Hamro Budhanilkantha

Hamro Budhanilkantha News, info and entertainment site of your city. 'hamro budhanilkantha' is official page of Budhanilkantha Sanchaar Griha Pvt. Ltd.
(1)

It prefers local news, social activities, and promotional content around Budhanilkantha area and “Northern part of Kathmandu". This page aims to explore our strengths and possibilities.

बुढानीलकण्ठ नगरपालिकाद्वारा कक्षा १०+२ र सोभन्दा माथिल्ला तहका विद्यार्थीका लागि ३० घण्टे 'Fundamental of Coding' अनलाइन...
25/08/2026

बुढानीलकण्ठ नगरपालिकाद्वारा कक्षा १०+२ र सोभन्दा माथिल्ला तहका विद्यार्थीका लागि ३० घण्टे 'Fundamental of Coding' अनलाइन तालिम सञ्चालन हुँदै
बुढानीलकण्ठ नगरपालिका, नगर कार्यपालिकाको कार्यालय (हातीगौडा, काठमाडौँ) ले नगरभित्र बसोबास गर्ने कक्षा १०+२ वा सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी "३० घण्टे भर्चुअल (अनलाइन) Fundamental of Coding" तालिम सञ्चालन गर्ने भएको छ। विद्यार्थीहरूलाई फुर्सदको समयको सही सदुपयोग गर्दै रचनात्मक कार्यमा संलग्न गराउन, आधुनिक सूचना प्रविधिको ज्ञान बढाउन र रोजगारीका अवसरहरूसँग जोड्नका लागि यो तालिम आयोजना गर्न लागिएको नगरपालिकाले जनाएको छ।

बुढानीलकण्ठमा CCTV क्यामेरा जडान तथा सञ्चालनसम्बन्धी सम्झौताआज मिति २०८३/०५/०९ गते बुढानीलकण्ठ नगरपालिका क्षेत्रमा CCTV ...
25/08/2026

बुढानीलकण्ठमा CCTV क्यामेरा जडान तथा सञ्चालनसम्बन्धी सम्झौता

आज मिति २०८३/०५/०९ गते बुढानीलकण्ठ नगरपालिका क्षेत्रमा CCTV क्यामेरा जडान तथा सञ्चालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ।

सम्झौतामा काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरज्यू र बुढानीलकण्ठ नगरपालिका, काठमाडौंका नगर प्रमुख मिठाराम अधिकारीज्यूले हस्ताक्षर गर्नुभयो।

यस पहलले बुढानीलकण्ठ क्षेत्रको सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन तथा अपराध नियन्त्रण र निगरानीमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

जय बुढानिलकण्ठ यहाँहरुको समय शुभ रहोस ।
24/08/2026

जय बुढानिलकण्ठ यहाँहरुको समय शुभ रहोस ।

बुढानीलकण्ठमा होमस्टे उद्यम प्रवर्द्धन, २६ जनालाई तालिम प्रमाणपत्रबुढानीलकण्ठ नगरपालिकाले गरिबी न्यूनीकरण तथा स्थानीय रो...
23/08/2026

बुढानीलकण्ठमा होमस्टे उद्यम प्रवर्द्धन, २६ जनालाई तालिम प्रमाणपत्र
बुढानीलकण्ठ नगरपालिकाले गरिबी न्यूनीकरण तथा स्थानीय रोजगारी सिर्जनालाई लक्षित गर्दै गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA) अन्तर्गत होमस्टे उद्यम प्रवर्द्धनलाई प्राथमिकता दिएको छ।
नगरपालिकाको नयाँ लघु उद्यमी सिर्जना कार्यक्रममार्फत स्थानीय स्रोत, सीप र सम्भावनालाई आयआर्जनसँग जोड्ने उद्देश्यले होमस्टे सम्बन्धी तालिम तथा सामग्री सहयोग कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा नगरपालिकाकी उपप्रमुख अनिता लामाको सहभागिता रहेको थियो। कार्यक्रममा MED मोड्युलका सम्पूर्ण चरण पूरा गरेका २६ जना सहभागीलाई होमस्टे तालिमको प्रमाणपत्र वितरण गरिएको छ। त्यसैगरी, यसअघि नै होमस्टे व्यवसाय सञ्चालन गरिरहेका १४ जना उद्यमीलाई आवश्यक सामग्री सहयोग प्रदान गरिएको नगरपालिकाले जनाएको छ।

सहयोगअन्तर्गत ८ जना उद्यमीलाई एक–एक थान मेट्रेस, ५ जनालाई एक–एक थान प्लास्टिक डाइनिङ सेट तथा १ जनालाई दुई थान बेडसिट र एक थान सिरक कभर प्रदान गरिएको हो।

