Sathi business advisor services

Sathi business advisor services We help to expand your business through web platform. facebook advertisement, youtube moneytization,y

don't expect more even yourself because future will coming soon.

यमपंचकको पहिलो दिन काग तिहारको शुभकामना 🙏
30/10/2024

यमपंचकको पहिलो दिन काग तिहारको शुभकामना 🙏

17/10/2024

भ्याट दर्ता र लेखाङ्कन सम्बन्धमा बजारमा देखिने भ्रमहरू र यथार्थ:
🤔 प्यानमा मात्र दर्ता भएको व्यक्तिले एकपटकमा १०००० भन्दा बढीको बिल काट्न मिल्दैन:
👮‍♂️यो सत्य होइन, जतिसुकै रकमको पनि बिल काट्न पाइन्छ, बस आफ्नो थ्रेसहोल्ड को ख्याल राख्नुहोला ।
🤔 व्यक्तिगत नाममा १० हजारभन्दा बढीको भ्याट बिल जारी गर्न मिल्दैन:
👮‍♂️ व्यक्तिगत प्रयोजनका लागि कसैले वस्तु वा सेवा खरिद गर्दछ भने जतिसुकै रकमको पनि व्यक्तिगत नाममा विल जारी गर्न सकिन्छ ।
🤔 कारोबार ५० लाख नाघेमा भ्याटमा दर्ता भइहाल्नुपर्छ:
🛒यदि कर योग्य कारोबार थ्रेसहोल्डको सीमा भित्रै छ र कर छुटको कारोबार जोड्दा थ्रेसहोल्ड भन्दा बढी हुन्छ भने भ्याटमा दर्ता हुनु पर्दैन । जस्तै: हजुरको विगत १२ महिनाको जम्मा कारोबार ६० लाख भयो जसमा ४० लाख चाउचाउ, बिस्कुट लगायत करयोग्य सामानको र २० लाख कारोबार चामल, दाल, नुन लगायतका अन्य कर छुटका सामान को भयो भने यस्तो अवस्थामा हजुरले भ्याटमा दर्ता हुनु पर्दैन ।
🤔 करयोग्य खरिद ५० लाख भन्दा बढी भएमा ५० लाख भन्दा कम बिक्री देखाएर बढी भएको सामानलाई स्टकमा देखाएमा भ्याटमा दर्ता हुनु पर्दैन:
👮 कारोबार दर्ता गर्ने प्रयोजनका लागि थ्रेसहोल्ड रकम भन्नाले खरिद वा बिक्रीमध्ये जुन बढी छ सो रकमलाई जनाउँदछ। त्यसैले विगत १२ महिनामा करयोग्य खरिद वा बिक्री जुनसुकै बढी भएपनि भ्याटमा दर्ता हुनुपर्दछ ।
🤔भ्याटमा दर्ता भएको व्यवसायीले प्यानमा मात्र दर्ता भएको व्यवसायबाट सामान खरिद गर्न मिल्दैन ?
👮‍♂️ कर छुटका वस्तु वा सेवा जोसुकैसँग खरिद गरेपनि समस्या भएन, तर करयोग्य वस्तु तथा सेवा सकेसम्म भ्याटमा दर्ता भएका व्यवसायसँग मात्र खरिद गर्नुहोस्। करयोग्य वस्तु तथा सेवा प्यानमा मात्र दर्ता भएका व्यवसायसँग खरिद गर्नै नपाउने भन्ने चाहिँ होइन। यस्तो खरिदलाई कर छुटको खरिद मानी खरिद खातामा चढाउनुपर्दछ, बिक्री गर्दा चाहिँ भ्याट असुल गर्नुपर्दछ ।
✍️नोट: थ्रेसहोल्ड रकम भन्नाले विगत १२ महिनामा करयोग्य वस्तु र ढुवानी व्यवसाय का हकमा ५० लाख र करयोग्य सेवा र करयोग्य वस्तु तथा सेवा मिश्रित व्यवसायका हकमा ३० लाख कारोबार सम्झनुपर्छ ।

