Farakilo Online Media

Call Directions Website Contact the business

Farakilo Online Media सही सूचना, सत्य खबर, साहित्य र मनोरञ्जनको लागि

सत्य खवर, साहित्य र मनोरञ्जनका लागि farakilo online media लाई follow गर्न सक्नु हुनेछ। हामी youtube मा पनि छौं।
तपाईसँग सत्य सूचना, कला वा साहित्यिक सामाग्री छन् भने हामीलाई message वा call गर्न सक्नु हुनेछ। हाम्रो मोबाईल नम्बर ९७६२३३३४९९ हो।

गायिका मेलिना राईले बाढी पीडितका लागि प्रधानमन्त्री विपद् राहत कोषमा १ लाख रुपैयाँ सहयोग गरेकी छिन् |
27/08/2026

गायिका मेलिना राईले बाढी पीडितका लागि प्रधानमन्त्री विपद् राहत कोषमा १ लाख रुपैयाँ सहयोग गरेकी छिन् |

मानिस हराएको सुचना:  उर्लाबारीको शाक्य मेडिकलमा औषधि खरिद गर्न भनी हिँजो बिहान घरबाट हिडेका मोरङ रतुवामाई ९ भौडाहा चौकका...
22/05/2026

मानिस हराएको सुचना: उर्लाबारीको शाक्य मेडिकलमा औषधि खरिद गर्न भनी हिँजो बिहान घरबाट हिडेका मोरङ रतुवामाई ९ भौडाहा चौकका सुवासचन्द्र अधिकारी हालसम्म घर नफर्किएकाले र सम्पर्कमा समेत नरहेकाले कसैले देख्नु वा भेट्नु भएमा ९८००९३९९२२ तथा ९८४२१२८९७४ वा नजिकको प्रहरी कार्यालयमा खवर गरिदिनु हुन अनुरोध छ।

कमाउन भनी ओमान पुगेकी हेम कुमारी बिकको लागि भगवान बन्न पुग्नुभयो मोरङ २ का सांसद कृष्ण कार्की।३ महिनाअघि कामको शिलशिलामा...
13/04/2026

कमाउन भनी ओमान पुगेकी हेम कुमारी बिकको लागि भगवान बन्न पुग्नुभयो मोरङ २ का सांसद कृष्ण कार्की।

३ महिनाअघि कामको शिलशिलामा ओमान पुगेकी बिकले भने जस्तो काम पाईनन्। जब उनीमाथि साहुसाहुनीद्वारा अमानविय व्यवहार हुन थाल्यो तबमात्र उनले आफू फसेको थाहा पाइन्। तर त्यहाँबाट निस्कनु उनको बसको कुरा थिएन। त्यहाँ निरन्तर दु:ख भोग्नु पर्ने बाध्यतामा पुगेकी उनले सायद आफू यति चाडै घर फर्कन सकुँला भनेर पनि सोचेकी थिईनन् होला।

यता यो खवर थाहा पाउने बित्तिकै सांसद कार्कीले बिकलाई नेपाल फर्काउन पहल थाल्नुभयो। सांसद कार्कीको निरन्तरको प्रयासपछि ओमानमा दु:ख पाएकी बिक अहिले नेपाल आइपुगेकी छिन्। उनी अहिले मोरङको रतुवामाईस्थित आफ्नै निवासमा छिन्।

बिकलाई नेपाल ल्याउनको लागि सांसद कार्कीसंगै स्थानीय कविता लिम्बुलगायतले सहयोग गर्नुभएको थियो।

त्याग गर्नुको पनि सिमा हुन्छ नि सिमा नै नराखी त्याग गरे यि महान हस्तीले। आफूसँग जे थियो त्यो जनतालाई दिए अनि जे हुनेवाला...
27/03/2026

त्याग गर्नुको पनि सिमा हुन्छ नि सिमा नै नराखी त्याग गरे यि महान हस्तीले। आफूसँग जे थियो त्यो जनतालाई दिए अनि जे हुनेवाला थियो त्यो सबै पनि आफ्ना सहकर्मीलाई बाँडिदिए।

रविको जति प्रशंसा गरे पनि कम हुन्छ। चाहेको भए उनि मन्त्रिमण्डलम़ा अटाउन सक्थे। तर उनले त्यो पनि चाहेनन्। आफू रित्तो भएर अरूलाई भरिदिए। यतिसम्म कि एकताका रविले देश बन्छ भने आफ्नो पार्टी नै अरु कसैको नाममा गरिदिने सम्म भनेका थिए यद्दपि यो निर्णय भने उनकै पार्टीकाले मानेनन्।

अहिले रविसँग उनको लागि ठूलो हिम्मत उनकी श्रीमती निकिता छिन्। जसले जस्तोसुकै कठोर परिस्थितिसँग जुधेर रवि र पार्टीलाई यहाँसम्म पुर्याउन योगदान गरिन्।

कोमल वलीका बुवाको छतबाट खसेर निधनगायिका तथा पूर्वसांसद Komal Oli का पिता ललितबहादुर वलीको निधन भएको छ। दाङको Tulsipur स्...
27/03/2026

