14/07/2024
✍️𝐇𝐒 𝐂𝐨𝐝𝐞भनेको के हो? ( 𝐅𝐫𝐨𝐦 𝐎𝐧𝐞 𝐬𝐭𝐨𝐩 𝐬𝐨𝐥𝐮𝐭𝐢𝐨𝐧)
👉 𝐇𝐒 𝐂𝐨𝐝𝐞 वा हर्मोनाइज्ड सिस्टम कोडहरू, सामनको ट्रेड वर्गीकरण गर्ने मानकीकृत संख्यात्मक विधि हो । विश्व व्यापारमा रहेका अनगिन्ति वस्तुहरुको प्रकृति, प्रयोग, गुण र निर्माण उपभोगको आधारमा समान वस्तुहरुलाई निश्चित संकेत नम्बरमा समूहिकृत गर्न विश्व भन्सार संगठन (WCO) द्वारा विकसित, HS कोड प्रणाली 200 भन्दा बढी देशमा (Harmonized commodity description and coding system(HS) अपनाईएको छ । यो कष्टम कोअपरेशन काउन्सिल नोमेन्क्लेचर(CCCN) र स्टेन्डर्ड इन्टरनेशनल ट्रेड क्लाशिफिकेशन(SITC)को समायोजित र विकसित रुप हो । अर्थतन्त्रहरूले उनीहरूको भन्सार शुल्क र अन्तर्राष्ट्रिय व्यापार तथ्याङ्कहरूको सङ्कलनको आधारको रूपमा प्रयोग गर्छन्। प्रत्येक HS कोडमा छ अङ्कहरू हुन्छन्, जसलाई थप विस्तृत वर्गीकरणका लागि विस्तार गर्न सकिन्छ।
✍️नेपालमा वस्तु वर्गीकरणमा हार्मोनाईज्ड प्रणाली कहिले देखि लागू भएको हो ?
👉आ.व. २०४९/५० देखि लागू भएको हो । यस पद्धतिमा समय समयमा भएका संशोधनलाई समावेश गर्दै आइएको छ । पछिल्लो संशोधन अनुसार यस पद्धतिको २०१२ को संस्करण लागू गर्ने कार्य भईरहेको छ ।
✍️हार्मोनाइज्ड प्रणालीको वनावट कस्तो छ ?
👉यसमा २१ परिच्छेद, ९७ भाग १२२४ शीर्षक तथा ५२०५ उपशीर्षक छन् । मालवस्तुको वर्गीकरण गर्दा ६ अङ्कको उपशीर्षक सबै देशहरुको लागि एउटै हुन्छ । यो ६ अङ्क को उपशीर्षकमा पहिलो २ अङ्कले भाग, पछिल्लो २ अङ्खले शीर्षक तथा त्यस पछिको २ अङ्खले निश्चित मालवस्तुलाई जनाउँछ ।
✍️हार्मोनाइज्ड सिष्टमको व्याख्या तथा मालवस्तुको वर्गीकरणमा एक रुपता ल्याउन के व्यवस्था गरिएको छ ?
👉हार्मोनाइज्ड सिष्टमको व्याख्या तथा मालवस्तुको वर्गीकरणमा एक रुपता ल्याउन यस प्रणालीका ६ वटा व्याख्याका नियमहरु छन् । यी नियमहरुबाटै मालवस्तुको वर्गीकरण निर्देशित हुन्छ ।
✍️ 𝐇𝐒 𝐂𝐨𝐝𝐞 VAT बिजकमा कस्ले खुलाउनु पर्ने?
👉आयातित सामान भए भन्सार प्रज्ञापनपत्रमा उल्लेख भए बमोजिमको वस्तुको कम्तीमा सुरुको चार अङ्कको हार्मोनाईज्ड कोड, किसिम,साइज, मोडल र ब्राण्ड भएमा सो खुलाउनु पर्नेछ ।नेपालमा उत्पादित सामान र सेवा मा HS Code खालि राख्न सकिने । आयातित सामान भए भन्सार प्रज्ञापनपत्रमा, आयातित सामान को लोकल खरिद भए खरिद बिजकमा HS Code सजिलै भेट्न सकिन्छ ।
✍️HS Code मालवस्तुको वर्गीकरण प्रक्रिया के कस्तो छ ?
👉१) मालवस्तुको सम्बन्धमा जारी भएको विजक, संझौता र विश्लेषण प्रतिवेदन कागजातमा उल्लेख गरिए अनुसार विवरण खोज्ने
२) भौतिक परीक्षण एवं प्रयोगशाला परीक्षण गर्ने
३) मालवस्तुको प्राविधिक विवरण हेर्ने
४) मालवस्तु प्रस्तुत गरिएको अवस्था हेर्ने
५) मालवस्तुको वनावटको स्तर जस्तै कच्चा पदार्थ, काम नगरिएको उत्पादन, अर्ध तयारी मालवस्तु, तयारी मालवस्तु के हो सो हेर्ने
६) मालवस्तुको प्रयोग वा काम के हो पहिचान गर्ने ।
✍️यसका मुख्य विशेषताहरु के के हुन्
👉१)अन्तर्राष्ट्रिय व्यापारका वस्तुहरुको वर्गीकरणमा एकरुपता र क्रमवद्धता हुने
२) भन्सार विन्दुमा भन्सारको भाषाको स्तर स्थापित हुने
३) अन्तर्राष्ट्रिय व्यापार संझौता गर्न मद्दत गर्ने
४) व्यापारिक तथ्याङ्कहरुमा एकरुपता हुने
५) अन्तर्राष्ट्रिय व्यापार तुलना गर्न र तथ्याङ्क विश्लेषण गर्न सहज हुने ।
✍️यसका उद्देश्यहरु के के हुन् ?
👉१) आयात/निर्यात गरिने मालवस्तुहरुमा भन्सार महसुल एवं कर शुल्कहरु लगाउने कार्यलाई सरल गर्ने
२) अन्तर्राष्ट्रिय व्यापारको वास्तविक तथ्याङ्क अभिलेख गर्ने
३) मालवस्तुको उत्पत्तीको निर्धारण गर्ने
४) व्यापारको अनुगमन र मालवस्तुको नियन्त्रण गर्ने
५) अन्तर्राष्ट्रिय व्यापारमा देखा पर्ने अवरोधहरुलाई हटाउने र व्यापार सहजीकरण गर्ने
✍️यसका प्रयोगकर्ताहरु को हुन् ?
१) सरकारहरु
२) व्यापारीहरु
३) अन्तर्राष्ट्रिय संगठनहरु
४) मालवाहक एजेण्टहरु
५) आयात/निर्यातकर्ताहरु
६) उत्पादकहरु
७) तथ्याङ्कशास्त्रीहरु
८) मालवस्तु ढुवानीकर्ताहरु
९) बन्दरगाहका अधिकारीहरु