आयविवरण पेश गर्ने (कर तिर्ने म्याद थप होइन है) म्याद थपको लागि आज अन्तिम दिन:१) १ करोड सम्म कारोबार भएका एकलौटी फर्मको र...
16/10/2024

आयविवरण पेश गर्ने (कर तिर्ने म्याद थप होइन है) म्याद थपको लागि आज अन्तिम दिन:
१) १ करोड सम्म कारोबार भएका एकलौटी फर्मको र शून्य कारोबार भएको प्रा लि को म्याद थप हुँदैन अर्थात् *असोज मसान्त* सम्म आय विवरण पेश गरी सक्नु पर्छ।
२) २५ करोड सम्म कारोबार भएको संस्थामा *मंसिर मसान्त* सम्म मात्र म्याद थप हुन्छ।
३) २५ करोड भन्दा बढी कारोबार भएको हकमा बढीमा *पुस २० गते सम्म* म्याद थप हुन्छ।
*आफ्नो सम्पूर्ण लेखा अभिलेख तयार गरी यही म्याद भित्र विवरण पेश गर्नु होला वा म्याद थप गर्ने पर्ने भए यहाँ उल्लेखित अवस्था अनुसार म्याद थप गर्नु होला।* यस म्याद पछि जरिवाना लाग्नेछ।

16/07/2024

आज श्रावण १ गते आर्थिक वर्ष २०८१/८२ को पहिलो दिन,

🏃धेरैजना साना व्यवसायीहरू आयकर तिर्न हतार गर्दै कर कार्यालयतिर जाँदै गरेको देख्नुभएमा यति कुरा सम्झाइदिनुस् है:

✋ नआत्तिनुहोस्: २०८०/८१ को आयकर तिर्ने अन्तिम मिति भनेको २०८१ असोज मसान्तसम्म हो।

📈 कारोबार रकम एकिन: आर्थिक वर्ष २०८०/८१ को खरिद बिक्री रकम एकिन गरेर मात्र जानुहोस । स्पष्ट हिसाब राख्नुभएको छैन भने आफूले सामान खरिद गर्ने सम्पूर्ण पार्टीहरूलाई उहाँहरुले हजुरको नाममा कति बिक्री देखाउनुभएको छ त्यति पत्ता लगाउँदा पनि धेरै सहज हुन्छ ।

🌀 पूँजी रकम, गत वर्षको कारोबार, बैंक ऋण लगायतका कुराले तपाईँको कारोबार निर्धारण गर्ने होइन, अतः आफ्नो वास्तविक कारोबार जति भएको छ त्यति नै उल्लेख गर्नुहोस्।

🌀 सेवा व्यवसायको थ्रेसहोल्ड बढेर ३० लाख भइसकेकाले होटल, consultancy लगायतका व्यवसायहरूले यदि तपाईंको वास्तविक कारोबार हो भने ३० लाख सम्मको डे१ फारम दाखिला गर्न नडराउनुहोला ।

🏦 बैंकले मान्दैन भन्दै आफ्नो वास्तविक कारोबार भन्दा बढी कारोबार पनि नदेखाउनुहोला । वास्तविक भन्दा बढी कारोबार देखाएको हकमा भविष्यमा ठूलो समस्या हुनसक्छ।

🏦 यदि हजुरको बैंकको ऋण नवीकरण गर्ने समय श्रावण वा भदौ महिनामै पर्छ भने पनि कर चुक्ता निकाल्नका लागि आत्तिएर आफ्नो वास्तविक कारोबार रकम यकिन नै नगरी आय विवरण नहाल्नुहोस् । प्रोभिजनल रिपोर्टका आधारमा पनि ऋण नवीकरण हुन्छ (कर चुक्ता नै चाहिन्छ भन्ने हुँदैन)। (थप जानकारी आफ्नो लेखापरीक्षक वा वित्तीय परामर्शदाता सँग लिनुहोस )

