Nepal Update

Nepal Update Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Update, Butwal.

चाखलाग्दो घटना‼️                         एक जनाले झन्डै ५०,००० रुपैयाँको बन्डल बुटवलको बाटोमा भेटेछ । अनि Traffic chowk ...
06/02/2026

चाखलाग्दो घटना‼️

एक जनाले झन्डै ५०,००० रुपैयाँको बन्डल बुटवलको बाटोमा भेटेछ । अनि Traffic chowk को एउटा पसलबाट मोबाइल फोन किनेछ। चार्ज गरेर ON गर्न खोजेछ । हाँस उठ्दो के भने, ON नभए पछि स्क्रिन थिच्न थाल्यो । कस्तो ग्वाँच, काम नगरे पछि पनि स्क्रिनमा झन थिचेको थिचेकै गर्दो रछ... See More.

02/02/2026

साली नदीमा स्नान गर्दै भक्तजनहरु ゚ ゚viralシ ゚viralシ

Heartbroken News : चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको नि’धन भएको छ। बालेन शाहको चुनावी बालेनको...
01/02/2026

Heartbroken News : चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको नि’धन भएको छ। बालेन शाहको चुनावी बालेनको चुनवि अभियानका क्रममा सुदुरपस्चिममा बे’होस भई अस्पतालमा भर्ना भएका सिटौलालाई चिकित्सकले ब्रेन ह्यामरेज भएको पुष्टि गरेका थिए।

प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेकी आशिका तामाङसँग पैसा माग्दै नेपाल कम्युनि...
01/02/2026

प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेकी आशिका तामाङसँग पैसा माग्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को नाम प्रयोग गरी धा'कध'म्की दिइएको छ। सो पार्टीको लेटरहेड प्रयोग गरी ‘आर्थिक विभाग प्रमुख क. कविर’को हस्ताक्षरसहित पत्र पठाएर आर्थिक सहयोग मागिएको हो। पत्रमा पार्टी सञ्चालनका लागि तथा जनमुक्ति सेना परिचालन गर्नुपर्ने भन्दै रकम उपलब्ध गराउन दबाब दिइएको उल्लेख छ।

30/01/2026

जिन्दगीको निर्मम यथार्थ !

माइकल ज्याक्सन १५० वर्ष बाँच्न चाहन्थे।

उनले १२ जना निजी डाक्टर आफ्नै घरमा राखे। ति डाक्टरले‌ दैनिक रूपमा उनको कपालदेखि नङसम्म जाँच गर्थे। उनले खाने खाना खानु अघि ल्याबमा परीक्षण गरिन्थ्यो।

अरू १५ जना उनको दैनिक दिनचर्या सहजीकरणका लागि नियुक्त गरिएको थियो। उनको ओच्छ्यानमा अक्सिजन नियमित गर्ने प्रविधि जडान गरिएको थियो।

शरीरका अङ्गदाताहरू आवश्यक पर्ने बित्तिकै दान गर्न तम्तयार पारिएका थिए। तिनको खानपान हेरविचार आफैंले गर्ने बन्दोबस्त मिलाएका थिए।

उनी १५० वर्ष बाँच्ने प्रकृयामा थिए।

तर अचानक ! २५ जुन, २००९ को दिन ५० वर्षको उमेरमा उनको मुटुले काम गर्न छोड्यो। आफ्ना १२ जनाका अलावा क्यालिफोर्निया र लस एन्जल्सबाट झिकाइएका डाक्टरहरूको अथक प्रयास काम लागेन।

जसले पछिल्लो २५ वर्षसम्म डाक्टरको सल्लाह बिना एक पाइला चालेन। तथापि उनले १५० वर्ष बाँच्ने आफ्नो सपना पुरा गर्न सकेन‌न्।

२५ जुन, २००९, ३:१५ को समयमा उनको देहान्त भएपछि विकिपीडिया, ट्वीटर, ALO's instant messenger ले काम गर्न छोड्यो। गुगलमा एकैपटक ८० लाख मानिसले उनको खोजी गर्यो।

ज्याक्सन मृत्युलाई चुनौती दिन चाहन्थे, तर मृत्युले उनलाई नै चुनौती दियो।

यो जीवनको नियम हो।

सोचौँ त,

हामी कसका लागि बाँचिरहेका छौँ?
कसका लागि कमाइ गरिरहेका छौँ?
के कमाइ गरिरहेका छौँ?

