NOCHA

NOCHA 5M+ reach
Promoting mithila and Mithila culture❤️

30/08/2026

पहिरोपछि नेपाल-चीन सीमा क्षेत्रमा बनेको ताल १४ फुटबल मैदान बराबर: चिनियाँ टेलिभिजन

बाढीका कारण माथिल्लो त्रिशूली ३ 'ए' जलविद्युत् आयोजनामा फसेका मानिसहरूको उद्धार गर्ने काम सरकारले गएको रातभरि नै निरन्तर...
30/08/2026

बाढीका कारण माथिल्लो त्रिशूली ३ 'ए' जलविद्युत् आयोजनामा फसेका मानिसहरूको उद्धार गर्ने काम सरकारले गएको रातभरि नै निरन्तर जारी राखेको थियो।
तर आज बिहान करिब ४ बजे आयोजना स्थलमा पुनः आएको बाढीका कारण त्रिशूली नदीको जलसतह ५ देखि १० मिटरसम्म बढेको छ।
नदीको सतह अत्यधिक बढेपछि त्यसले आयोजना क्षेत्रको किनार तीव्र रूपमा काट्न सुरु गरेको छ।
​तर पनि सरकारले पुनः पूर्ण सतर्कताका साथ आयोजना क्षेत्रको समग्र क्षति र परिस्थितिको अवलोकन गर्दै माटो तथा लेदो हटाउन पुनः डोजर र भारी उपकरणहरू परिचालन गर्ने तयारी गरेको छ।
​यसैगरी, पहिरो र माटोले पुरिएको त्रिशूली ३ 'ए' को टनेल पोर्टल तथा पावर हाउस नियन्त्रण गर्ने १९ वटा सीसीटीभी क्यामेरा, एचडीआर र सेटअप बक्सहरू सुरक्षित रूपमा निकाल्न सरकारले हेलिकप्टरमार्फत 'स्पेशल फोर्स' परिचालन गर्ने तयारी गरेको छ।
सडक पहुँच अवरुद्ध भएकाले पुरिएको भवन नजिकै हेलिकप्टरबाट टोली उतारेर ती महत्त्वपूर्ण उपकरणहरू निकाल्ने तयारी गरेको छ।

Great: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रमा पुगेर स्थलगत अनुगमन र निरीक्षण...
30/08/2026

Great: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रमा पुगेर स्थलगत अनुगमन र निरीक्षण गरेका छन् ।

30/08/2026

३ दिनसम्म राहत किन नबाँडेको ? भन्दै सांसद आशिका तामाङ जंगिएपछि…

“कतै राहत वितरणमा भ्रष्टाचारको खेल त छैन?”

30/08/2026

अगस्ट २६ को Flash Flood का कारण नेपालमा Roads र Bridges मा मात्र करिब $157 million (झण्डै रु. १५ अर्ब) बराबरको damage भएको प्रारम्भिक अनुमान छ। यसले देशभरका Transport Networks र महत्वपूर्ण Infrastructure मा गम्भीर असर पुर्‍याएको छ। 🙏🌊🇳🇵

अस्ति बनेको ताल फुटेको भन्दै आज बिहान एकजना चाइनिजले नेपाली वैज्ञानिक डाक्टर नितेश खड्कालाई यो फोटो पठाएका थिए । यहि कार...
30/08/2026

अस्ति बनेको ताल फुटेको भन्दै आज बिहान एकजना चाइनिजले नेपाली वैज्ञानिक डाक्टर नितेश खड्कालाई यो फोटो पठाएका थिए । यहि कारणले आज बिहान बाढी आएको मान्न सकिन्छ । सरकारले भने आज आज ताल फुटेको भनेर भनेको छैन ।

🛰️🇳🇵 Starlink is ready to deploy satellite internet service in flood-hit areas of Rasuwa, Dhading and Nuwakot. However, ...
30/08/2026

🛰️🇳🇵 Starlink is ready to deploy satellite internet service in flood-hit areas of Rasuwa, Dhading and Nuwakot. However, नेपाल सरकारको existing satellite internet policy का कारण deployment का लागि government approval पर्खिरहेको छ।

यस service ले roads, bridges र mobile networks प्रभावित भएका क्षेत्रमा communication restore गर्न ठूलो सहयोग गर्न सक्छ। यसबाट rescue teams र humanitarian workers लाई ongoing emergency मा coordination गर्न अझ सहज हुनेछ।

तपाईंको विचारमा emergency use का लागि नेपाल सरकारले Starlink को proposal approve गर्नुपर्छ?

