Baat Birgunj Ke

Baat Birgunj Ke A civic platform to spark conversations and drive change in Birgunj. Debate, Discuss, Develop.
(2)

30/04/2026

'TikTok बनाई बनाई नाचेर भिडियो बनाएर बालेन सरकार बनाए, अहिले भगाउदैछ'

गगन थापाको कडा गर्जन: "सरकारले मधेशको भान्सामा ताला लगाउन खोज्दैछ!"नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सय रुपैयाँभन्...
30/04/2026

गगन थापाको कडा गर्जन: "सरकारले मधेशको भान्सामा ताला लगाउन खोज्दैछ!"

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार असुल्ने सरकारको पछिल्लो निर्णयलाई मधेशको भान्सा र दैनिक जीविकोपार्जनमाथिको सीधा प्रहार भन्दै कडा आलोचना गरेका छन्। सर्लाहीको भ्रमणपछि आक्रोशित मुद्रामा प्रस्तुत भएका थापाले भारतमा पसिना बगाएर फर्किएका मजदुरले आफ्ना बालबच्चाका लागि ल्याएको एक प्याकेट बिस्कुटमा समेत राज्यले कर असुल्नु र घण्टौँ सीमामा रोकेर सास्ती दिनु चरम अन्याय र अव्यावहारिक भएको बताएका छन्। उनले सरकारको यो 'हेपाह' नीतिले सीमावर्ती क्षेत्रका सर्वसाधारणको ढाड सेक्ने काम गरेको भन्दै यस्तो संवेदनहीन निर्णय तुरुन्त सच्याउन चेतावनी समेत दिएका छन्।

25/04/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट ओखलढुङ्गाबाट निर्वाचित सांसद विश्वराज पोखरेल एक विद्यालयका प्रधानाध्यापकसंग सार्वजनिक रूपमा रिसाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। खिजीदेम्बा–२ रगनीस्थित श्री चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष मगरलाई उनकै कार्यकक्ष नजिकै थर्काएको दृश्य बाहिरिएपछि सांसद पोखरेल विवादमा तानिएका हुन्।

भाइरल भिडियोमा सांसद पोखरेलले आफू विद्यालय प्रवेश गर्दा स्वागत र सम्मान नगरिएको भन्दै आक्रोश पोखेका छन्। उनले आफू 'माननीय' मात्र नभई राज्यको पूर्व विशिष्ट कर्मचारी (पूर्व एआईजी) समेत रहेको भन्दै आफ्नो 'पद' अनुसारको सम्मान नपाएकोमा प्रअ मगरलाई हप्काएका छन्।“अहिले त म माननीय हुँ, तपाईंजस्तो हेडमास्टर त मैले देशभरिका कति चलाएको छु।” भिडियोमा उनले भनेका छन् ।

विद्यालयको भौतिक सुधारका लागि ज्ञापनपत्र बुझाउन खोज्दा सांसद पोखरेलले झर्किएर पत्र केहीबेर लिन अस्वीकार गरे । उनले विद्यालयले आफूलाई बेवास्ता गरेको भन्दै 'खेद प्रस्ताव' पारित नगरेसम्म ज्ञापनपत्र नबुझ्ने ढिपी कसेका थिए। अन्ततः प्रअ मगरले सार्वजनिक रूपमा माफी मागेपछि सांसद पोखरेलले ज्ञापन पत्र लिएको चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष मगरले बताएका छन् ।

प्रअ मगरका अनुसार सांसद आउने जानकारी पाएपछि उनी विद्यालयकै लागि ज्ञापन तयार पार्न व्यस्त थिए। "माननीयज्यूका लागि पत्र तयार पार्दापार्दै उहाँ प्रवेश गर्नुभएछ, स्वागतमा निस्कन केही मिनेट ढिला हुँदा दुख मान्नुभयो," प्रअ मगरले बताए।

भिडियो भाइरल भएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सांसद पोखरेलको व्यवहारलाई ‘अहङ्कारको पराकाष्ठा’ भनेका छन्। ५ मतको झिनो अन्तरले चुनाव जितेका जनप्रतिनिधिले जनता र राष्ट्रसेवक कर्मचारीलाई गर्ने यस्तो व्यवहारले नयाँ राजनीतिक संस्कारको उपहास गरेको भन्दै यतिबेला उनको आलोचना सुरु भएको छ।

25/04/2026

सुकुम्बासी बस्ती बाट: ८ हजार भाडा तिरेर बालेन लाई भोट हाल्न्न गएकाथिए तर आज उसैले बिचल्ली बनायो

सार्वजनिक स्थलमा चर्को ध्वनि बन्द गर्न कडा निर्देशन! मधेश प्रदेश सरकारको एक्सनमधेश प्रदेश सरकारले सार्वजनिक स्थानमा ध्वन...
24/04/2026

