19/02/2026
कांग्रेसको प्रतिज्ञापत्र: सार्वजनिक गरेको प्रतिज्ञापत्र मुख्य बुँदाहरू यस प्रकार छन्:
१. भ्रष्टाचारमुक्त नेपाल: आगामी पाँच वर्षभित्र मुलुकलाई पूर्ण रूपमा भ्रष्टाचारमुक्त बनाउने पहिलो प्राथमिकता।
२. निर्मम कारबाही: भ्रष्टाचारको अनुसन्धानमा नेता वा नाता नहेरी जोसुकैलाई पनि कानुनी कठघरामा उभ्याउने।
३. निर्वाचन प्रणालीमा सुधार: एउटै दलको स्पष्ट बहुमत आउन सक्ने गरी र समावेशितालाई झन् बलियो बनाउने गरी संविधान संशोधन गर्ने।
४. कार्यकालको सीमा: प्रधानमन्त्री र मुख्यमन्त्रीको कार्यकाल बढीमा दुई पटक मात्र हुन पाउने व्यवस्था गर्ने।
५. मन्त्रालय कटौती: केन्द्रमा बढीमा १६ र प्रदेशमा बढीमा ६ वटा मात्र मन्त्रालय रहने गरी संख्या तोक्ने।
६. संवैधानिक र न्यायपरिषद् सुधार: परिषद्हरूको बनोट फेर्न र न्याय सम्पादन निष्पक्ष बनाउन संविधान संशोधन गर्ने।
७. १५ लाख रोजगारी: कृषि, पर्यटन, पूर्वाधार र सूचना प्रविधिका क्षेत्रमा आगामी पाँच वर्षभित्र १५ लाख नयाँ रोजगारी सिर्जना गर्ने।
८. महिला सहभागिता: मन्त्रिपरिषद्मा महिलाको अर्थपूर्ण सहभागिता बढाउन आवश्यक कानुन र संविधान संशोधन गर्ने।
९. अब्बलको नियुक्ति: राजनीतिक तथा संवैधानिक नियुक्तिमा दलीय भागबण्डाको सट्टा योग्यता र क्षमता (अब्बल) का आधारमा छनोट गर्ने।
१०. सम्पत्ति विवरण सार्वजनिक: सार्वजनिक पदमा नियुक्ति लिनुअघि र पद छाडेपछि सम्पत्ति विवरण अनिवार्य सार्वजनिक गर्नुपर्ने व्यवस्था गर्ने।
११. सेवामा क्षतिपूर्ति: नागरिकले पाउने सरकारी सेवा ढिलो भएमा वा सास्ती पाएमा राज्यले क्षतिपूर्ति दिनुपर्ने।
१२. गठबन्धन राजनीति अन्त्य: सत्ता र शक्तिका लागि गरिने चुनावी गठबन्धनलाई त्यागेर कांग्रेस एक्लैले बहुमतको सरकार बनाउने।
१३. डिजिटल स्वतन्त्रता: युवाहरूका कला र सिर्जनालाई बजारसँग जोड्ने र डिजिटल स्वतन्त्रताको ग्यारेन्टी गर्ने।
१४. एनआरएनए अधिकार: 'एक पटकको नेपाली, सधैँको नेपाली' को अवधारणा अनुरूप गैरआवासीय नेपालीका लागि कानुन र संविधान संशोधन गर्ने।
१५. साझा फ्रेमवर्क: निर्वाचनपछि संसद्मा भएका सबै दलहरूसँग सुशासनका लागि साझा कार्ययोजना बनाएर अघि बढ्ने।