मेरो स्वास्थ खबर My Health News.com

  • Home
  • Nepal
  • Chainpur
  • मेरो स्वास्थ खबर My Health News.com

मेरो स्वास्थ खबर  My Health News.com सामाजिक संजाल मार्फत आफुले जानेको स्वास्थ सम्बन्धि जानकारी आदानप्रदान गरौ ! � प्रेसर सुगर तथा दिर्घरोगी हरुकालागी लाभदायक चिया यहाँ पाइन्छ

स्थानीयतह अनुसार मिति केही फरक हुनसक्ने !
04/02/2026

स्थानीयतह अनुसार मिति केही फरक हुनसक्ने !

14/11/2025

शापु (SHAPU) रोगसम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक

काठमाडौं, — त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत बी.पी. कोइराला लायन्स नेत्र अध्ययन केन्द्रमा "Seasonal Hyperacute Panuveitis (SHAPU) – A Blinding Eye Disease; Exploring Connections Between Humans (Eyes) and Insects (Moths)" शीर्षकमा त्रिभुवन विश्वविद्यालयको राष्ट्रिय प्राथमिकता (National Priority) अन्तर्गत सञ्चालन गरिएको अनुसन्धान कार्यको अन्तिम प्रतिवेदन तथा निष्कर्ष सार्वजनिक गरिएको छ।
गत ५० वर्षमा, नेपालका हजारौं मानिसहरू “सीजनल हाइपरएक्युट प्यानुभाइटिस (SHAPU)” नामक विनाशकारी आँखाको रोगका कारण दृष्टि गुमाइरहेका छन्। यो महामारी प्रायः मनसुन समाप्त भएपछि (साउन–भदौ) सुरु भई हिउँद (मङ्सिर–पुस) महिनामा उच्च स्तरमा पुग्ने गर्छ। SHAPU प्रायः बालबालिकामा, एक आँखामा मात्र असर पार्ने, छिटो प्रगतिशील र स्थायी अन्धोपन ल्याउने रोग हो। प्रभावित दुई तिहाइ बिरामीहरू पहिलो सम्पर्कमै अन्धा हुन्छन् र बाँकी छिट्टै सुक्खा, विकृत आँखामा परिणत हुन्छन्।
SHAPU को प्रमुख लक्षण हो — अचानक सुरु हुने, एकतर्फी, दुखाइरहित (वा हल्का दुख्ने) रातो आँखामा डिस्चार्ज बिना सेतो पुतलीझैं प्रतिबिम्ब देखिनु (“Red eye with White Pupil”) — जुन स्वस्थ व्यक्तिमा देखा पर्छ।
सेतो पतिंगा (माथ) सँगको प्रत्यक्ष सम्पर्क SHAPU को जोखिम बढाउँछ, तर हावामा रहेका पतिंगाका साना काँडानुमा (setae) सँगको अप्रत्यक्ष सम्पर्क पनि रोग उत्पन्न गर्ने सम्भावना रहेको पाइयो। SHAPU र “गाजालिना क्राइसोलोफा (Gazalina chrysolopha)” नामक सेतो पतिंगा बीचको सम्बन्ध धेरै वर्षदेखि चिनिएको भए पनि रोग कसरी हुन्छ भन्ने ठ्याक्कै कारण अझै स्पष्ट छैन। यस अस्पष्टतालाई सम्बोधन गर्न, दुई अन्तरसम्बन्धित अध्ययन — SHAPU मेडिकल अध्ययन र SHAPU कीटविज्ञान (Entomological) अध्ययन — सञ्चालन गरियो, जसले चिकित्सकीय, कीटविज्ञान, वातावरणीय र जैवरासायनिक पक्षबीचको सम्बन्ध खोज्ने उद्देश्य राख्यो।
उक्त Final Dissemination Program चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन प्रा. डा. मोहनराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले यस अनुसन्धानबाट प्राप्त परिणामहरू राज्यका लागि महत्वपूर्ण सम्पत्ति भएको उल्लेख गर्दै शापु रोगको निवारणका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सधैं तत्पर रहने बताउनुभयो।

प्रमुख अतिथि प्रा. डा. मोहनराज शर्माले यस किसिमका अनुसन्धानहरूले राज्यलाई नीतिगत रूपमा मार्गनिर्देशन गर्ने र अनुसन्धानलाई राज्यले पनि प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो। विशेष अतिथि तथा त्रिभुवन विश्वविद्यालय अनुसन्धान निर्देशनालयका कार्यकारी निर्देशक प्रा. डा. इश्वर कोइरालाले शापु सम्बन्धी अनुसन्धानले विश्वविद्यालय मात्र नभई सम्पूर्ण देशकै स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउने धारणा व्यक्त गर्नुभयो।
उक्त कार्यक्रममा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्वविद्याल अनुदान आयोग, नेपाल स्वास्थ्य अनुसन्धान परिषद, विभिन्न निकायका अनुसन्धान कर्ता तथा विषय विज्ञहरुको उपसथिति रहेको थियो ।
कार्यक्रममा अनुसन्धान परियोजनाका अनुसन्धानकर्ता डा. रन्जु खरेल सिटौला, डा. प्रताप कार्की तथा डा. दयाराम भुसालले हालसम्म प्राप्त उपलब्धीहरू र आगामी कार्ययोजनाबारे जानकारी गराउनुभयो। कार्यक्रमको सञ्चालन स्नेहा कार्कीले गर्नुभएको थियो।
SHAPU मेडिकल अध्ययनमा २०२३ को महामारीमा ६३ र २०२४ को छिटफुट प्रकोपमा १८ केसहरूको विश्लेषण गरिएको थियो। यसले जनसांख्यिकीय ढाँचा, क्लिनिकल विशेषता र प्रयोगशाला परीक्षणहरूमा केन्द्रित थियो। SHAPU कीटविज्ञान अध्ययनमा २०० भन्दा बढी “Gazalina chrysolopha” पतिंगा सङ्कलन, पहिचान र DNA बारकोडिङ सहित यसको जीवनचक्र, बासस्थान, जैव–जलवायु उपयुक्तता, आहार बानी र प्राकृतिक दुश्मनहरूको अध्ययन गरियो। साथै SHAPU बिरामीका आँखा स्वाब, नियन्त्रण नमूना र पतिंगा काँडानुमा रहेका जैवरासायनिक पदार्थहरूको तुलना पनि गरियो।
अध्ययनका निष्कर्षहरू अनुसार SHAPU का केसहरू मुख्यतः गण्डकी, त्यसपछि बागमती र कोशी प्रदेशमा बढी देखिए। औसत उमेर २०.९ वर्ष थियो। २०२४ मा पहिलो पटक जोडी वर्षमा पनि प्रकोप देखिनुले रोगको महामारी स्वरूप परिवर्तन हुँदै गएको देखायो। पतिंगाको उपस्थिती तापक्रम, आर्द्रता र होस्ट बोट “अल्नस नेपालेन्सिस” (Utis) को उपलब्धतासँग गहिरो सम्बन्ध पाइयो। जलवायु परिवर्तनसँगै पतिंगाको फैलावट अन्य प्रदेशहरूमा पनि विस्तार हुने सम्भावना देखियो।