भारतले नेपालका लागि चौथो राहत उडानमार्फत ११ टन राहत सामग्री, औषधि, खाद्यान्न, सुरुङ उद्धार उपकरण तथा उद्धार टोली, फरेन्स...
30/08/2026

भारतले नेपालका लागि चौथो राहत उडानमार्फत ११ टन राहत सामग्री, औषधि, खाद्यान्न, सुरुङ उद्धार उपकरण तथा उद्धार टोली, फरेन्सिक टोली र अन्य अत्यावश्यक सामग्री पठाएको छ। 🙏🇳🇵🇮🇳 #धन्यवादभारत

रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा तीव्र रूपमा उद्धार र राहत कार्य जारी रहेको जानकारी दिँदै प्रधानमन्त्री बालेन्द्...
29/08/2026

रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा तीव्र रूपमा उद्धार र राहत कार्य जारी रहेको जानकारी दिँदै प्रधानमन्त्री बालेन्द्र शाहले हालसम्म भएका प्रमुख कामहरू सार्वजनिक गर्नुभएको छ:

१. १८,७०८ सुरक्षाकर्मी र १६ वटा हेलिकप्टरमार्फत २३६ पटक उडान भरी ७,५१४ जनाको सकुशल उद्धार गरिएको छ।

२. धुन्चे र बट्टारका मोबाइल अस्पतालसहित ५ स्थानबाट विशेषज्ञ स्वास्थ्य सेवा तथा मनोपरामर्श प्रवाह भइरहेको छ भने 'रक्त सूचना पोर्टल' सञ्चालनमा ल्याइएको छ।

३. रसुवा र नुवाकोटमा १८ राहत शिविर स्थापना गरी विस्थापित करिब ३,५०० नागरिकलाई अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ र १५ स्थानीय तहलाई ६ करोड ७५ लाख रुपैयाँ निकासा गरिएको छ।

४. प्रधानमन्त्री राहत कोषमा ५ अर्ब ४ करोडभन्दा बढी रुपैयाँ संकलन भएको छ र हवाई तथा सडकमार्गमार्फत खाद्यान्न तथा राहत सामग्री वितरण तीव्र पारिएको छ।

५. भारत, चीन, अमेरिका, स्विट्जरल्याण्ड, एडीबी र विश्व बैंकबाट आर्थिक, भौतिक तथा प्राविधिक सहायता परिचालन गरिएको छ।

६. अवरुद्ध अधिकांश बिटिएस टावर सञ्चालनमा ल्याइएको छ।

७. काठमाडौं–धुन्चे वैकल्पिक सडक र पृथ्वी राजमार्ग खुलाएर प्रभावित क्षेत्रलाई पुनः राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ।

८. फेला परेका ६७५ श'वलाई 'एयर टाइट ब्याग' र डीएनए सुरक्षित राख्दै सरकारी निर्देशिकाबमोजिम व्यवस्थापनको काम भइरहेको छ।

Wow:प्रधानमन्त्री राहत कोषमा आजसम्म ५ अर्ब ४ करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ + १८ लाख ८ हजार १८९ अमेरिकी डलर जम्मा भएको ...
29/08/2026

Wow:प्रधानमन्त्री राहत कोषमा आजसम्म ५ अर्ब ४ करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ + १८ लाख ८ हजार १८९ अमेरिकी डलर जम्मा भएको छ। ❤️

Address

Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when NOCHA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NOCHA:

Shortcuts

Share