Ekchhin

Ekchhin Current news update & social Entertainment

गृह मन्त्रालयले भोलि शनिबार इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल फित्रको सार्वजनिक बिदा दिएको छ।
20/03/2026

गृह मन्त्रालयले भोलि शनिबार इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल फित्रको सार्वजनिक बिदा दिएको छ।

रोयल सिंग्गेबाट स्वणिम वाग्ले, डिपी अर्याल, रबि लामिछाने र बालेनको राजकाज छलफल, स्वणिमले सार्वजनिक गरे तस्बिर ।
20/03/2026

रोयल सिंग्गेबाट स्वणिम वाग्ले, डिपी अर्याल, रबि लामिछाने र बालेनको राजकाज छलफल, स्वणिमले सार्वजनिक गरे तस्बिर ।

20/03/2026

🌦️ मौसम सम्बन्धी जानकारी
📅 चैत्र ६, शुक्रबार बिहान ६ बजे

आज शुक्रबार अपरान्हदेखि नेपालमा पश्चिमबाट वर्षागराउने प्रणाली प्रवेशगर्ने देखिन्छ। यसप्रणालीको प्रभावले 🌧️ दार्चुला, डडेल्धुरा, हुम्लालगायतका उच्चपहाडी तथा हिमालीक्षेत्रमा मध्यमवर्षा तथा हिमपातहुने सम्भावना छ।

त्यसैगरी, 🌩️ बारा र रौतहट क्षेत्रमा स्थानीय मौसमीगतिविधिका कारण साँझतिर केही वर्षा हुनसक्छ। साँझ ढल्दैजाँदा धादिङ, उत्तरीचितवन, तनहुँ र गोरखा आसपासका क्षेत्रमा वर्षा केन्द्रितभई मध्यमवर्षा हुने अनुमान छ।
काठमाडौं उपत्यकामा पनि 🌦️ साँझ हल्कादेखि मध्यमवर्षाको सम्भावना रहेकोछ र राती पनि केहिबेर वर्षा हुनेछ । विशेषगरी 🏔️ मण्डनदेउपुर–नगरकोट क्षेत्रमा केहीबढी वर्षा हुनसक्छ (तर बाढी–पहिरोको जोखिम न्यून छ)।

🌙 राति करिब ११ बजेदेखि शनिबारबिहान ६ बजेसम्म कर्णालीको तल्लो तथा लुम्बिनीको माथिल्लो भू-भागमा ⏳ ४–५ घण्टासम्म वर्षा हुनसक्ने सम्भावना छ।
सुर्खेत, सल्यान र ढोरपाटन आसपासका क्षेत्रमा 🌧️ अपेक्षाकृत बढीवर्षा हुनेहुँदा नदीको सतह केही बढ्नसक्ने र सामान्य भू-क्षय वा सानापहिरो जान सक्ने देखिन्छ।
यसै समयमा कपिलवस्तु र रुपन्देही आसपासक्षेत्रमा पनि ⏱️ २–४ घण्टा भारी वर्षा हुन सक्छ।

🌄 शनिबार बिहानसम्म वर्षा प्रणाली पूर्वतर्फ सर्नेछ, जसले मेची–कोशी क्षेत्रका इलाम, धनकुटा, धरान र माथिल्लो झापा क्षेत्रमा 🌧️ २–४ घण्टा भारी वर्षा गराउन सक्छ।

📊 समग्र अवस्था:
शुक्रबार साँझदेखि शनिबार अपरान्हसम्म पश्चिमबाट पूर्वतर्फ सर्ने यस प्रणालीले देशभर वर्षा गराउनेछ। अधिकांश स्थानमा वर्षा सामान्य रहने भएकाले धेरै आत्तिनुपर्ने अवस्था छैन, तर "सामन्य हावाहुरी"कुनैपनि समय आउनसक्ने भएका ले ⚠️ सावधानी आवश्यक छ।

🔔 सुझावहरू:
🚫 शुक्रबार अपरान्हदेखि शनिबार बिहानसम्म पहाडी राजमार्ग तथा हिमाली क्षेत्रमा पदयात्रा स्थगित गर्नुहोस्।
⚠️ सम्भावित जोखिम क्षेत्रहरूमा विशेष सतर्कता अपनाउनुहोस्।

