05/02/2022
It's really very interesting to study History. A history that cannot be lied.
नेप्से सुचक र अर्थमन्त्री:
१) 31 अगस्ट 2008 मा नेप्से सुचक 1175 पुग्दा तात्कालीन नेकपा माओबादीका नेता डा. बाबुराम भट्टराई अर्थमन्त्री थिए। तात्कालीन प्रचण्ड नेतृत्वको सरकार हट्ने क्रममा 27 मइ 2009 तिर नेप्से 750 को बिन्दु नजिक रहेको देखिन्छ।
२) 15 जुन 2011 मा नेप्से सुचक 292 को तल्लो बिन्दुमा झर्दै गर्दा अर्थमन्त्रीमा नेकपा एमालेका सुरेन्द्र पाण्डे थिए भने संविधान सभा सदस्य समेत नरहेका ओलीको आडभरोसामा एमालेकै तर्फबाट माधवकुमार नेपाल प्रधानमन्त्री थिए। त्यसपछी लामो समय 350 सम्म पनि पुग्न नसकेको नेप्से 2011 को अगस्टमा बाबुराम भट्टराई प्रधानमन्त्री भएपछीको लामो समय पश्चात् 15 अप्रिल 2012 मा 350 बिन्दु माथी उक्लेको थियो। सम्भवत त्यस समयमा नेकपा माओबादीको तर्फबाट बर्षामान पुन अर्थमन्त्री हुन सक्ने देखिन्छ। शेयर बजारलाई जुवा घर जस्तो बनाउन नहुने भन्ने उनै बाबुराम भट्टराई प्रधानमन्त्री बाट बिदा हुँदै गर्दा 2013 को मार्च महिना भरी नेप्से 500-550 कै बिन्दु वरिपरि रहेको थियो। त्यसपछि लगभ 7 महिनाको लामो समय पश्चात् मात्र 6 अक्टोबर 2013 मा नेप्से 550 बिन्दु भन्दा माथि उक्लन सकेको देखिन्छ।
३) सन् 2016 को जुलाई 27/28 मा नेप्से 1888 सम्म पुग्दा अथमन्त्रीमा बिष्णु पौडेल थिए। (5 नोभेम्बर 2015 मा बिष्णु पौडेल अर्थमन्त्री हुनु अघि नै नेप्से 1100 को बिन्दु भन्दा माथी थियो।)
४) 4 अगस्ट 2016 मा कृष्ण बहादुर महरा अर्थमन्त्री भएपछी केही समय ओर्लेर 1813 बाट 1675 सम्म आएको बजार 6 सेप्टेम्बर 2016 मा 1855 सम्म पुगेको थियो। त्यसपछी भने खरिदको अवसर गुमाएका लगानीकर्तालाई अवसर दिन 13 फेब्रुअरी 2017 मा 1218 सम्म झरेको बजार कृष्ण बहादुर महरा नै अर्थमन्त्री हुँदा 3 अप्रिल 2017 मा 1750 सम्म पुगेको थियो। (कृष्ण बहादुर महरा अर्थमन्त्रीबाट हटेर 7 जुन 2017 मा नेपाली काङ्ग्रेसका ज्ञानेन्द्र बहादुर कार्की अर्थमन्त्री आउँदा भने नेप्से 1650 भन्दा माथी नै थियो।) यसरी कृष्ण बहादुर महरा अर्थमन्त्री रहदा पनि तात्कालिन समयमा सर्बाधिक उचाई छोएको बजारलाई धरमराउन बाट जोगाएरै राखेको देखिन्छ।
५) 2019 को मार्च 5 मा नेप्से 1100 बिन्दु भन्दा तल झर्दा ओलीका सबै भन्दा प्रीय पात्र युवराज खतिवडा अर्थमन्त्रीमा थिए। त्यही बेला हो नेप्सेलाई र शेयर बजारलाई सबै भन्दा अनुत्पादक क्षेत्रको रुपमा व्याख्या भएको थियो। पछि लगानीको सबै बिकल्पहरु बन्द हुन थालेसी भने अर्थमन्त्रीले जतिनै अनुत्पादक भनेनै पनि बजार बढ्न रोक्न नसकेको देखिन्छ।
६) नेकपा माओबादीको तर्फवाट जनार्दन शर्मा 13 जुलाई 2021 मा अर्थमन्त्रीमा नियुक्त भएपछि 2850 भन्दा तल रहेको नेप्से 19 अगस्ट 2021 मा 3227 को सर्बाधिक उचाइमा पुगेको थियो। त्यस क्रममा बजार प्रवेश गर्न छुटेका केही लगानीकर्तालाई अवसर दिन हुन सक्छ बजार पटक- पटक 2500 को बिन्दु भन्दा तल आइसकेको देखिन्छ भने धेरै पटक 2850 भन्दा माथिको बिन्दु पनि परिक्षण गर्दै गरेको अवस्था पनि छ।