन्त्री समेत रहेका पुर्व माओवादी नेता रामबहादुर थापा बादल पार्टीभित्र विद्या भण्डारी–गुटतर्फ ख...
05/09/2025

एमालेका नेता तथा पूर्व गृहमन्त्री समेत रहेका पुर्व माओवादी नेता रामबहादुर थापा बादल पार्टीभित्र विद्या भण्डारी–गुटतर्फ खुलेका छन्। जनक्रान्तिको नाममा मोहन वैद्यसँग लामो समय थन्किएर गुमनाम बनेका बादललाई माओवादी नेतृत्वले पुनः सक्रिय बनाउँदै बरिष्ठ नेता मात्र होइन, राष्ट्रिय सभा सदस्य हुँदै दुई तिहाइ बहुमतको शक्तिशाली सरकारको गृहमन्त्रीसम्म बनाएको थियो।

तर, केपी शर्मा ओलीले राजनीतिक इमान्दारिता नदेखाएपछि माओवादी नेतृत्व नेकपाबाट फिर्ता हुँदा बादलसहित चार सांसदले फर्कन अस्वीकार गरे। उल्टै उनीहरूले माओवादीविरुद्ध नै मिसाइल प्रहार गर्ने रणनीति अपनाए। प्रधानमन्त्री ओली तानाशाही शैलीमा कहिल्यै पद नछोड्ने जस्तो व्यवहार गरिरहँदा, बादल पनि बल्लतल्ल पाएको कुर्सी जोगाउन उनीसँग हो–मा–हो मिलाउँदै लागिपरे।

बादल गृहमन्त्री हुँदा नेपाल मात्रै नभई अन्तर्राष्ट्रिय मिडियासम्म गुन्जिएको निर्मला पन्त हत्या प्रकरण आजसम्म निष्कर्षमा पुग्न सकेको छैन। ठुला नेताका छोरा संलग्न रहेको आरोप तीव्र बने पनि प्रहरी हत्यारा पत्ता लगाउन असफल रह्यो। शक्ति केन्द्रको दबाबमा घटना मत्थर पार्ने प्रयास भएको आरोपसहित यो मुद्दा विस्तारै गुमनाम हुँदै गएको थियो।

अब भने परिस्थितिमा मोड आएको छ। बादल विद्या भण्डारीको गुटतर्फ खुलेसँगै ओलीसँग उनको दूरी बढेको संकेत गरिएको छ। बादलले ओलीलाई छाडेपछि निर्मला पन्त हत्या प्रकरणमा पुनः अनुसन्धान अघि बढाउन ओलीलाई बाटो खुलेको छ। यसले एमालेलाई मात्र होइन, नेपालको राजनीतिक समीकरणलाई समेत हल्लाउने संकेत देखिएको छ। यस भन्दा अगाडि चोक्टा खान गएकि बुढि झोलमा डुबेर मरि भन्ने उखान टोपबहादुर रायमाझीमा लागु भएपनि अब भने यो उखान बादल माथि पनि भारि पर्ने देखिएको छ।😏

मिक्लाजुङ–८ का विद्यालयमा शुद्ध खानेपानी सुविधामधुमल्ला ( मोरङ )मिक्लाजुङ गाउँपालिका–८ का सम्पूर्ण विद्यालयमा शुद्ध खाने...
01/09/2025

मिक्लाजुङ–८ का विद्यालयमा शुद्ध खानेपानी सुविधा

मधुमल्ला ( मोरङ )
मिक्लाजुङ गाउँपालिका–८ का सम्पूर्ण विद्यालयमा शुद्ध खानेपानी सुविधा उपलब्ध गराइएको छ। वडामा रहेका चारवटा सामुदायिक तथा संस्थागत विद्यालयका प्रत्येक कक्षाकोठामा खानेपानी जार र फिल्टर वितरण गरिएको वडा कार्यालयले जनाएको छ।

वडा अध्यक्ष प्रवेश कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इलाका प्रहरी कार्यालय मधुमल्लाका इन्चार्ज मछिन्द्र लिम्बू, विद्यालय प्रतिनिधि तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कुँवरले विद्यालय तहमा शुद्ध खानेपानीको अभावलाई सम्बोधन गर्दै “स्वस्थ विद्यार्थी, स्वस्थ नागरिक” को अवधारणा साकार पार्ने उद्देश्यसहित वडा कार्यालयले अभियानकै रूपमा यो कार्यक्रम अघि बढाएको जानकारी दिनुभयो।