🌀 अन्तशुल्क इजाजत पत्रको नवीकरण गर्ने र आयकर तिर्ने दुई फरक कुरा हुन् । त्यसैले आयकर नतिरी अन्तशुल्क इजाजतपत्र नवीकरण नहुने भन्ने हुँदैन। त्यसैले श्रावण मसान्तभित्र गर्नैपर्ने भनेको अन्तशुल्क इजाजत पत्र नवीकरण मात्र हो। आयकर तिर्नका लागि असोज मसान्तसम्मको समय भएकाले आफ्नो कारोबार रकम confirm गरेर मात्र आयकर तिर्नुहोस्।

🌀 तपाईँको वास्तविक कारोबार रकम बैंकर, अफिसर, अडिटर वा अन्य कुनै परामर्शदातालाई थाहा हुने कुरा हुँदैन, त्यो तपाईँलाई मात्र थाहा हुन्छ। त्यसैले अरुको सल्लाह बमोजिम वास्तविक कारोबार भन्दा फरक कारोबार रकम नहाल्नुहोस्।

🌀 कार्यालयबाट कर चुक्ता पाउँदैमा सबै हिसाब मिलेको भन्ने हुँदैन । कार्यालयलाई तपाईँले पेश गरेको आय विवरण उपर शङ्का लागेमा जतिपटक पनि परीक्षण गरी पुनः कर रकम र जरिवाना निर्धारण गर्न सक्दछ । त्यसैले वास्तविक भन्दा फरक कारोबार रकम दाखिला गर्नुभएको छ भने कर चुक्ता पाउँदैमा ढुक्क हुने अवस्था हुँदैन ।

🌀 आयकर तिर्ने विषयलाई अन्य कुनै सामान्य नवीकरण गर्ने विषय जसरी नलिनुहोस्, यो अत्यन्तै संवेदनशील विषय हो। आयकर रकम आफ्नो वास्तविक दायित्व भन्दा कम या बढी तिर्न हुँदैन।

⚖️ कर सम्बन्धी परामर्शदाता छनौट गर्दा विशेष ध्यान पुर्‍याउनु होस । परामर्शदाता सही छनोट नगरेमा भविष्यमा पछुताउनुपर्ने हुनसक्छ ।

🌀 बिग्रिसकेपछि पछुताउनु भन्दा पहिले नै सबै कुरा बुझेर आय विवरण दाखिला गर्नुहोला।

📞 थप जानकारीका लागि हाम्रो कार्यालय वा नजिकैको आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा सम्पर्क राख्नुहोला ।

New financial year with few important updates!!! Happy New Income Year 2081-82For More Details Contact Us:9817457576
16/07/2024

New financial year with few important updates!!! Happy New Income Year 2081-82

For More Details Contact Us:
9817457576

कम्पनी रजिस्ट्रारको कार्यालयले नयाँ सफ्टवेयर मार्फत स्वचालित बिधिबाट सेवा दिने सम्बन्धि सुचना !!
14/07/2024

कम्पनी रजिस्ट्रारको कार्यालयले नयाँ सफ्टवेयर मार्फत स्वचालित बिधिबाट सेवा दिने सम्बन्धि सुचना !!

