Shipka Kura-सीपका कुरा

Shipka Kura-सीपका कुरा A virtual platform of skills and knowledge sharing.

             अन्तर्मनले आफैंलाई नियालेर हेर्दा  #क्षमताका_मसीहरु अझै पनि सुकेका छैनन् भन्ने अनुभूति भएको छ। जीवनमा विगतक...
08/12/2023








अन्तर्मनले आफैंलाई नियालेर हेर्दा #क्षमताका_मसीहरु अझै पनि सुकेका छैनन् भन्ने अनुभूति भएको छ। जीवनमा विगतका करीब २० बर्षे पानाहरु पल्टाउने हो भने थुप्रै संघसंस्थाहरुसंग साइनो गाँसिएको रहेछ। जसमध्ये अपवादका जागिरे जीवन वाहेक अधिकतम समय #सञ्चारकर्म र व्यक्तिको #नेतृत्वसीप_तथा_क्षमता_विकास गराउनमा नै विताएको रहेछु । सायद नियतिको खेल जीवनमा थुप्रै उतारचढाव भोगेको छु। जीवन भोगाइको यो क्रममा आफुलाई कत्तिको परिष्कृत र परिमार्जित गर्न सकें सकिन हिसाव राखेको छैन तर परिस्थितिबाट भागेर किन्चित रुपमा बिचलित भने भएको छैन । वर्तमान समयमा मैले हिडेको बाटो जुन स्वरुपको भएतापनि म प्रति अपेक्षित तपाईंको जीवनलाई भने अबस्य सकरात्मक मार्गदर्शन गर्नेछु। #तपाईं_सबैको_जयहोस।

18/12/2022

Every person can be a entrepreneur if they found an opportunity #

15/12/2022

"बेरोजगारी" बर्तमान समयमा अधिकांश मानिसहरुको साझा समस्या हो । जसले गर्दा मानिसको दैनिक जीवनयापनमा समेत नकरात्मक प्रभाव परिरहेको छ । यदि देशको स्थिति र वाह्य परिवेशलाई विर्सने हो भने वेरोजगार हुनुका मुख्य दुई कारण हुन सक्दछन् ।
१. सीप,क्षमता छ तर अवसर भेटिएको छैन
२. अवसर भेटिन्छ तर उपयुक्त ज्ञान सीपको अभाव छ ।
यी दुइ कारणहरुको पहिचान गरि उपयुक्त निकासको खोजी गरि आमव्यक्तिलाई एक सक्षम स्वउद्यमीको रुपमा विकास गर्नका निमित्त यस 'Shipka Kura -सीपका कुरा' फेसवुक पेजका माध्यमवाट यो अभियानका थालनी गरेका हौं । यस अभियानमा जोडिने तपाइहरु हरेकलाई अपेक्षा बमोजिमको उचित परामर्श सहितको समाधान खोज्नु हाम्रो दायित्व हुनेछ । आउनुहोस् यस अभियानमा एकतावद्ध भई जीवन परिवर्तनको बाटोमा अघि वढौं।

10/12/2022
Please share and gain knowledge to each other and transform your living style.
10/12/2022

Please share and gain knowledge to each other and transform your living style.

10/12/2022

तपाईंलाई यस फेसवुक पेजमा स्वागत छ । वर्तमान परिवेश अधिकांश रुपमा सामाजिक सञ्जाललाई खाली मनोरञ्जन लिने माध्यम मात्र बनाउने, सामाजिक सञ्जालको दुरुपयोग गरि समाजका विकृती विसंगती मात्रै भित्र्याउने परिपाटी देखिएको छ । हामीलाई थाहा छ सामाजिक सञ्जालहरुको सदुपयोग गरियो भने समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ साथै आम मानिसहरुको जीवन शैली समेत परिवर्तन गर्न सकिनेछ । यसै सामाजिक सञ्जालको सदुपयोग गरि हामी बढी भन्दा बढी मानिसहरुको जीवन शैलीमा सकारात्मक परिवर्तन गर्न चाहान्छौं ।
हाम्रो जस्तो विकासोन्मुख मुलुकमा व्याप्त रहेको वेरोजगारीको समस्यालाई न्युनीकरण गर्दै स्वरोजगार वन्न प्रेरित गर्नेछौं ।
यस पेजको मुख्य उदेश्य भनेको विभिन्न विषयमा ज्ञानसीप भएका विज्ञहरु र जो ज्ञान सीप सिकेर र आफुलाई सक्षम, स्वरोजगार , स्वउद्यमी वन्न चाहन्छन् यि दुई पक्षहरुको मिलन गराउने उचित वातावरण सिर्जना गर्नु हो । आउनुहोस् स्वयं रुपाान्तरणको यस अवसरमा हातेमालो गरौं ।
You are welcome to this page. In the current situation more people are misused of the social media . We know that if we use properly , we can positive change in the society. So that we want to change lifestyles of people use through social media. Now a days our country has facing the problems of unemployment. We have to do minimizing the problems and encourag people to make self employed. This page is a knowledge sharing and gaining platforms for people. please join us to transforming yourself.

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Shipka Kura-सीपका कुरा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share