24/04/2026
बोर्डर टाइट गर्न नपाइने,
नक्कली सुकुम्बासी हटाउन नपाइने,
बिचौलिया पक्रिन नपाइने,
दलका विद्यार्थी संगठन र ट्रेड युनियन खारेज गर्न नपाइने,
मापदण्डभन्दा बढी मिचिएको फूटपाथ खाली गराउन नपाइने,
शैक्षिक सुधार गर्न नपाइने,
अफिस आवर कडाइका साथ लागू गर्न नपाइने,
भ्रष्टाचार विरुद्ध कडा कदम चाल्न नपाइने,
अवैध संरचना भत्काउन नपाइने,
कानुन उल्लंघन गर्नेलाई कारबाही गर्न नपाइने…!!
अनि देश चाहिँ सिंगापुर जस्तो चाहिने ?!
नियम मान्न नचाहने हामी,
व्यवस्था सुध्रियोस् भन्ने चाहना पनि हामीकै…
यस्तो दोहोरो चरित्रले देश कसरी अघि बढ्छ?
हामीलाई सुधार होइन भने, जंगल नै ठिक छ ! 😷🤔🧐