त्यसैगरी, इलाका प्रहरी कार्यालयका इन्चार्ज लिम्बूले सहभागी विद्यार्थीहरूलाई लागुऔषध दुरुपयोग नियन्त्रण, ट्राफिक नियम पालन र सामाजिक उत्तरदायित्वबारे सचेतना प्रदान गर्नुभएको थियो।

जापानमा विद्यालय बिहान साढे ८ बजे शुरू हुन्छन् । तर हामी शिक्षक ७ बजे नै पुगिसक्छौं । डेस्क–बेन्च मिलेको छ छैन, हेर्ने र...
27/08/2025

जापानमा विद्यालय बिहान साढे ८ बजे शुरू हुन्छन् । तर हामी शिक्षक ७ बजे नै पुगिसक्छौं । डेस्क–बेन्च मिलेको छ छैन, हेर्ने र मिलाउने गर्छौं । विद्यार्थी आइपुग्नुअघि कक्षाकोठा व्यवस्थित गरिसक्छौं ।
जापानका सरकारी विद्यालयमा पियन वा कार्यालय सहयोगी हुँदैनन् । कक्षाकोठा दिनदिनै विद्यार्थीले नै सफा गर्छन् । शौचालय अनि भान्सा पनि उनीहरूले नै सफा गर्छन् । यसमा शिक्षकहरू साथमा हुन्छन् ।
सरसफाइका लागि ४/५ जना विद्यार्थीको फरक–फरक समूह बनाइएको हुन्छ । शुरूका कक्षादेखि नै उनीहरूलाई सरसफाइ गर्न सिकाइन्छ । यो पनि शिक्षाकै अंग हो ।

कोही विद्यार्थी पढाइमा कमजोर भएमा कुन विषयमा किन कमजोर भए भनेर विषयगत शिक्षकहरूबीच छलफल हुन्छ । त्यसपछि मात्र कमजोर विद्यार्थीलाई कसरी माथि उठाउन सकिन्छ भनेर योजना बनाइन्छ ।

कक्षा शिक्षकले हाजिरी गर्दा हरेक विद्यार्थीको मुहार ध्यानपूर्वक हेर्ने गर्छौं । उनीहरूको अनुहार उज्यालो छ कि अँध्यारो छ नियाल्ने गरिन्छ । यदि कसैको अनुहार अँध्यारो छ भने सञ्चो भएन कि भनेर सोध्छौं । अरू नै केही समस्या भए अभिभावकलाई सोध्छौं र समाधानको प्रयास गर्छौं । यसो गरिएन भने समस्या ठूलो हुँदै जान्छ । त्यसले अनेक असर निम्त्याउन सक्छ । त्यही दिन समस्या सल्टियो भने उसको त्यो दिन राम्ररी बित्छ र त्यस दिनको उसको पढाइ पनि राम्रो हुन्छ ।

विद्यार्थीले किताब मात्रै पढ्न मन पराउँदैनन् । त्यसैले उनीहरूलाई कक्षाकोठा बाहिर लैजाने गर्छौं । विभिन्न क्रियाकलाप गराउँछौं । विद्यार्थीलाई नियमित रूपमा संगीत, कला र खेलमा सहभागी गराउँछौं । यसबाट विद्यार्थीलाई धेरै कुरा सिकाउन सकिन्छ ।
जस्तो, खेलमा हार–जीत हुन सक्छ । यसैकारण झ्गडा हुन सक्छ । तर ‘खेल भनेको सबैको लागि खेल्ने हो, देशको लागि खेल्ने हो’ भनेर बुझउन सकिए उनीहरूलाई अनुशासन सिकाउन सकिन्छ ।
जापानमा बच्चाबेलादेखि नै जिम्मेवार बन्न सिकाइन्छ । हामीले उनीहरूलाई आफ्नो लागि मात्र होइन आफ्नो वरपर, समाज र देशको लागि काम गर्नुपर्छ भनेर सिकाइरहेको हुन्छौं । विद्यालय तहको पढाइ पूरा हुँदा उनीहरूमा आफूलाई राम्ररी अभिव्यक्त गर्न सक्ने क्षमता, न्याय, इच्छाशक्ति र समाजमा मिलेर बस्ने सीप विकास भएको हुन्छ ।

हरेक सोमवार नैतिक शिक्षाको पढाइ हुन्छ । यसमा यसो गर्नुपर्छ उसो गर्नुपर्छ भनेर शिक्षकले अर्ति–उपदेश दिने भन्दा पनि शिक्षक विद्यार्थीबीच छलफल हुन्छ । उनीहरुलाई कहिले कुनै किताब पढ्न त कहिले कुनै विषयवस्तुमा छलफल गर्न दिइन्छ । जस्तो, फोहोर जहाँ पायो त्यहीं फाल्नुहुन्छ कि हुँदैन, कक्षामा समयमा आउनुपर्छ कि पर्दैन, म्यूजियम वा कतै जाँदा हल्ला गर्नुहुन्छ कि हुँदैन आदि जस्ता विषयमा छलफलपछि विद्यार्थी आफैं निष्कर्ष निकाल्छन् ।