स्थानीय सम्भावनालाई उद्यमसँग जोड्ने प्रयास
बुढानीलकण्ठमा धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटनको सम्भावनालाई स्थानीय उद्यमसँग जोड्न सके होमस्टे व्यवसाय आयआर्जनको महत्वपूर्ण माध्यम बन्न सक्ने देखिन्छ। स्थानीय संस्कृति, खानपान, परम्परा र प्राकृतिक वातावरणलाई पर्यटकीय अनुभवसँग जोड्दै होमस्टे सञ्चालन गर्न सकिने भएकाले यसले स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्‍याउन सक्छ।

MEDPA अन्तर्गतको कार्यक्रमले सीप विकाससँगै आवश्यक सामग्री उपलब्ध गराएर उद्यमीलाई व्यवसाय सञ्चालनमा प्रारम्भिक सहयोग पुर्‍याउने उद्देश्य राखेको छ।

नगरपालिकाका अनुसार कार्यक्रमको दीर्घकालीन लक्ष्य रोजगारी सिर्जना, स्थानीय आयआर्जन वृद्धि, उद्यमशीलताको विकास तथा आर्थिक सशक्तीकरणमार्फत गरिबी न्यूनीकरणमा योगदान पुर्‍याउनु हो।

होमस्टेलाई पर्यटनसँग जोड्ने अवसर
होमस्टे कार्यक्रमलाई केवल सामग्री वितरण र तालिममा सीमित नराखी स्थानीय पर्यटनसँग जोड्न सके यसको प्रभाव अझ विस्तार हुन सक्छ। धार्मिक स्थल, स्थानीय संस्कृति, प्रकृति पदमार्ग, स्थानीय परिकार तथा सामुदायिक गतिविधिलाई होमस्टेसँग जोडेर “बसाइँ + अनुभव + स्थानीय उत्पादन” मा आधारित पर्यटन विकास गर्न सकिने सम्भावना छ।

त्यसका लागि होमस्टे सञ्चालकलाई आतिथ्य सत्कार, सरसफाइ, खाद्य सुरक्षा, डिजिटल प्रचार, पर्यटक व्यवस्थापन, लेखा तथा व्यवसाय व्यवस्थापनसम्बन्धी निरन्तर प्रशिक्षण आवश्यक देखिन्छ।

नगरपालिकाले स्थानीय उद्यमीलाई आवश्यक सीप, बजार पहुँच र पूर्वाधारसँग जोड्दै लैजान सके होमस्टे व्यवसायले स्थानीय रोजगारी सिर्जना र पर्यटन अर्थतन्त्र विस्तारमा दीर्घकालीन भूमिका खेल्न सक्ने अपेक्षा गरिएको छ।

करदाताको रकममा ‘क्षमता विकास’ कि खर्चको नयाँ शैली? बुढानीलकण्ठको बजेटमाथि उठेको प्रश्न ?बुढानीलकण्ठ नगरपालिकाले आर्थिक व...
23/08/2026

करदाताको रकममा ‘क्षमता विकास’ कि खर्चको नयाँ शैली? बुढानीलकण्ठको बजेटमाथि उठेको प्रश्न ?
बुढानीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक नगर विकास योजनामा कर्मचारी, जनप्रतिनिधि तथा विभिन्न संस्थाका पदाधिकारीको क्षमता विकासका नाममा उल्लेख्य बजेट विनियोजन गरेको छ। नगरपालिकाले आर्थिक सुशासन र मितव्ययितालाई प्राथमिकता दिएको बताउँदै आएको अवस्थामा तालिम, पुनर्ताजगी, सिकाइ आदान–प्रदान तथा क्षमता विकासका विभिन्न शीर्षकमा ठूलो रकम छुट्याइएपछि यसको औचित्य र प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ।
-क्षमता विकास आवश्यक, तर परिणाम कहाँ?
-१६ शीर्षकमा १ करोड ५ लाख
-‘रिफ्रेसमेन्ट’ कि सार्वजनिक खर्च?
-तालिमपछि पनि सेवामा उस्तै समस्या भए?
वडाको बजेट जोडिँदा तस्वीर अझ ठूलो हुन सक्छ
प्रश्न तालिमको होइन, प्राथमिकताको हो
(पुरा समाचार कमेन्टमा)

स्ट्रोक सचेतना कार्यक्रममिति: २०८३ भदौ २१ गते, आइतबारसमय: बिहान ९:०० बजेदेखि दिउँसो १:०० बजेसम्मस्थान: बुढानीलकण्ठ वडा न...
23/08/2026

