Padam Prasad Dahal

Padam Prasad Dahal Principal/Administrator/ share market/stock analyst/share bazar/Nepse/ Nepal Stock Exchange/Portfolio

03/04/2026

स्वर्गीय जननेता मदन भण्डारी र जीवराज आश्रित हत्याकाण्डको फाइल खुल्ने भएको छ।
२०५० अर्थात् ३३ वर्षअघिको दासढुंगा हत्याकाण्डका दोषी पत्ता लगाई उचित कारबाही होस्।
साथै २०५८ सालको दरबार हत्याकाण्ड पनि न्यायको पालो कुरेर बसेको छ।

03/04/2026

अरुले २१ औं शताब्दिको चरम प्रविधि 'अल्गो' रिदम चलाए ।
तपाँईहरुले मार्क्स, लेनिन , माओको दम्भी बुख्याचो 'खड्गो' रिदम चलाँउनु भयो ।
अनि हुँईदैनत पत्ता साफ ?
'बा' ले धिकिर धिकिर अवस्थामा पुर्याएको सुर्य बादल आएर सिनित्तै छेकेर ग्रहण नै लाग्ला है !
काङ्रेसमा झै पुनर्जागरण अभियान चलाओ साथीहो!
नत्र पुरानो थोत्रो छाताले आगामी स्थानीय निकायको चुनावी झरी टर्दैन ।

ए त्यसो पो !त्यसोभए सबै एमाले एक हौ।एकैठाउँ भए सरकारलाई समाउन सजिलो हुन्छ । लौन !
28/03/2026

ए त्यसो पो !
त्यसोभए सबै एमाले एक हौ।
एकैठाउँ भए सरकारलाई समाउन सजिलो हुन्छ । लौन !

28/03/2026

यदि परिवर्तनका निमित्त कसैले ज्यान नै न्यौछाहर गरेको छ भने विद्वानहरु त्यसलाई सहर्स स्विकारछन्।
“यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत।
अभ्युत्थानम् अधर्मस्य तदात्मानं सृजाम्यहम्॥
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम्।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे॥”
म कोही होइन ।तपाईँ पनि कोही होइन।
त्यसैले पनि यथार्थलाई स्विकार्नु पर्छ ।
समय संगै संसारको परिवर्तन अनिवार्य छ ।
यथास्तितिवाद कुनै पनि क्षेत्र, देशमा सम्भव छैन । प्लेटो , गान्धि , मण्डेला , आइन्स्टाइन , हिट्लर, स्टालिन आदि सबैका युग राम्रो / नराम्रो जे कर्म गरेपनि समाप्त भए । अन्तिममा म पनि समाप्त हो , तपाँईपनि समाप्त हो ।

27/03/2026

अब केवल दुई घण्टा प्रतिक्षा !
है भगवान यो देश बनोस बरु म केहि नबनौं । म त चित्त बुझाउँछु तर यो देश बर्बाद भयो भन्ने कहिलै देख्न नपरोस!
🙏🙏

26/03/2026

किन बेच्या???
बालेनलाई ग्रीन कार्पेटले स्वागत गर्ने ठुला खेलाडीको योजना थाहा नभएकै हो?
आईतबार फेरी बजार हल्ट हुने सम्भावना छ है।

26/03/2026

नेताले मात्रै देश बिगारेका होइनन्।
कसैको पक्षपात गर्दिन भन्दै राजतिलक लाउँदै ड्याम - ड्याम घुस हसुर्ने सरकारी कर्मचारी अजिङ्गरहरुलाई तह लाउँन सके यो देश बन्छ ।
घोक्रे ठ्याक चाहिन्छ केहिलाई त !!
आखीर कुनै न कुनै दलको झोले नै हुन क्यारे !!!

बिल्कुल ठीक !!!!!!! धेरै खान जोगि भएको जोगि भएकै दिन भोकै रह्यो !
26/03/2026

बिल्कुल ठीक !!!!!!!
धेरै खान जोगि भएको जोगि भएकै दिन भोकै रह्यो !

नेपालकै धनी आफु किन बनिन भन्ने प्रश्नको जवाफ यहाँ भेट्नुहुनेछ ।
26/03/2026

नेपालकै धनी आफु किन बनिन भन्ने प्रश्नको जवाफ यहाँ भेट्नुहुनेछ ।

25/03/2026

यहाँ न्यायालयमा दुध पिएर सर्प बसेकाछन्।

प्रत्येक सरकारी कार्यालयमा कहिलै नअघाउँने निर्लज्ज हाकिम भनौदा अजिङ्गर बसेकाछन्।

न्याय नखोज्नुहोस देशमा महोदय !

जनताका निम्ति सेवा होइन गल्लि गल्लिमा साईमुन्द्री जाल थापेकाछन्।
मालपोतमा धनीपुर्जाको जाल ।
कतै राष्ट्रीय परिचय पत्रको नाममा जाल ।
कतै लाईसेन्सको नाममा जाल ।
यहाँ मर्दा पनि सुख छैन हजुर ; मृत्यु दर्तामै जाल !
जन्मिए जन्म दर्ता घुस नखाई नबनाएर छल र जाल ।
औसधीमा जाल, जस्तापातामा जाल, नागरिकतामा जाल ।कात्रो किन्दा पनि 'कर' भन्दै जाल ।
एउटै कोठाबाट हुने कामलाई दस तिर कुदाएर जाल ।
खाने पानीमा जाल , मठ ,मन्दिर ,गुम्बा ,मस्जिदमा नै धार्मिक ठगीको जाल । यहाँ माकुरो पनि फ्लप खान्छ कि उस्को जाल भन्दा पनि बलियो जाल कसले बनायो भनेर !
कतै इन्द्रजाल त कतै साईमुन्द्री जाल !यहाँ छल रुपी जालै जाल । को कहाँ बाट छिर्छ र कता बाट देश लुटेर फरार हुन्छ त्यस्तालाई भने काम नै नगर्ने जाल !
इन्द्रकै जाल इन्द्रजाल!!!

Address

Ghattekulo
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Padam Prasad Dahal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Padam Prasad Dahal:

Shortcuts

Share