Farakilo Online Media

Farakilo Online Media सही सूचना, सत्य खबर, साहित्य र मनोरञ्जनको लागि

सत्य खवर, साहित्य र मनोरञ्जनका लागि farakilo online media लाई follow गर्न सक्नु हुनेछ। हामी youtube मा पनि छौं।
तपाईसँग सत्य सूचना, कला वा साहित्यिक सामाग्री छन् भने हामीलाई message वा call गर्न सक्नु हुनेछ। हाम्रो मोबाईल नम्बर ९७६२३३३४९९ हो।

त्याग गर्नुको पनि सिमा हुन्छ नि सिमा नै नराखी त्याग गरे यि महान हस्तीले। आफूसँग जे थियो त्यो जनतालाई दिए अनि जे हुनेवाला...
27/03/2026

त्याग गर्नुको पनि सिमा हुन्छ नि सिमा नै नराखी त्याग गरे यि महान हस्तीले। आफूसँग जे थियो त्यो जनतालाई दिए अनि जे हुनेवाला थियो त्यो सबै पनि आफ्ना सहकर्मीलाई बाँडिदिए।

रविको जति प्रशंसा गरे पनि कम हुन्छ। चाहेको भए उनि मन्त्रिमण्डलम़ा अटाउन सक्थे। तर उनले त्यो पनि चाहेनन्। आफू रित्तो भएर अरूलाई भरिदिए। यतिसम्म कि एकताका रविले देश बन्छ भने आफ्नो पार्टी नै अरु कसैको नाममा गरिदिने सम्म भनेका थिए यद्दपि यो निर्णय भने उनकै पार्टीकाले मानेनन्।

अहिले रविसँग उनको लागि ठूलो हिम्मत उनकी श्रीमती निकिता छिन्। जसले जस्तोसुकै कठोर परिस्थितिसँग जुधेर रवि र पार्टीलाई यहाँसम्म पुर्याउन योगदान गरिन्।

कोमल वलीका बुवाको छतबाट खसेर निधनगायिका तथा पूर्वसांसद Komal Oli का पिता ललितबहादुर वलीको निधन भएको छ। दाङको Tulsipur स्...
27/03/2026

कोमल वलीका बुवाको छतबाट खसेर निधन

गायिका तथा पूर्वसांसद Komal Oli का पिता ललितबहादुर वलीको निधन भएको छ। दाङको Tulsipur स्थित निवासको छतमा घाम ताप्न जाने क्रममा खसेर उनको मृत्यु भएको कोमलले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन्। पार्थिव शरीर अन्तिम दर्शनका लागि दिपाललित निवास, तुलसीपुरमा राखिने जनाइएको छ।

हेर्ने कथाबाट चिनिएका पाका दाईले मोरङको उर्लाबारीमा होटल खोलेका छन्। यसअघि उनले काठमाडौँमा जुत्ता पसल खोलेका थिए। त्यसबा...
22/03/2026

हेर्ने कथाबाट चिनिएका पाका दाईले मोरङको उर्लाबारीमा होटल खोलेका छन्। यसअघि उनले काठमाडौँमा जुत्ता पसल खोलेका थिए। त्यसबाट घाटा भएपछि अहिले होटेल खोलेका हुन्।

सिन्दुर जात्रामा जानु पर्ने प्रशिक्षण जात्रामा जान्छन्!बिचौलियाको पैसाले खानु पर्ने आफ्नै पैसाले पो खान्छन्!सय, दुई सय, ...
18/03/2026

सिन्दुर जात्रामा जानु पर्ने
प्रशिक्षण जात्रामा जान्छन्!
बिचौलियाको पैसाले खानु पर्ने
आफ्नै पैसाले पो खान्छन्!
सय, दुई सय, पाँच सय किलोका
माला लाउनु पर्ने लाएको पनि देखिदैन!
अमेरिका-इरान लडाई पनि यिनैले चुनाव जितेर भयो
ग्यासको सिलिन्डर हाफ पनि यिनैले चुनाव जितेर भयो!
ओहो
सिटामोलमा कमिसन पनि खान्नन कि क्याहो यिनीहरु
सरकार बनाउन बिचौलियाको बेडरुममा पनि जान्नन कि क्याहो यिनीहरु!
अदालत, अख्तियार आफ्नै झोलेले भनेको काम पनि गर्दैनन् कि क्याहो यिनीहरु!
तीन दिनसम्म बल्दा पनि नसकिने गरी नोटका बिटाले घर पनि भर्दैनन् कि क्या हो यिनीहरु!
भन्दैन, यस्तै गरिरहे भने यिनलाई मान्छे कसले भन्छ!
बन्दैन, यस्तै गरिरहे भने देश कसरी बन्छ!

✍️ अर्जुन पराजुली

पेट्रोल पम्पले खाली बोतलमा पेट्रोल दिन नमानेपछि एकजना युवा बाइकको ट्यांकी नै बोकेर पेट्रोल पम्पमा पुगेका छन्।
16/03/2026

पेट्रोल पम्पले खाली बोतलमा पेट्रोल दिन नमानेपछि एकजना युवा बाइकको ट्यांकी नै बोकेर पेट्रोल पम्पमा पुगेका छन्।

11/03/2026

मोरङ कुशल बजार प्रहरी चौकी निर्वाचन प्रहरीको बिदाई कार्यक्रम २०८२

07/03/2026

यि हुन् ५० हजार मत नघाएर जित्ने रास्वपाका सांसदहरु जसले आफुले मात्र जितेनन् उनीहरुले जितेको मतको कारण थप एक समानुपातिक सांसदले पनि जिते।
1. B***n Shah – 68,348
2. Sobita Gautam – 59,277
3. Dr. Lekhnath Thapa – 58,814
4. Sunil Lamsal – 57,039
5. Suman Shrestha – 56,550
6. Rabina Acharya – 55,513
7. Rabi Lamichhane – 54,402
8. Badri Kumar Bhandari – 53,344

07/03/2026

बहुमत र दुई तिहाइ भनेको के हो जानी राखौ है !