✍️𝐇𝐒 𝐂𝐨𝐝𝐞भनेको के हो? ( 𝐅𝐫𝐨𝐦 𝐎𝐧𝐞 𝐬𝐭𝐨𝐩 𝐬𝐨𝐥𝐮𝐭𝐢𝐨𝐧)👉 𝐇𝐒 𝐂𝐨𝐝𝐞 वा हर्मोनाइज्ड सिस्टम कोडहरू, सामनको ट्रेड वर्गीकरण गर्ने मानकी...
14/07/2024

✍️𝐇𝐒 𝐂𝐨𝐝𝐞भनेको के हो? ( 𝐅𝐫𝐨𝐦 𝐎𝐧𝐞 𝐬𝐭𝐨𝐩 𝐬𝐨𝐥𝐮𝐭𝐢𝐨𝐧)
👉 𝐇𝐒 𝐂𝐨𝐝𝐞 वा हर्मोनाइज्ड सिस्टम कोडहरू, सामनको ट्रेड वर्गीकरण गर्ने मानकीकृत संख्यात्मक विधि हो । विश्व व्यापारमा रहेका अनगिन्ति वस्तुहरुको प्रकृति, प्रयोग, गुण र निर्माण उपभोगको आधारमा समान वस्तुहरुलाई निश्चित संकेत नम्बरमा समूहिकृत गर्न विश्व भन्सार संगठन (WCO) द्वारा विकसित, HS कोड प्रणाली 200 भन्दा बढी देशमा (Harmonized commodity description and coding system(HS) अपनाईएको छ । यो कष्टम कोअपरेशन काउन्सिल नोमेन्क्लेचर(CCCN) र स्टेन्डर्ड इन्टरनेशनल ट्रेड क्लाशिफिकेशन(SITC)को समायोजित र विकसित रुप हो । अर्थतन्त्रहरूले उनीहरूको भन्सार शुल्क र अन्तर्राष्ट्रिय व्यापार तथ्याङ्कहरूको सङ्कलनको आधारको रूपमा प्रयोग गर्छन्। प्रत्येक HS कोडमा छ अङ्कहरू हुन्छन्, जसलाई थप विस्तृत वर्गीकरणका लागि विस्तार गर्न सकिन्छ।

✍️नेपालमा वस्तु वर्गीकरणमा हार्मोनाईज्ड प्रणाली कहिले देखि लागू भएको हो ?
👉आ.व. २०४९/५० देखि लागू भएको हो । यस पद्धतिमा समय समयमा भएका संशोधनलाई समावेश गर्दै आइएको छ । पछिल्लो संशोधन अनुसार यस पद्धतिको २०१२ को संस्करण लागू गर्ने कार्य भईरहेको छ ।
✍️हार्मोनाइज्ड प्रणालीको वनावट कस्तो छ ?
👉यसमा २१ परिच्छेद, ९७ भाग १२२४ शीर्षक तथा ५२०५ उपशीर्षक छन् । मालवस्तुको वर्गीकरण गर्दा ६ अङ्कको उपशीर्षक सबै देशहरुको लागि एउटै हुन्छ । यो ६ अङ्क को उपशीर्षकमा पहिलो २ अङ्कले भाग, पछिल्लो २ अङ्खले शीर्षक तथा त्यस पछिको २ अङ्खले निश्चित मालवस्तुलाई जनाउँछ ।

✍️हार्मोनाइज्ड सिष्टमको व्याख्या तथा मालवस्तुको वर्गीकरणमा एक रुपता ल्याउन के व्यवस्था गरिएको छ ?

👉हार्मोनाइज्ड सिष्टमको व्याख्या तथा मालवस्तुको वर्गीकरणमा एक रुपता ल्याउन यस प्रणालीका ६ वटा व्याख्याका नियमहरु छन् । यी नियमहरुबाटै मालवस्तुको वर्गीकरण निर्देशित हुन्छ ।

✍️ 𝐇𝐒 𝐂𝐨𝐝𝐞 VAT बिजकमा कस्ले खुलाउनु पर्ने?
👉आयातित सामान भए भन्सार प्रज्ञापनपत्रमा उल्लेख भए बमोजिमको वस्तुको कम्तीमा सुरुको चार अङ्कको हार्मोनाईज्ड कोड, किसिम,साइज, मोडल र ब्राण्ड भएमा सो खुलाउनु पर्नेछ ।नेपालमा उत्पादित सामान र सेवा मा HS Code खालि राख्न सकिने । आयातित सामान भए भन्सार प्रज्ञापनपत्रमा, आयातित सामान को लोकल खरिद भए खरिद बिजकमा HS Code सजिलै भेट्न सकिन्छ ।