विद्यालयमा अङ्ग्रेजी भाषाको पढाइ हुन्छ । तर, गणित, विज्ञान, सामाजिक शिक्षा लगायत विषय जापानी भाषामा पढाइ हुन्छ । सानै कक्षादेखि विद्यार्थीलाई श्रम र कामको महत्व बुझाउन व्यावसायिक सीप पनि सिकाइन्छ । सिलाइ, बुनाइ, सिकर्मी, डकर्मी, इलेक्ट्रिसियन तालिम दिइन्छ । माध्यमिक तहका विद्यार्थी त कम्पनीमा गएर इन्टर्नसिप समेत गरेर पारिश्रमिक प्राप्त गर्छन् ।

जापानमा शिक्षकको सेवा–सुविधा राम्रो छ । घरपायक भन्दा अन्यत्र गएर काम गर्नुप¥यो भने आधा घरभाडा थप पाउँछन् । पेन्सन पनि राम्रो छ ।

शिक्षकका विभिन्नखाले समस्या वा दुःख हुन सक्छन् । तर पनि विद्यार्थीलाई माया गर्नुपर्छ । सम्मान दिनुपर्छ । उनीहरुको जीवनमा खुशी र सुख होस्, बच्चा राम्रो हुन् र देश राम्रो होस् भन्ने उद्देश्य हुनुपर्छ ।

विद्यार्थीले शिक्षकलाई हेरेर पढिरहेको हुन्छ । शिक्षक राम्रो भएन भने विद्यार्थी राम्रो हुँदैन । राम्रो विद्यार्थी बनाउन शिक्षकले मिहिनेत गर्नुपर्छ ।

एक जापानी शिक्षकको हेराइमा शिक्षण पेशा ।
- शिक्षक मासिक

मलामी जाने सुचना !!मोरङ जिल्ला मिक्लाजुङ गाउँपालिका वडा नं. ९ निवासि धन बहादुर शिवाको मिति २०८२ भाद्र ७ गते आईतबार ५९ बर...
26/08/2025

मलामी जाने सुचना !!
मोरङ जिल्ला मिक्लाजुङ गाउँपालिका वडा नं. ९ निवासि धन बहादुर शिवाको मिति २०८२ भाद्र ७ गते आईतबार ५९ बर्षको उमेरमा असामयिक दुःखद निधन भएको र भोली भाद्र ११ गते बुधबार दिनको १० : ३० बजे मिक्लाजुङ ९ मावा घाटमा अन्तिम दाह संस्कार गरिने भएको हुँदा मलामी उपस्थिति भइदिनु हुन समस्त छरछिमेक , आफन्तजन , साथीभाइ ,ईष्टमित्र ,बन्धु वान्धव सबैमा जानकारी गराईन्छ ।

श्रीमति : सुमित्रा शिवा
छोरा : कुमार शिवा -
मिक्लाजुङ– ९ मधुमल्ला,मनकामना टोल, मोरङ

मोटरसाइकल दुर्घटना, उर्लाबारीका १७ वर्षीय डागीको मृत्युउर्लाबारी /  मोरङ मिक्लाजुङ-१  रमितेबाट फर्किँदै गरेको मोटरसाइकल ...
17/08/2025

मोटरसाइकल दुर्घटना, उर्लाबारीका १७ वर्षीय डागीको मृत्यु
उर्लाबारी / मोरङ मिक्लाजुङ-१ रमितेबाट फर्किँदै गरेको मोटरसाइकल शनिबार दिउँसो दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा उर्लाबारी–४ आईतबारे निवासी रञ्जित डाँगिका १७ वर्षीय छोरा आरप डागी रहेका छन् ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख रन्जन बरालका अनुसार मे २ प ९०९७ नम्बरको मोटरसाइकल दिउँसो करिब ३:५० बजेतिर अनियन्त्रित भई पल्टिँदा चालक डागी गम्भीर घाइते भएका थिए । उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा डागीको टाउकोमा गम्भीर चोट लागेको थियो । सोही मोटरसाइकलमा सवार उर्लाबारी–४ का १५ वर्षीय अनुप थापा सामान्य घाइते भएका छन् । उनी अहिले स्वास्थ्य अवस्थामा सुधार भएको प्रहरीले जनाएको छ दुर्घटनापछि दुबैलाई तत्कालै उद्धार गरी स्थानियले अस्पताल पुर्याइएका थिए । प्रतक्ष दर्शिका अनुसार अधिकारी चौकको घुम्तिमा मोटरसाइकल अनियन्त्रीत भाई रोडबाट लगभ १५ मिटर जती भित्र केराघारीमा रहेको पिठारीको रुखमा ढोक्किएर अड्किएको थियो ।
पुर्बी प्रेस बाट

