31/07/2026
#एघार_लाख_घरधुरीमा_वर्ल्डलिंक: सैनामैना शाखामा केक काटेर भव्य खुसियाली
नेपालकै अग्रणी तथा सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी, वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले आफ्नो ३१ वर्षे गौरवशाली यात्रामा एउटा नयाँ र ऐतिहासिक उचाइ हासिल गरेको छ। कम्पनीको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या ११ लाख नाघेको छ। ।
यस सुखद र महत्त्वपूर्ण उपलब्धिको अवसरमा रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ३, मुर्गियास्थित वर्ल्डलिंकको सैनामैना कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरी भव्य रूपमा खुसियाली मनाइएको मुर्गिया #शाखा_प्रमुख_खुमानन्द_कडेल जानकारी दिनुभयो । ।
बुधबार आयोजित समारोहमा सैनामैना शाखाका प्रमुख, कर्मचारीहरू र स्थानीय ग्राहकहरूको उपस्थितिमा केक काटेर यस ऐतिहासिक कोसेढुङ्गालाई उत्सवको रूपमा मनाइयो। कार्यक्रममा उपस्थित वर्ल्डलिंकका प्रतिनिधिहरूले एक-अर्कामा ११ लाख घरधुरीसम्म पुग्न सफल भएकोमा बधाई तथा शुभकामना आदान-प्रदान गर्नुभएको थियो। साथै, आगामी दिनहरूमा पनि अझ स्तरीय र भरपर्दो सेवा प्रदान गर्ने प्रतिबद्धता समेत उहाँहरूले व्यक्त गर्नुभयो। ।
#विश्वास_र_समर्पणको_नतिजा
कम्पनीले ११ लाख घरधुरीको माइलस्टोन पार गर्नुलाई वर्ल्डलिंकको सेवा, गुणस्तर र ग्राहक सेवाप्रति आम नागरिकले देखाएको अगाध विश्वासको प्रमाणको रूपमा लिएको छ। सैनामैना शाखाले पनि आफ्नो क्षेत्रका ग्राहकहरूलाई इन्टरनेट सेवामा उत्कृष्ट अनुभव प्रदान गर्न निरन्तर प्रयासरत रहने जनाएको छ।
्प्युटरदेखि_११_लाख_घरधुरीसम्मको ३१ वर्षे यात्रा
आजभन्दा ३१ वर्षअघि, सन् १९९५ मा कम्पनीका संस्थापक दिलीप अग्रवालले अमेरिकाबाट ल्याएको एउटा कम्प्युटर र ईमेल सर्भरबाट वर्ल्डलिंकको यात्रा सुरु भएको थियो। एउटा सानो कोठाबाट सुरु भएको यस कम्पनीले तीन दशकको अवधिमा देशकै कुना-कुनामा आफ्नो नेटवर्क विस्तार गर्दै ग्राहक सङ्ख्यामा यो अभूतपूर्व उचाइ हासिल गरेको हो। ।
#सामाजिक_उत्तरदायित्व_१४_हजार_स्थानमा फ्री वाईफाई
घरायसी इन्टरनेटका साथसाथै वर्ल्डलिंकले सार्वजनिक स्थानहरूमा पनि इन्टरनेटको पहुँच विस्तार गरिरहेको छ। कम्पनीले हाल देशका १४ हजारभन्दा बढी स्थानमा 'वाईफाई एक्सप्रेस' (Wi-Fi Express) मार्फत सर्वसाधारणलाई फ्री वाईफाई सेवा समेत उपलब्ध गराइरहेको छ। ।
सैनामैना क्षेत्रमा पनि वर्ल्डलिंकले तीव्र गतिको इन्टरनेट सेवा र सार्वजनिक ठाउमा फ्री वाईफाई विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ, जसले स्थानीय डिजिटल इकोसिस्टमलाई मजबुत बनाउन मद्दत पुगेको छ। ।