ठूला घर, महङ्गा गाडी, पद प्रतिष्ठा, ठूलाठूला रिसेप्सन पार्टी, अहमता कसलाई इम्प्रेस पार्न जोडिरहेका छौँ?

के पछिल्लो समयमा विवाह पार्टीमा तपाइले खाएको खानाको स्वाद यादसम्म छ?

मानिसहरू किन जनावर जसरी काममा घोटिइरहेका छन्? किन लोभ लालचमा फँसिरहेका छन्?
कति पुस्तालाई कमाइदिनु पर्ने हो?
कति आवश्यक हो? कति चाहत हो?
के हाम्रा सन्ततिले आफै गरेर खान सक्छन् भन्ने विश्वास नभएर आफ्नो हाडखोड घोटीघोटी कमाइदिनु परेको हो? इमान गुमाएर लोभ लालसमा फँस्नु परेको हो?

जसका लागि तपाइ कमाइ गर्दै हुनुहुन्छ, तिनको साथ केही समय गुजार्ने प्रयत्न गर्नु भो? पछिल्लो समय कहिले भेट्नु भो याद छ? भेट उत्साहजनक भयो कि निराशाजनक? कि कुण्ठा पोखेर हिड्नु भो?

अरूको कुरा छाडौँ, तपाइ आफैँ चाहिँ आफ्नो लागि कतिको सन्तुष्ट हुनुहुन्छ?

आफ्नो लागि कति समय छुट्याउनु भयो?

पछिल्लो‌ मनोरन्जन याद छ? आफ्नो केटाकीसँग घुमेको याद छ? प्रार्थनाको लागि मन्दिर गएको याद छ? प्रकृतिसँग नतमस्तक भएको याद छ? खोला छोएको, धर्तीमा नाङ्गो पाइतालाले टेकेर हिँडेको याद छ?

महंगा गाडी, बडाबडा घर, ठूलाठूला पद, बिटाका बिटा पैसा... के यिनै हुन् सफलता, सन्तुष्टि र शान्तिका मापदण्ड?

खुसी कहाँ छ? शान्ति कहाँ मिल्छ?
सोँच्नुहोस्। श्रोत- अज्ञात ! ゚viralシ ゚

सुनको भाउ नेपाली बजारमा प्रतीतोला रु ३,३९,३०० पुगेको छ!
29/01/2026

सुनको भाउ नेपाली बजारमा प्रतीतोला रु ३,३९,३०० पुगेको छ!

फेरि बिवादमा नायक पल शाह😳 अभिनेता पल शाहको एक महोत्सवमा गरिएको प्रस्तुतीको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको...
29/01/2026

फेरि बिवादमा नायक पल शाह😳 अभिनेता पल शाहको एक महोत्सवमा गरिएको प्रस्तुतीको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उक्त भिडियोमा पल शाहले केही साइड डान्सरहरूलाई भुइँमा घुँडा टेकाएर कुर्सी जस्तो बनाएर त्यसमाथि बसेर प्रस्तुती दिएको देखिन्छ। भिडियो सार्वजनिक भएपछि उनको व्यवहारप्रति चर्को आलोचना सुरु भएको छ। कमेन्टमार्फत धेरै दर्शकले यस्तो प्रस्तुती अपाच्य र कलाकारलाई नसुहाउने बताएका छन्। केहीले सम्मानजनक तरिकाले प्रस्तुती दिनुपर्ने सुझाव दिँदै त्यहाँ कुर्सी वा टेबल प्रयोग गर्न सकिने बताएका छन्। यस घटनाले कलाकारको प्रस्तुती शैली र मर्यादाबारे बहससमेत जन्माएको छ।😳🤔😍

दुर्गा प्रसाई भन्नुहुन्छ। पत्रकारले सोध्नुभयो बालेनको क्रेज त धेरै छ त जता गयो त्यतै मान्छे नै मान्छे हुन्छन्।दुर्गा प्र...
29/01/2026