(१) बहुमत (Simple Majority) भनेको के हो ?
=कुल सांसदको ५०% भन्दा १ जना बढी भए बहुमत मानिन्छ। संघीय प्रतिनिधि सभामा प्रत्यक्ष(१६५) र समानुपातिक(११०)सगित कुल सांसद संख्या २७५ रहेको छ।
• बहुमत = १३८ जना वा सोभन्दा बढी
बहुमतले निम्न काम गर्न सक्छ।
• सरकार गठन
• प्रधानमन्त्री चयन
• साधारण कानून पास
• बजेट पारित
छोटकरीमा, सरकार चलाउन बहुमत काफी हुन्छ।

(२)दुई-तिहाइ बहुमत (Two-Thirds Majority) भनेको के हो ?
=कुल सांसदको २/३ (लगभग ६६.६%) समर्थन हुनु भनेको २/३ बहुमत हो। प्रतिनिधि सभामा, (२७५ × २/३) = १८४ जना सांसद भएमा दुई तिहाइ बहुमत भएको मानिन्छ।
दुई-तिहाइ बहुमतले निम्न कार्य गर्न सक्छ ।
• संविधान संशोधन
• संघीय संरचना, प्रदेश सिमाना जस्ता गम्भीर राष्ट्रिय निर्णय
• शक्ति सन्तुलन बदल्ने कानुनी व्यवस्था
छोटकरीमा, देशको संरचना नै बदल्न दुई-तिहाइ चाहिन्छ।

गोपी हमाल भन्छन्: सधैं दलले गठबन्धन गर्थे, यसपाली जनताले गठबन्धन गरे।
07/03/2026

गोपी हमाल भन्छन्: सधैं दलले गठबन्धन गर्थे, यसपाली जनताले गठबन्धन गरे।

झापा -५, वालेन शाह विजयी।मतपरिणाम ( ७५,३७७ गणना हुँदा) बालेन्द्र शाह ( रास्वपा )  : ४७७७९ केपी शर्मा ओली ( एमाले ) : १२६...
07/03/2026

झापा -५, वालेन शाह विजयी।
मतपरिणाम ( ७५,३७७ गणना हुँदा)
बालेन्द्र शाह ( रास्वपा ) : ४७७७९
केपी शर्मा ओली ( एमाले ) : १२६९९
( मत अन्तर : ३५,०८०)
गणना हुन बाकी : ३०९९५ मत लगेर केपि ओलीलाई दिए पनि केपि ओलीले जित्न सक्ने छैनन्।
यसको मतलब बालेन झापा ५ बाट विजयी भएका छन्।

सोविता गौतमको चितवन -३ मा भारी मतान्तर।सोविता गौतम🔔- ५३५५७ रेनु दाहाल⭐️- १९०३२
07/03/2026

सोविता गौतमको चितवन -३ मा भारी मतान्तर।
सोविता गौतम🔔- ५३५५७
रेनु दाहाल⭐️- १९०३२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विजयी भएका उम्मेदवारहरूको नामावली  १. सन्तोष राजवंशी - मोरङ ४२. रुविना आचार्य -...
07/03/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विजयी भएका उम्मेदवारहरूको नामावली

१. सन्तोष राजवंशी - मोरङ ४
२. रुविना आचार्य - मोरङ ६
३. मनिष झा - धनुषा ३
४. प्रमोदकुमार महतो - महोत्तरी १
५. अरविन्द साह - बारा ३
६. बुद्धिप्रसाद पन्त - पर्सा १
७. रन्जु न्यौपाने - काठमाडौँ १
८. सुनिल केसी - काठमाडौँ २
९. राजुनाथ पाण्डे - काठमाडौँ ३
१०. पुकार बम - काठमाडौँ ४
११. सस्मित पोखरेल - काठमाडौँ ५
१२. शिशिर खनाल - काठमाडौँ ६
१३. गणेश पराजुली - काठमाडौँ ७
१४. विराजभक्त श्रेष्ठ - काठमाडौँ ८
१५. डोलप्रसाद अर्याल - काठमाडौँ ९
१६. प्रदीप विष्ट - काठमाडौँ १०
१७. रुकेश रञ्जित - भक्तपुर १
१८. रवि लामिछाने - चितवन २
१९. उत्तमप्रसाद पौडेल - कास्की २
२०. वीना गुरुङ - कास्की ३
२१. धनन्जय रेग्मी - स्याङ्जा १
२२. सागर भुसाल - पर्वत १
२३. सुलभ खरेल - रुपन्देही २
२४. डा. लेखजङ्ग थापा - रुपन्देही ३
२५. कन्हैया बनिया - रुपन्देही ४
२६. सुरेशकुमार चौधरी - बाँके १
२७. खगेन्द्र सुनार - बाँके ३
२८. कोमल ज्ञवाली - कैलाली १

Address

Biratnagar
56600

Alerts

Be the first to know and let us send you an email when Farakilo Online Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Farakilo Online Media:

Share

Category