Mukesh kumar sah

Mukesh kumar sah Bharatpur productions Mahottari Nepal हजुरको साथ

Permanently closed.
09/11/2023

I have reached 100 followers! Thank you for your continued support. I could not have done it without each of you. 🙏🤗🎉

Behind the hard work is also the struggle, sir...
08/01/2023

Behind the hard work is also the struggle, sir...

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग - सहकार्य मार्फत सम्भव कृष्णनगर, पुस २  युनिसेफ नेपाल र कृष्णनगर नगरप...
17/12/2022

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग - सहकार्य मार्फत सम्भव

कृष्णनगर, पुस २



युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल संरक्षण लैङगिक हिंसा तथा मनोसामाजिक सहयोग सम्बंधि समुदायमा अग्रपंक्तिमा रहेर संरक्षण कार्य गर्ने (frontline worker) हरूका लागि तीन दिने क्षमता विकास तालिम कृष्णनगर नगरपालिकाको सभाहलमा समपन्न भएको छ l



कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्माको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियोl

कार्यक्रमको उद्घाटन गर्दै शर्माले बाल बालिका माथि हुने कुनै पनि प्रकारको हिंसामा शून्य सहनशीलता अपनाउन सहभागीहरू लाई आग्रह गर्दै बाल बालिकाको संरक्षण तथा महिला हिंसा बिरूद्ध कृष्णनगर नगरपालिकाको प्राथमिक बिषय रहेको जानकारी दिनुका साथै बाल संरक्षण, लैंगिक हिंसा निवारण तथा मनोसामाजिक सहयोग सहकार्य मार्फत सम्भव रहेको बतउनु भयो ।



कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै युनिसेफ नेपालका प्रकाश कैनीले बाल बालिका तथा महिला माथि हुने सबै प्रकारका हिंसा हरूको निवारण हुनु पर्ने भएकाले परिवार तथा समुदाय भित्र बाल बालिका र महिलाहरु सुरक्षित रहनका लागि जनप्रतिनिधि, सामाजिक अगुवा, स्थानीय पदाधिकारी, समाजसेवी, बुद्धिजीवी, पत्रकार प्रहरी लगायत अन्य सरोकारवाला हरूको महत्वपूर्ण भूमिका रहने बतए । तीन दिने तालिमले समुदायमा अग्रपंक्तिमा रहेर संरक्षण कार्य गर्ने (frontline worker) हरूको क्षमता विकाश गरि समुदायमा रहेका बाल बालिका, महिलाका सवाल अनि मनोसामाजिक समस्यामा रहेका ब्यक्तिहरुको पहिचान गरि सुचना प्रवाह मार्फत उपयुक्त सेवा सुनिस्चित गर्नु पर्ने जनाए ।



कार्यक्रममा सहजकर्ताका रूपमा शान्ति पण्डित, रूकैया खातुन, गणेश पौडेल लगायतले बाल संरक्षण तथा महिला हिंसाका साथै मनोसामाजिक सहयोग सम्बंधि विविध बिषयवस्तुमा सहजीकरण गरे l कार्यक्रममा महिला स्वयंसेविका, कार्यपालिका सदस्य, महिला सदस्य, जन प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पत्रकार, कृष्णनगरमा महिला हिंसा तथा मानव बेचबिखन बिरूद्ध काम गर्ने विभिन्न संस्थाका प्रतिनिधि हरु लगायतको सहभागिता रहेको थियो l



कार्यक्रममा सहभागीहरूले छलफल गरि आफ्नो समुदयमा रहेका बाल बालिका तथा महिला माथि हुने हिंसा निवारण गर्न र मनोसामाजिक समस्यामा रहेकाहरुको सहयोग गर्न आफूहरू प्रतिबद्ध रहेको र यस्ता घटनाहरु देखेमा वा सुचना पाएमा नगरपालिका लगायत अन्य सरोकारवाला सेवा प्रदाकहरुलाई सुचना प्रवाह गरि पिडित प्रभाबितहरुलाई सेवा सुनिश्चित गर्ने प्रतिबद्धता समेत जनाए ।



हिंसा निबारण तथा पिडित प्रभावितहरुलाई सेवा प्रवाह अनि समुदायको साचेतनाका लागि समुदयमा अग्रपंक्तिमा रहेर संरक्षण कार्य गर्ने (frontline worker) हरूको क्षमता अभिबृद्धि गरि परिचालन गर्न सके माहिला तथा बालबालिका माथि हुने हिंसा रोकथाममा कोसेढुंगाको काम गर्नेकुरा नगर प्रमुख रजत प्रताप शाहले जानकारि दिए । कार्यक्रमको संचालन तथा व्यवस्थापनको भूमिका कृष्णनगर नगरपालिका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा देवी उपाध्यायले गर्नुभयो l

कृष्णनगरका अधुरो योजना पुरा गर्न रजत नै चाहिनेकपिलवस्तु , बैशाख ९  स्थानीय तह निर्वाचनको माहोल तातिँदै गइरहेको छ । पाँच ...
22/04/2022

कृष्णनगरका अधुरो योजना पुरा गर्न रजत नै चाहिने

कपिलवस्तु , बैशाख ९


स्थानीय तह निर्वाचनको माहोल तातिँदै गइरहेको छ । पाँच वर्ष कार्यकाल पुरा गरेका जनप्रतिनिधिहरु बाहिरिने र अर्को जनमत लिएर नयाँ जनप्रतिनिधिहरु तथा पालिका प्रमुखहरु आउने तयारीमा छन् । चुनावी माहोल नजिकिदै गर्दा कपिलवस्तुको कृष्णनगरको राजनितिमा चुनावी सरगर्मी बढेको छ ।