दुर्गा प्रसाई भन्नुहुन्छ।
पत्रकारले सोध्नुभयो बालेनको क्रेज त धेरै छ त जता गयो त्यतै मान्छे नै मान्छे हुन्छन्।
दुर्गा प्रसाईको जवाफ यो नेपालमा कुकुर जोडियो भनेपनि मान्छे हेर्न धेरै आउँछन् 😂
किनभने नेपालमा बेरोजगार धेरै छन् त्यही भएर त्यस्तो जतिहरूको कुरा नगर्नु काम गर्ने मान्छेको कुरा गर्नु। सिंह दरबार जलाउने मान्छेको कुरा नगर्नु ।देश बनाउने मान्छे हो कुरा गर्नु।
तपाईँलाई दुर्गा परसाईको भनाइ कस्तो लाग्यो? कृपया प्रतिक्रिया दिनुहोला

बर्षा राउतको एउटा सहासिलो निर्णय: शरीर बिग्रिने डर कि मानवीय भावना? 🧐🍼नायिका बर्षा राउतले भविष्यमा बच्चा एडप्ट (धर्मपुत्...
28/01/2026

बर्षा राउतको एउटा सहासिलो निर्णय: शरीर बिग्रिने डर कि मानवीय भावना? 🧐🍼
नायिका बर्षा राउतले भविष्यमा बच्चा एडप्ट (धर्मपुत्र/पुत्री ग्रहण) गर्ने इच्छा व्यक्त गरेपछि अहिले सामाजिक सञ्जालमा विभिन्न चर्चा भइरहेका छन्।

के बर्षाले 'फिगर' बिग्रिन्छ भनेर यसो गरेकी हुन् त? बर्षा आफैले यो कुरा स्पष्ट पारेकी छिन्। उनले भनिन्— "यो निर्णय शरीरको बनावट बिग्रिने डरले होइन, बरु सानैदेखिको मेरो एउटा विशेष चाहना हो।"

उनको योजना के छ?

समय र परिस्थिति: आर्थिक र पारिवारिक स्थिति अनुकूल भएपछि मात्र यो कदम चाल्ने।

मानवीय सोच: कुनै असहाय बच्चालाई नयाँ जीवन दिनुलाई उनले प्राथमिकता दिएकी छिन्।

अहिले प्रशंसकहरूले उनको यो सोचको खुलेर तारिफ गरिरहेका छन्, यद्यपि सन्जोग कोइरालाको धारणा भने आउन बाँकी छ।

तपाईंलाई के लाग्छ? 🤔
एउटा कलाकारले सामाजिक उत्तरदायित्व सम्झेर यस्तो निर्णय लिनु कत्तिको सराहनीय छ?

आफ्नो प्रतिक्रिया तल कमेन्ट बक्समा छोड्नुहोला!

Get Well soon 😘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अस्पताल भर्ना भएका छन्।  देब्रे खुट्टामा समस्...
27/01/2026

Get Well soon 😘
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अस्पताल भर्ना भएका छन्। देब्रे खुट्टामा समस्या देखिएपछि उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ। उनको देब्र खुट्टाको छालामा संक्रमण देखिएको थियो। सोही कारण उनी घरमा आराम गरेर बसेका थिए। खुट्टा परिक्षणका क्रममा चिकित्सकले अस्पतालमा भर्ना भएर उपचार गर्न सुझाएपछि उनी भर्ना भएका हुन् । केही दिन अस्पतालमै रहन चिकित्सकले सल्लाह दिएका छन् ।

महान्यायाधिवक्ताको बारेमा जथाभावी भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेको भन्दै युवराज सफललाई काठमाडौं प्रहरीले पक्रा,...
27/01/2026

महान्यायाधिवक्ताको बारेमा जथाभावी भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेको भन्दै युवराज सफललाई काठमाडौं प्रहरीले पक्रा,उ गरेको छ। 😮 ゚

लेखक - भन्छन्  इतिहासले सम्झिने काम गरेको छु !
25/01/2026

लेखक - भन्छन् इतिहासले सम्झिने काम गरेको छु !

Address

Butwal
44600

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share