✍️HS Code मालवस्तुको वर्गीकरण प्रक्रिया के कस्तो छ ?
👉१) मालवस्तुको सम्बन्धमा जारी भएको विजक, संझौता र विश्लेषण प्रतिवेदन कागजातमा उल्लेख गरिए अनुसार विवरण खोज्ने
२) भौतिक परीक्षण एवं प्रयोगशाला परीक्षण गर्ने
३) मालवस्तुको प्राविधिक विवरण हेर्ने
४) मालवस्तु प्रस्तुत गरिएको अवस्था हेर्ने
५) मालवस्तुको वनावटको स्तर जस्तै कच्चा पदार्थ, काम नगरिएको उत्पादन, अर्ध तयारी मालवस्तु, तयारी मालवस्तु के हो सो हेर्ने
६) मालवस्तुको प्रयोग वा काम के हो पहिचान गर्ने ।

✍️यसका मुख्य विशेषताहरु के के हुन्
👉१)अन्तर्राष्ट्रिय व्यापारका वस्तुहरुको वर्गीकरणमा एकरुपता र क्रमवद्धता हुने
२) भन्सार विन्दुमा भन्सारको भाषाको स्तर स्थापित हुने
३) अन्तर्राष्ट्रिय व्यापार संझौता गर्न मद्दत गर्ने
४) व्यापारिक तथ्याङ्कहरुमा एकरुपता हुने
५) अन्तर्राष्ट्रिय व्यापार तुलना गर्न र तथ्याङ्क विश्लेषण गर्न सहज हुने ।

✍️यसका उद्देश्यहरु के के हुन् ?
👉१) आयात/निर्यात गरिने मालवस्तुहरुमा भन्सार महसुल एवं कर शुल्कहरु लगाउने कार्यलाई सरल गर्ने
२) अन्तर्राष्ट्रिय व्यापारको वास्तविक तथ्याङ्क अभिलेख गर्ने
३) मालवस्तुको उत्पत्तीको निर्धारण गर्ने
४) व्यापारको अनुगमन र मालवस्तुको नियन्त्रण गर्ने
५) अन्तर्राष्ट्रिय व्यापारमा देखा पर्ने अवरोधहरुलाई हटाउने र व्यापार सहजीकरण गर्ने

✍️यसका प्रयोगकर्ताहरु को हुन् ?
१) सरकारहरु
२) व्यापारीहरु
३) अन्तर्राष्ट्रिय संगठनहरु
४) मालवाहक एजेण्टहरु
५) आयात/निर्यातकर्ताहरु
६) उत्पादकहरु
७) तथ्याङ्कशास्त्रीहरु
८) मालवस्तु ढुवानीकर्ताहरु
९) बन्दरगाहका अधिकारीहरु

व्यवसाय दर्ताका लागि चाहिने आवश्यक कागजातहरू।
22/06/2024

व्यवसाय दर्ताका लागि चाहिने आवश्यक कागजातहरू।

कर छुट स्किम लिने निवेदन......
07/06/2024

कर छुट स्किम लिने निवेदन......

आन्तरिक राजस्व विभाग।१)आयकर,मु अ कर, अन्तशुल्कका संशोधित व्यवस्थाहरु,२०८१२)विशेष छुट तथा सहुलियतहरु
05/06/2024

आन्तरिक राजस्व विभाग।
१)आयकर,मु अ कर, अन्तशुल्कका संशोधित व्यवस्थाहरु,२०८१
२)विशेष छुट तथा सहुलियतहरु

Address

Maitripath
Butaul
00977

Telephone

+9779857071213

Website

Alerts

Be the first to know and let us send you an email when Sathi business advisor services posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sathi business advisor services:

Share