कोमल वलीका बुवाको छतबाट खसेर निधन

गायिका तथा पूर्वसांसद Komal Oli का पिता ललितबहादुर वलीको निधन भएको छ। दाङको Tulsipur स्थित निवासको छतमा घाम ताप्न जाने क्रममा खसेर उनको मृत्यु भएको कोमलले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन्। पार्थिव शरीर अन्तिम दर्शनका लागि दिपाललित निवास, तुलसीपुरमा राखिने जनाइएको छ।

हेर्ने कथाबाट चिनिएका पाका दाईले मोरङको उर्लाबारीमा होटल खोलेका छन्। यसअघि उनले काठमाडौँमा जुत्ता पसल खोलेका थिए। त्यसबा...
22/03/2026

हेर्ने कथाबाट चिनिएका पाका दाईले मोरङको उर्लाबारीमा होटल खोलेका छन्। यसअघि उनले काठमाडौँमा जुत्ता पसल खोलेका थिए। त्यसबाट घाटा भएपछि अहिले होटेल खोलेका हुन्।

सिन्दुर जात्रामा जानु पर्ने प्रशिक्षण जात्रामा जान्छन्!बिचौलियाको पैसाले खानु पर्ने आफ्नै पैसाले पो खान्छन्!सय, दुई सय, ...
18/03/2026

सिन्दुर जात्रामा जानु पर्ने
प्रशिक्षण जात्रामा जान्छन्!
बिचौलियाको पैसाले खानु पर्ने
आफ्नै पैसाले पो खान्छन्!
सय, दुई सय, पाँच सय किलोका
माला लाउनु पर्ने लाएको पनि देखिदैन!
अमेरिका-इरान लडाई पनि यिनैले चुनाव जितेर भयो
ग्यासको सिलिन्डर हाफ पनि यिनैले चुनाव जितेर भयो!
ओहो
सिटामोलमा कमिसन पनि खान्नन कि क्याहो यिनीहरु
सरकार बनाउन बिचौलियाको बेडरुममा पनि जान्नन कि क्याहो यिनीहरु!
अदालत, अख्तियार आफ्नै झोलेले भनेको काम पनि गर्दैनन् कि क्याहो यिनीहरु!
तीन दिनसम्म बल्दा पनि नसकिने गरी नोटका बिटाले घर पनि भर्दैनन् कि क्या हो यिनीहरु!
भन्दैन, यस्तै गरिरहे भने यिनलाई मान्छे कसले भन्छ!
बन्दैन, यस्तै गरिरहे भने देश कसरी बन्छ!

✍️ अर्जुन पराजुली

पेट्रोल पम्पले खाली बोतलमा पेट्रोल दिन नमानेपछि एकजना युवा बाइकको ट्यांकी नै बोकेर पेट्रोल पम्पमा पुगेका छन्।
16/03/2026

पेट्रोल पम्पले खाली बोतलमा पेट्रोल दिन नमानेपछि एकजना युवा बाइकको ट्यांकी नै बोकेर पेट्रोल पम्पमा पुगेका छन्।

07/03/2026

यि हुन् ५० हजार मत नघाएर जित्ने रास्वपाका सांसदहरु जसले आफुले मात्र जितेनन् उनीहरुले जितेको मतको कारण थप एक समानुपातिक सांसदले पनि जिते।
1. Balen Shah – 68,348
2. Sobita Gautam – 59,277
3. Dr. Lekhnath Thapa – 58,814
4. Sunil Lamsal – 57,039
5. Suman Shrestha – 56,550
6. Rabina Acharya – 55,513
7. Rabi Lamichhane – 54,402
8. Badri Kumar Bhandari – 53,344

07/03/2026

बहुमत र दुई तिहाइ भनेको के हो जानी राखौ है !

(१) बहुमत (Simple Majority) भनेको के हो ?
=कुल सांसदको ५०% भन्दा १ जना बढी भए बहुमत मानिन्छ। संघीय प्रतिनिधि सभामा प्रत्यक्ष(१६५) र समानुपातिक(११०)सगित कुल सांसद संख्या २७५ रहेको छ।
• बहुमत = १३८ जना वा सोभन्दा बढी
बहुमतले निम्न काम गर्न सक्छ।
• सरकार गठन
• प्रधानमन्त्री चयन
• साधारण कानून पास
• बजेट पारित
छोटकरीमा, सरकार चलाउन बहुमत काफी हुन्छ।

(२)दुई-तिहाइ बहुमत (Two-Thirds Majority) भनेको के हो ?
=कुल सांसदको २/३ (लगभग ६६.६%) समर्थन हुनु भनेको २/३ बहुमत हो। प्रतिनिधि सभामा, (२७५ × २/३) = १८४ जना सांसद भएमा दुई तिहाइ बहुमत भएको मानिन्छ।
दुई-तिहाइ बहुमतले निम्न कार्य गर्न सक्छ ।
• संविधान संशोधन
• संघीय संरचना, प्रदेश सिमाना जस्ता गम्भीर राष्ट्रिय निर्णय
• शक्ति सन्तुलन बदल्ने कानुनी व्यवस्था
छोटकरीमा, देशको संरचना नै बदल्न दुई-तिहाइ चाहिन्छ।

Address

Biratnagar
56600

Alerts

Be the first to know and let us send you an email when Farakilo Online Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Farakilo Online Media:

Shortcuts

Share

Category