🙏 सचेत रहौँ, सुरक्षित रहौँ। जय होस्।

Ekpatak Update ✅ भोलि चैत्र ६ गते शुक्रबार र पर्सि ७ गते शनिबार देशका विभिन्न भागमा भारी वर्षा, हिमपात तथा तीव्र हावाहुर...
19/03/2026

Ekpatak Update ✅
भोलि चैत्र ६ गते शुक्रबार र पर्सि ७ गते शनिबार देशका विभिन्न भागमा भारी वर्षा, हिमपात तथा तीव्र हावाहुरीको सम्भावना रहेको पूर्वानुमान छ।
तसर्थ, काम नपरी यात्रामा ननिस्कनु हुन, हावाहुरी चलेका बेला घरको झ्यालढोका राम्रोसँग बन्द गर्नु हुन, आगोका स्रोतहरु बन्द गर्न, सवारी साधन चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्न, भिडभाडमा भए नआत्तिन, भागदौड नगरी विस्तारै सुरक्षित स्थानमा जान प्राधिकरण सबैमा हार्दिक अनुरोध गर्दछ।
हावाहुरी चलेका बेला कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनि नबस्नु हुन, बिजुलीको तार लत्रिएको छ भने नछुनु हुन, सो समयमा विद्युतीय उपकरण नचलाउनु हुन एवं जोखिमयुक्त स्थानमा नबस्नु हुन पनि आग्रह गर्दछौं।

18/03/2026

चैत्र ४ गते बुध बार साँझ ८ बजे !!
आगामी शुक्रबार र शनिबार देशको अहिकांश भूभागमा मध्यमदेखी ठुलोवर्षा हुने जस्तो देखिन्छ । केहि कार्यव्यस्तता र केहिदिनको लागी घरबाहिर भएकोहुँदा राम्ररीहेर्न पाएको छैन । विस्तृत विवरण लिएर भोली (बिहिबार) साँझ उपस्थित हुनेछु । खास गरी शुक्रबार साँझ देखी शनिबार बिहानसम्म पहाडीमार्गमा यात्रा नगर्न, पुर्वाधार निर्माण तथा उच्चहिमाली भूभागमा पदयात्रा स्थगन गर्न सुझाएँ । जय होस । 🙏

17/03/2026

श्रीलंकाले इन्धन बचत गर्न दियो सार्वजनिक बिदा😮
श्रीलंकाले इन्धन बचत गर्न प्रत्येक बुधबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।
अमेरिका-इजरायल र इरान युद्धपछि विश्वभर बढिरहेको इन्धन संकटलाई सामना गर्न श्रींलकले सातामा थप एक दिन सार्वजनिक बिदा दिने भएको हो ।
श्रीलंकामा शनिबार र आइतबार नियमित रुपमा सार्वजनिक बिदा हुन्छ । थप एक दिन बिदा दिए पछि अब सातामा चार दिन मात्रै काम हुनेछ ।
सरकारी कार्यालयहरू लगातार तीन दिन बन्द नहोस् भनेर अतिरिक्त बिदाका लागि शुक्रबारको सट्टा बुधबार रोजिएको हो।

16/03/2026

स्वास्थ्य बीमा सेवालाई प्रविधिमैत्री र सुरक्षित बनाउने उद्देश्यले स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच समझदारी भएको छ। राष्ट्रिय परिचयपत्रमा रहेको विवरण र नम्बरलाई स्वास्थ्य बीमा प्रणालीमा आबद्ध गर्ने गरी दुई निकायबीच समझदारी-पत्रमा हस्ताक्षर भएको हो।

कवि अर्जुन पराजुली अवाच
16/03/2026

कवि अर्जुन पराजुली अवाच

काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १७२ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य १५२ रुपैयाँ पुगेको छ ।  ...
15/03/2026

काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १७२ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य १५२ रुपैयाँ पुगेको छ ।

15/03/2026

पेट्रोलमा प्रतिलिटर १५ र डिजेलमा १० रुपैयाँले मूल्य बढेको छ ।

सरकार बन्न करिब १० दिन लाग्छ ।- रास्वपा
15/03/2026

सरकार बन्न करिब १० दिन लाग्छ ।
- रास्वपा

सरकारले राष्ट्रिय सभाको रिक्त सदस्यमा अहिलेका गृहमन्त्री ओमप्रकाश अर्याललाई मनोनयनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको...
15/03/2026

सरकारले राष्ट्रिय सभाको रिक्त सदस्यमा अहिलेका गृहमन्त्री ओमप्रकाश अर्याललाई मनोनयनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Ekchhin posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ekchhin:

Share