01/06/2026
मलाई मात्र यस्तो लागेको हो कि कमेडी बाज (Comedy Baaz) जस्तो रोस्ट शोमा सानो उमेरकी नानीलाई राख्नु अलि नमिलेको जस्तो देखिन्छ? नानीमा ट्यालेन्ट त गज्जबको छ, तर रोस्ट कमेडीको शैली, भाषा र विषयवस्तु किशोर-किशोरीका लागि उपयुक्त हुँदैन। मिडिया र शो सञ्चालकहरूले ठूला मान्छेले हेर्ने कमेडी र केटाकेटीको दायराबीच एउटा स्पष्ट रेखा कोर्नु जरुरी छ। 🛑🤦♂️