18/12/2025
गृहमन्त्री ओम प्रकाश आर्यल ज्युसगं भेट
आज नेपालभरी रहेका जिल्ला प्रहरी कार्यलयहरुका दलित हेल्प डेस्कको प्रभावकारिता , जिल्ला प्रसासन कार्यलयहरुमा समेत दलित हेल्प डेस्क तत्काल स्थापना गर्नुपर्ने , देशैभरमा भैरहेको दलित माथीको घटना, बिभेद, छुवाछुत जस्ता समाजिक कुरुतीलाई कानुनी रुपमै फास्ट ट्र्याक मार्फत कार्य संचालन गर्ने लगाएतका बारेमा आज हामी चमार समुदायहरुको साझा संगठन चमार कल्याण समाज नेपालका केन्द्रिय अध्यक्ष दिनेश चमार ज्यु र हामी सबै नेपालीका आईकन डाक्टर रामजी रामले भेटघाट गर्नुभएको छ । , साथै रुपन्देही , पर्सा र बारा जिल्लाहरुमा दलित माथी भएको बिभेदका घटनाका बारेमा तत्काल अपराधीलाई पक्राउ, पिडितलाई न्याय , प्रहरी संगठनमा दलित प्रहरीहरु माथिको सरुवा, बढुवा , डिउटी आदीमा बिभेद जस्ताका बारेमा गृहमन्त्रीले तत्काल समाधान गर्ने आदेश समेत दिनु भएको छ । गृहमन्त्रालयले एक दुई दिनमै सुचना प्रकासन गरेर दलित डेस्क स्थापना गर्ने समेत मन्त्री ज्युले जानकारी दिनु भयो। भेटका लागि हामीलाई समय दिनुभएकोमा गृह मन्त्री Om Prakash Aryal ज्युलाई हार्दिक धन्यबाद ।