सार्वजनिक स्थलमा चर्को ध्वनि बन्द गर्न कडा निर्देशन! मधेश प्रदेश सरकारको एक्सन

मधेश प्रदेश सरकारले सार्वजनिक स्थानमा ध्वनि प्रदूषण नियन्त्रण गर्न डीजे लगायतका चर्का ध्वनि उपकरणमा निगरानी कडा पार्ने निर्णय गरेको छ।गृह, सञ्चार तथा कानून मन्त्रालयको बैठकपछि स्थानीय तहलाई सुरक्षा निकायसँग समन्वय गरी तत्काल कार्यान्वयन गर्न निर्देशन दिइएको हो। निर्णय उल्लङ्घन भए कडा कारबाही हुने चेतावनी दिँदै शान्ति र जनस्वास्थ्य जोगाउन आग्रह गरिएको छ।

जोखिमपूर्ण घर–टहरामा व्यापार गर्न रोक: प्रशासनको कडा चेतावनी!वीरगन्जमा सडक विस्तार अन्तर्गत पर्ने जोखिमपूर्ण घर–टहरामा व...
24/04/2026

जोखिमपूर्ण घर–टहरामा व्यापार गर्न रोक: प्रशासनको कडा चेतावनी!

वीरगन्जमा सडक विस्तार अन्तर्गत पर्ने जोखिमपूर्ण घर–टहरामा व्यापार सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालयले कडा निर्देशन दिएको छ। निर्धारित मितिभित्र संरचना व्यवस्थापन नगरेमा दुर्घटनाको जिम्मेवारी स्वयं घरधनीलाई पर्ने र कानुनी कारबाही हुने चेतावनी दिइएको छ। जनसुरक्षालाई प्राथमिकता दिन आग्रह गर्दै प्रशासनले सबैलाई सतर्क रहन अनुरोध गरेको छ।

क्रिकेटर आदिल अन्सारी सडक दुर्घटनामा घाइतेनेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी मोटरसाइकल दुर्घटनामा परी घा...
24/04/2026

क्रिकेटर आदिल अन्सारी सडक दुर्घटनामा घाइते

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी मोटरसाइकल दुर्घटनामा परी घाइते भएको दुखद समाचार प्राप्त भएको छ। उहाँको स्वास्थ्य अवस्थाबारे थप विस्तृत विवरणहरू आउन बाँकी नै छ।

सुकुम्बासीको चेतावनी- ‘ज्यान जाला बस्ती छाड्दैनौं, प्रतिकार गर्छौं’काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुम्बासी बस्ती...
23/04/2026

सुकुम्बासीको चेतावनी- ‘ज्यान जाला बस्ती छाड्दैनौं, प्रतिकार गर्छौं’

काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकारको तयारीविरुद्ध सुकुम्बासीहरू आन्दोलित भएका छन्।

प्रहरीले शुक्रबार साँझसम्म बस्ती खाली गर्न माइकिङ गरे पनि उनीहरूले कुनै हालतमा आफू बसोबास गर्दै आएको ठाउँ नछाड्ने अडान लिएका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा शनिबार वा आइतबार बस्तीमा डोजर चलाउने तयारी भएपछि बिहीबार संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाको आकस्मिक बैठक बसेको थियो।

23/04/2026

गरिबको चमेली बोलिदिने कोही छैन : १०० रुपैयाँ भन्दा बढी मूल्यका सामानहरूमा भन्सार शुल्क अनिवार्य गरेपछि देखियो सामाजिक सञ्जालमा बालेन सरकार प्रति बढदो जनगुनासो

23/04/2026

'प्राइभेट काम छ' भन्दै बालुवाटारबाट कहाँ जान्छन् प्रधानमन्त्री बालेन्द्र साह ?

(Video Source: Janaaastha News)

गृहमन्त्री गुरुङले दिए पदबाट राजीनामागृह मन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएकाे घाेषणा गरेका छन् । प्रधानमन्त्री बाल...
22/04/2026

गृहमन्त्री गुरुङले दिए पदबाट राजीनामा

गृह मन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएकाे घाेषणा गरेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहसँगको छलफलपछि उनले सामाजिक संजालमार्फत पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्। आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन गर्न र पदमा रहँदा 'स्वार्थको द्वन्द्व' नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको उनको भनाइ छ।

रुपैडिया भारतबाट भन्सार नतिरेर सामान ल्याउदा सशस्त्र प्रहरीले गर्यो सबै सामान जफत भन्सारमै बेहोस भईन एक आमा।😥
22/04/2026

रुपैडिया भारतबाट भन्सार नतिरेर सामान ल्याउदा सशस्त्र प्रहरीले गर्यो सबै सामान जफत भन्सारमै बेहोस भईन एक आमा।😥

Address

Birgunj
44300

Website

Alerts

Be the first to know and let us send you an email when Baat Birgunj Ke posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share