निष्कर्षतः, यस अनुसन्धानले SHAPU र Gazalina chrysolopha बीचको सम्बन्धबारे हालसम्मकै सबभन्दा ठोस प्रमाण प्रस्तुत गर्‍यो र वातावरणीय तथा जैविक कारणहरू कसरी एकआपसमा क्रियाशील भएर अन्धोपन ल्याउँछन् भन्ने स्पष्ट पारेको छ। यसले लक्षित जनस्वास्थ्य रणनीति, प्रमाण–आधारित उपचार र स्थायी पतिंगा नियन्त्रण उपायहरू विकास गर्न मार्ग प्रशस्त गरेको छ। त्यसैले भविष्यमा SHAPU सम्बन्धी अन्धोपन रोक्न मानव, वातावरण र कीटविज्ञानलाई जोड्ने एकीकृत One Health दृष्टिकोण अत्यावश्यक छ।

औषधिको Generic Vs Brand Name Prescription।🟢 Generic name बाट prescribe गर्दा:✅ फाइदाहरु:1. सस्तो हुन्छ: -Generic औषधि प्...
10/10/2025

औषधिको Generic Vs Brand Name Prescription।

🟢 Generic name बाट prescribe गर्दा:
✅ फाइदाहरु:
1. सस्तो हुन्छ: -Generic औषधि प्रायः brand औषधिभन्दा सस्तो हुन्छ। बिरामीको आर्थिक बोझ कम हुन्छ।
2. समान सक्रिय तत्व (active ingredient):-Generic र brand दुबैमा एउटै सक्रिय तत्व हुन्छ, त्यसैले प्रभावकारिता उस्तै रहन्छ (यदि गुणस्तर राम्रो छ भने)।
3. स्वास्थ्य प्रणालीमा पारदर्शिता:-औषधि कम्पनीको व्यापारिक नाम भन्दा वैज्ञानिक नामलाई प्राथमिकता दिँदा prescribing मा impartiality रहन्छ।
4. फार्मेसीमा लचिलोपन:-Pharmacist ले उपलब्ध जे राम्रो गुणस्तरको औषधि छ, त्यही substitute गर्न सक्छ।

❌ बेफाइदा:
1. गुणस्तरमा फरक हुन सक्छ:-सबै generic औषधि एउटै गुणस्तरका हुँदैनन् (विशेष गरी developing देशहरूमा)। Bioequivalence testing राम्रो नभए असर घट्न सक्छ।
2. Confusion / Misuse:-यदि generic नाम धेरै लामो वा जटिल छ भने (जस्तै “amoxicillin + clavulanic acid”), गलत spelling वा dose मा भ्रम हुन सक्छ।
3. Patient compliance घट्ने:-बिरामीले familiar brand नामको सट्टा नयाँ generic देख्दा विश्वास कम गर्न सक्छ।

🔵 Brand name बाट prescribe गर्दा:

✅ फाइदा:
1. गुणस्तर सुनिश्चित गर्न सजिलो: चिकित्सकले विश्वसनीय कम्पनीको औषधि (brand) रोज्न सक्छ जसको efficacy र safety भरोसायोग्य हुन्छ।
2. Easy for patients to remember:छोटो र परिचित नाम भएका brand बिरामीलाई सम्झन सजिलो हुन्छ।
3. Certain formulations मा फरक:केही brand हरूमा better bioavailability, palatability वा extended- release formulation हुन्छ जुन generic बाट फरक पर्न सक्छ।

❌ बेफाइदा:

1. महँगो: ब्रान्डेड औषधि प्रायः महँगो हुन्छ, जसले बिरामीमा आर्थिक समस्या ल्याउँछ।
2. Bias वा commercial influence: Pharmaceutical कम्पनीहरूको प्रचारले prescribing pattern प्रभावित गर्न सक्छ।
3. Limited availability:कुनै ठाउँमा उक्त brand उपलब्ध नहुँदा बिरामीले substitute पाउन गाह्रो हुन सक्छ।
को सहयोगमा।
© Hemant Singh Saud

Address

Budhashanti
Chainpur
57206

Website

Alerts

Be the first to know and let us send you an email when मेरो स्वास्थ खबर My Health News.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share