५ वर्षे कार्यकालमा नगरभित्र शिक्षा, स्वास्थ्य, खानेपानी , कृषि, यातायात, भौतिक सेवा सुविधा लगायतमा परिवर्तनको फड्को मारेको छ । नगर परिर्वतनको सन्तुष्टिले रजत प्रताप शाहलाई एक कार्यकाल दोहोराउने पक्षमा कृष्णनगर वासी लागेका छन ।

उम्मेदवारका आकांक्षीहरु सलवलाउन थालेका छन् । कृष्णनगरमा दर्जनौं नेताहरु नेतृत्वको होडमा छन् । केही पार्टीभित्र आन्तरिक लविङमा छन । गत स्थानिय तहको निर्वाचनमा स्वतन्त्र पदबाट उम्मेद्वार वनेर निर्वाचन जितेका रजत प्रताप शाह अहिले नेपाली कांग्रेशको मुलधार राजनितिमा छन । कांग्रेश कृष्णनगरले उनको नाम मेयर पदको लागि जिल्लामा सिफारिस गरेको छ ।

मृदुलभाषी , सरल एवं सानाे बच्चा समेत आफ्नाे कुरा राख्न सक्ने व्यवहारले गर्दा लाेकप्रियता बढेकाेले पनि शाहलाई नगरवासिले फेरी दोहोराउने चाहना गरेका छन । पाँच वर्षको कार्याकालमा जनताले विश्वास जितेका शाहलाई अझै एकपटक नगर प्रमुखको अवसर दिनु पर्ने कृष्षनगर नगरपालिका वडा न ४ का कृष्ण यादवले बताए ।
विकाश र परिवर्तनले पछि परेको कृष्णनगरमा शाहले धेरै परिवर्तन गरे केहि अधुरा र अपुरा कार्य छन तिनै कार्य पुरा गर्न भए पनि एक पटक रजत प्रताप नगर प्रमुखमा दोहोरीनु पर्ने कृष्णनगर ७ का करिम खानले बताए ।
त्यस्तै कृष्णनगर नगरपालिका वडा न २ का राधेश्याम रैदासले शाह नगर प्रमुखमा पुन दोहोरिन् पर्ने मुख्य कारण बाँकी रहेका काम पुरा गर्न र जनतामा उनीप्रति छरिएकाे भ्रम चिर्न सर्वसाधारणले शाहलाई एक पटक फेरि अवसर दिनैपर्ने बताए ।

नेपाली कांग्रेसमा प्रवेश गरेका शाह अहिले मेयरका लागि प्रमुख दाबेदार हुन । ५ वर्षे अनुभव र टोलटोलमा पुगेर राजनीतिक र सामाजिक गतिविधिमा सक्रिय बनाएका शाहलाई कांग्रेसभित्र मेयरको बलियो दाबेदारको रूपमा लिइएको छ।

त्यस्तै नगर प्रमुख शाहले ‘धेरै काम त भएका छन् तर केही कामहरु समस्याका समाधान गर्न बांकि छन ती कामहरु पुरा गर्नका लागि आफुले एक कार्यकालको मात्र चाहना राखेको बताए ।
पहिलो अनुभवमै नगर विकासमा एतिहासिक काम भए, अर्को कार्याकाल पाए कृष्णनगरलार्ई देशकै उत्कृष्ट पालिका बनाउने योजनासहित लाग्ने बताए । नगरप्रमुख शाह भन्छन्- जिम्मेवार पदमा बसेपछि केही गुनासाहरु आउंछन नै तर बहुमतकाे कार्यपालिका नभएकै कारण काम गर्न अफ्ट्याराहरु बढी नै आएपनि मैले स्टैण्ड लिएर जनचासाेका कार्य गर्दै आएकाले दाेहिरिनुमा दुईमत छैन ।
प्रत्येक दिन जनताकाे बीचमा चाैबिसै घण्टा जनसेवामा समर्पित जनप्रतिनिधि र चुनावमा मात्र देखा पर्ने टुरिष्ट नेतालाई सबैले बुझिसके छन । सभार कपिलवस्तु टाइम्स डटकमl

20/04/2022

एक बेर पुरा भिडियो जरुर देखु ।।🙏🙏

दिलिप कुमार यादव जनमत पार्टी छोडेर जसपा मा प्रवेशकपिलवस्तु, बैशाख, ७लुम्बिनी प्रदेशको रूपन्देही जिल्लामा जसपा नेपाल जिल्...
20/04/2022

दिलिप कुमार यादव जनमत पार्टी छोडेर जसपा मा प्रवेश
कपिलवस्तु, बैशाख, ७

लुम्बिनी प्रदेशको रूपन्देही जिल्लामा जसपा नेपाल जिल्ला समन्वय समिति रूपन्देहीको पदाधिकारी बैठक विभिन्न निर्णयहरू गर्दै आज सम्पन्न भएको छ।

आजै डा. सिके राउतको नेतृत्वको जनमत पार्टीका संस्थापक एवं केन्द्रीय उद्दार तथा राहत विभागका प्रमुख दिलिप कुमार यादव जसपा प्रवेश गरेका छन् l

उहाँ लाई लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले माला लगाई स्वागत गर्नु भयो साथै पूर्व मंत्री वकील मुसलमान,केंद्रीय सदस्य मनिकर कार्की जिला अध्यक्ष रामअवतार यादव लगायत जसपा नेता हरु ले उहाँलाई हार्दिक स्वागत गर्नु भयो l जसको सम्पूर्ण जानकारी लुम्बिनी प्रदेश जसपा नेपालका प्रवक्ता अकरम पठानले दिए l

20/04/2022

पूरा भिडियो जरुर देखु सब गोटे।।🙏🙏

Address

Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when Mukesh kumar sah posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share