Kapilvastu Ko Status

Kapilvastu Ko Status This page is about social messages, entertainment fun posts around the country or globe.

गौतम बुद्धका पिता राजा शुद्धोधनले बनाएको जुम्ल्याहा स्तूप नेपालको कपिलवस्तु जिल्लाको तिलौराकोटमा अवस्थित छ जहाँ गौतम बुद...
04/06/2024

गौतम बुद्धका पिता राजा शुद्धोधनले बनाएको जुम्ल्याहा स्तूप नेपालको कपिलवस्तु जिल्लाको तिलौराकोटमा अवस्थित छ जहाँ गौतम बुद्धले २९ वर्ष बिताएका थिए।

23/03/2020

Here is the full Press Release of Government regarding Lock down:

नेपालभर COVID-19 को संक्रमण फैलने सम्भावना देखिएकोले नेपाल सरकारले संक्रामक रोग ऐन. २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सोको रोकथाम र निर्मूल गर्न मिति २०७६ चैत ११ गते बिहान ६ बजे देखि २०७६ चैत १८ गते बिहान ६ बजे सम्म लागू हुने गरी देहाय बमोजिमको आदेश जारी गरेको छः

१.औषधी उपचार, खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने,

२. अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन संचालनमा पूर्ण रोक लगाउने,

३.सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरु बाहेक अन्य सबै आन्तरिक व्यवसायिक उडानहरु बन्द गर्ने,

४. स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दुध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन जस्ता अति आवश्यक सेवा बाहेक अन्य कार्यालय संचालनको लागि आवश्यक पर्ने कर्मचारीहरु
मात्र उपस्थित हुने व्यवस्था गरी अन्य कर्मचारीहरुलाई आवश्यक परेको बखत तत्काल उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले विदा दिने,

५. औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दुध, ईन्धन उत्पादन गर्ने उद्योगहरु बाहेक निजी क्षेत्रबाट संचालित
कलकारखानाहरुमा काम गर्ने श्रमिक, कर्मचारीहरूलाई सम्बन्धित उद्योगले विदा दिने व्यवस्था मिलाउने,

६. व्यवसायीहरुले औषधि र औषधिजन्य सामग्रीहरुको नियमित आपूर्तिको व्यवस्था गर्ने । अभाव देखाइ मुल्य वृद्धि गर्ने वा कालाबजारी, जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानून बमोजिम नियन्त्रणमा लिने, सामग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गर्ने ।

७. संक्रामक रोग ऐन, २०२० को दफा २ को उपदफा (२) बमोजिम जारी यस आदेशको कार्यान्वयन गर्नको लागि आवश्यक व्यवस्था मिलाउन नेपाल राज्यका सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने र सोका लागि स्थानीय प्रशासन ऐन, २०२८ को समेत आवश्यकता अनुसार प्रयोग गर्ने,

८. संक्रामक रोग ऐन, २०२० अन्तर्गत जारी आदेशको अपहेलना गर्ने वा काममा वाधा पुन्याउने व्यक्तिलाई सोहि ऐन बमोजिम सजाय हुने ।

प्रमुख
निर्णयहरुः
१. माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यूको
संयोजकत्वमा गठित कार्यदलबाट प्रस्तुत कोरोना भाइरस (coviD-19) सम्बन्धी क्वारेन्टाइन व्यवस्थापन मापदण्ड २०७६ स्वीकृत गर्ने,

२. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा आजै देखि बलम्बु सशस्त्र प्रहरी बल, नेपालको अस्पतालबाट COVID-19 को रोकथाम, नियन्त्रण र उपचार सम्बन्धी कार्य नेपाली सेनाका चिकित्सकहरुको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र आवश्यकता अनुसार सरकारी, सामुदायिक र निजी क्षेत्रका चिकित्सक, नर्स र
स्वास्थ्यकर्मीहरु परिचालन गरी शुरु गर्ने । यसका लागि रक्षा
मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयले
आवश्यक समन्वय गर्ने ।

23/03/2020

Breaking: Nepal Government has decided to go on complete Lockdown from tomorrow 6 AM for 1 Week. Airlines will be closed. Only vehicles with permission are allowed to run and no one is allowed to go out without any emergency work (i.e medical treatment, buying foods, medicines etc). Permitted people, Security personnel and Medical personnel and their vehicles are allowed to go out. Goods and essential products carrying vehicles are allowed.

प्रदेशहरुमा रहेको अस्पतालको विवरण ।Details of the hospital in the country.For the treatment of corona in Nepal, you shou...
23/03/2020

प्रदेशहरुमा रहेको अस्पतालको विवरण ।

Details of the hospital in the country.
For the treatment of corona in Nepal, you should know the hospitals and also inform others.

02/03/2020

Hello people, for a long time we have not been posting any content on the page and we are sorry for that. But looking a lot of appreciation from you guys lately. So we are looking forward to make the page public where anyone can post but with certain conditions we admin can review your post and make it p***c according to Facebook guidelines.
So wait for few days as we make the page public to everyone.
Thanks for your support and appreciation.

28/05/2018

First post of this page let's start with our National Anthem

Address

Kapilvastu

Website

Alerts

Be the first to know and let us send you an email when Kapilvastu Ko Status posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share