स्ट्रोक सचेतना कार्यक्रम
मिति: २०८३ भदौ २१ गते, आइतबार
समय: बिहान ९:०० बजेदेखि दिउँसो १:०० बजेसम्म
स्थान: बुढानीलकण्ठ वडा नं. ०८, गोल्फुटार बास्केटबल कोर्ट
वडा नं. ०८ का सम्पूर्ण उमेर समूहका सदस्यहरूका लागि स्ट्रोक तथा यसको प्रारम्भिक लक्षणसम्बन्धी निःशुल्क सचेतना कार्यक्रम आयोजना हुँदैछ।
ज्येष्ठ नागरिकहरूको सहभागितालाई विशेष प्राथमिकता दिइनेछ।
सबैलाई उपस्थित भई कार्यक्रमको लाभ लिन हार्दिक अनुरोध ।

बुढानीलकण्ठ–३ मा रोड रेस रनिङ सम्पन्नकाठमाडौं, भदौ ६ — युवालाई खेलकुदसँग जोड्दै स्वस्थ, अनुशासित र सक्रिय जीवनशैली प्रवर...
22/08/2026

बुढानीलकण्ठ–३ मा रोड रेस रनिङ सम्पन्न

काठमाडौं, भदौ ६ — युवालाई खेलकुदसँग जोड्दै स्वस्थ, अनुशासित र सक्रिय जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले बुढानीलकण्ठ नगरपालिका वडा नं. ३ ले शनिबार रोड रेस रनिङ कार्यक्रम आयोजना गरेको छ।

विभिन्न उमेर समूहका धावकहरूको सहभागिता रहेको कार्यक्रममा सहभागीहरूले उत्साहपूर्वक दौडमा भाग लिएका थिए। प्रतियोगिताले खेलकुदप्रतिको रुचि बढाउनुका साथै शारीरिक स्वास्थ्य, अनुशासन, आत्मविश्वास र सक्रिय जीवनशैलीको सन्देश दिएको आयोजकले जनाएको छ।

वडा नं. ३ ले पछिल्लो समय रोड रेस, ट्रेल रेसलगायतका खेलकुद गतिविधिलाई प्राथमिकता दिँदै आएको छ। यस्ता कार्यक्रममार्फत स्थानीय युवालाई खेलकुदमा सक्रिय बनाउनुसँगै बुढानीलकण्ठ क्षेत्रको प्राकृतिक सौन्दर्य, पदमार्ग तथा पर्यटन सम्भावनालाई समेत उजागर गर्ने प्रयास भइरहेको वडा कार्यालयको भनाइ छ।

खेलकुदलाई केवल प्रतिस्पर्धाका रूपमा नभई स्वस्थ नागरिक, सक्रिय युवा र सशक्त समुदाय निर्माणको आधारका रूपमा विकास गर्ने लक्ष्य वडा कार्यालयले अघि सारेको छ। आगामी दिनमा पनि समुदायको सहभागितामा नियमित खेलकुद तथा स्वास्थ्य प्रवर्द्धनसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने उद्देश्य रहेको जनाइएको छ।

21/08/2026

बुढानिलकण्ठ मन्दिरमा शनिवार भजन कार्यक्रम हुने

🙏🎶 MRR भजन — बूढानीलकण्ठमा 🎶🙏📅 भोलि | २०८३ भाद्र ६ गते, शनिबार📍 बूढानीलकण्ठ मन्दिर परिसर🕔: साँझ ५:०० बजेआउनुहोस्, भजनमा ...
21/08/2026

🙏🎶 MRR भजन — बूढानीलकण्ठमा 🎶🙏

📅 भोलि | २०८३ भाद्र ६ गते, शनिबार
📍 बूढानीलकण्ठ मन्दिर परिसर
🕔: साँझ ५:०० बजे

आउनुहोस्, भजनमा रमाऔँ, मनलाई शान्त बनाऔँ र भक्तिभावमा एकाकार बनौँ। 🌸🙏

भक्ति, संगीत र आध्यात्मिकताको संगम — MRR भजन बूढानीलकण्ठमा। ❤️

#बूढानीलकण्ठ #भजनसन्ध्या #भक्तिमयक्षण #जयबूढानीलकण्ठ 🙏

जग्गा/कित्ता मिलान सम्बन्धी सार्वजनिक सूचना
21/08/2026

जग्गा/कित्ता मिलान सम्बन्धी सार्वजनिक सूचना

Address

Budhanilkantha/03
Budanilkantha
44600

Alerts

Be the first to know and let us send you an email when Hamro Budhanilkantha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro Budhanilkantha:

Shortcuts

Share