अफ्रिकन देश ब्रुकिनाफासोका राष्ट्रपति ईब्राहिम ट्राओरेले आफू राष्ट्रपति भए पछि राष्ट्रपति भवनका एसी झिकेर स्कुलमा जडान ग...
15/08/2025

अफ्रिकन देश ब्रुकिनाफासोका राष्ट्रपति ईब्राहिम ट्राओरेले आफू राष्ट्रपति भए पछि राष्ट्रपति भवनका एसी झिकेर स्कुलमा जडान गराए । उनले साँसद र मन्त्रीको तलब २०% ले घटाएर शिक्षक कर्मचारीको तलब ५०% ले बढाए। उनको राष्ट्रवादी सोचले कुल गार्हस्त उत्पादन पनि मनग्य बढेको छ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषसँग ऋण लिन नमानेको मात्रै होईन ४.७ अर्व विदेशी ऋण पनि फिर्ता गरिसकेका छन् । उनका प्रगतिशिल कदमहरूले अफ्रिकाको मात्रै नभएर विश्वकै एक उदाउदो लिडरका रूपमा उभ्याईदिएको छ ।

मलामी जाने सुचना !! मोरङ जिल्ला मिक्लाजुङ गाउँपालिका वडा नं. ९ निवासि सूजन दर्नालको मिति २०८२ साउन १२ गते आईतबार २८ बर्ष...
28/07/2025

मलामी जाने सुचना !!

मोरङ जिल्ला मिक्लाजुङ गाउँपालिका वडा नं. ९ निवासि सूजन दर्नालको मिति २०८२ साउन १२ गते आईतबार २८ बर्षको उमेरमा राति अन्दाजी करीब २:०० बजे असामयिक दुःखद निधन भएको र भोली साउन १३ मंगलबार दिनको १०:३० बजे मिक्लाजुङ ९ मावा घाटमा अन्तिम दाह संस्कार गरिने भएको हुँदा मलामी उपस्थिति भइदिनु हुन समस्त छरछिमेक , आफन्तजन , साथीभाइ ,ईष्टमित्र ,बन्धु वान्धव सबैमा जानकारी गराईन्छ ।

बूबा : धन ब. दर्नाल - 9827045056
दाई : बिचारी दर्नाल - 9816328927
मिक्लाजुङ– ९ मधुमल्ला,मनकामना टोल, मोरङ

मलामी जाने सुचना !!मोरङ जिल्ला मिक्लाजुङ गाउँपालिका वडा नं. ९ निवासि डबली माया दर्नाल ( कान्छी दीदी ) को मिति २०८२ जेठ २...
03/06/2025

मलामी जाने सुचना !!
मोरङ जिल्ला मिक्लाजुङ गाउँपालिका वडा नं. ९ निवासि डबली माया दर्नाल ( कान्छी दीदी ) को मिति २०८२ जेठ २० गते मंगलबार ७९ बर्षको उमेरमा राति अन्दाजी करीब ३:२० बजे असामयिक दुःखद निधन भएको र आजै मंगलबार दिनको ११ : ०० बजे मिक्लाजुङ ७ किम्बू डाडाँ लेटरेन चर्च माथीको समाधि स्थलमा अन्तिम संस्कार गरिने भएको हुँदा मलामी उपस्थिति भइदिनु हुन समस्त छरछिमेक , आफन्तजन , साथीभाइ ,ईष्टमित्र ,बन्धु वान्धव सबैमा जानकारी गराईन्छ ।

छोरी : तुलसा बाग्दास
ज्वाईं : शेर बहादुर बाग्दास - 9815066040
मिक्लाजुङ– ९ ओमशान्ति टोल, मोरङ

30/03/2025

भूमिगत भएका दुर्गा प्रसाई भन्छन्ः मलाई गोली हान्ने भएपछि म मन्दिरमा छु, म भागेको छैन ।

Address

Madhumalla

Website

Alerts

Be the first to know and let us send you an email when Help miklajung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Advertising & Marketing Company?

Share