Simpani online

Simpani online news page
(1)

19/02/2026
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा ले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्। बिहीबार बसेको पार्ट...
25/12/2025

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा ले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्। बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा शर्माले औपचारिक रूपमा यो घोषणा गरेका हुन्।

बैठकमा बोल्दै शर्माले आफू लगातार तीन पटक निर्वाचनमा उम्मेदवार भइसकेकाले यसपटक उम्मेदवार नबनी अन्य साथीहरूलाई अघि सार्ने प्रस्ताव क्षेत्रमै गरेर आएको जानकारी गराए। उनले यसलाई पार्टीभित्र नयाँ नेतृत्व विकास र राजनीतिक संस्कार सुधारको प्रयासको रूपमा व्याख्या गरे।

शर्माले झापामा भएको आफ्नो पछिल्लो गतिविधिबारे उल्लेख गर्दै भने, “हिजो पुस ९ गते झापा पुगेको थिएँ। त्यहाँ क्षेत्रीय भेलामै ‘को उम्मेदवार बन्ने हो, दाबी गरेर अगाडि आउनुस्’ भनेर साथीहरूलाई आग्रह गरेको छु।” उनले एक वर्षअघि, ०८१ पुस २१ गते मेचिनगर–धुलाबारीमा आयोजित कार्यक्रममा पनि ०८४ को निर्वाचनमा आफू उम्मेदवार बन्न इच्छुक नरहेको घोषणा गरिसकेको स्मरण गराए।

झापा–१ बाट सर्वसम्मत सिफारिस भए पनि उनले त्यसका लागि क्षेत्रका नेता–कार्यकर्ताप्रति आभार व्यक्त गर्दै भने, “फेरि पनि सर्वसम्मत सिफारिस गर्नुभएकोमा झापा–१ का आदरणीय साथीहरूलाई धन्यवाद दिन चाहन्छु।”

राजनीतिक संस्कारप्रति टिप्पणी गर्दै शर्माले भने, “आफ्नो पावरले भ्याएसम्म उम्मेदवार बन्ने, जित्दा त कुरै भएन, हार्दा पनि क्षेत्र नछाड्ने, एक क्षेत्रमा हारे अर्को क्षेत्रमा भए पनि उम्मेदवार बन्नैपर्ने, बाँचुन्जेल क्षेत्र ‘कब्जा’ गर्ने सोच र सासले भ्याएसम्म मन्त्री भइरहने प्रवृत्ति हाम्रो राजनीतिमा छ। यो प्रवृत्ति भत्काउन जरुरी छ।”

आगामी निर्वाचनमा आफ्नो भूमिका बारे स्पष्ट पार्दै उनले भने, “गत चुनावमा म आफ्नो क्षेत्रमा सीमित थिएँ। यो पटक भने देशव्यापी रूपमा पार्टीका उम्मेदवारहरूको साथमा पुग्नेछु।” साथै उनले चुनावमा नयाँ अनुहार लिएर जानुपर्नेमा जोड दिँदै युवाहरू र नयाँ नेताहरूलाई बढीभन्दा बढी अवसर दिन आग्रह गरे।

निर्वाचनको समयसारिणीबारे धारणा राख्दै शर्माले फागुन २१ गते निर्वाचन गर्न उपयुक्त वातावरण नबनेको बताए। “चुनाव हुन कि त सरकारले वातावरण बनाउन सक्नुपर्छ, होइन भने सर्वपक्षीय संवाद र छलफल गरेर वैशाखमा निर्वाचन गर्न सरकारलाई सुझाव र साथ दिनुपर्छ,” उनले भने।

संवैधानिक जटिलता समाधानका लागि वैकल्पिक प्रस्तावसमेत राख्दै शर्माले फागुन २१ मै सात प्रदेशका सात क्षेत्रमा आंशिक निर्वाचन गर्न सकिने सुझाव दिए।

आमा छोरी नै दीक्षित ।हेटौंडा–७, किरणचोकका आमाछोरी त्रिभुवन विश्वविद्यालयबाट एकैपटक दीक्षित भएका छन् । शुक्रबार त्रिभुवन ...
25/12/2025

आमा छोरी नै दीक्षित ।

हेटौंडा–७, किरणचोकका आमाछोरी त्रिभुवन विश्वविद्यालयबाट एकैपटक दीक्षित भएका छन् । शुक्रबार त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोहबाट हेटौंडा–७, का सावित्री अधिकारी (आमा) र जेसिका अधिकारी (छोरी) दीक्षित भए । सावित्री हेटौंडा–४, भुटनदेवी माध्यमिक विद्यालयकी शिक्षक समेत हुन् ।

25/12/2025

दुई राप्रपाबीच एकता हुने
______________________________
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकता हुने भएको छ । एकता सम्झौतामा दुवै पार्टीका अध्यक्ष लिङ्देन र थापाले हस्ताक्षर गरेका छन् । एकतापछि लिङ्देन अध्यक्ष र थापालाई पूर्वअध्यक्षको हैसियत दिने सहमति भएको छ । हिजो सम्झौतामा हस्ताक्षर गरेपछि दुवैले एकअर्कासँग अंगालो मारेर खुशी साटासाट गरेका छन् ।

एकता घोषणा यही पुस १६ गते हुनेछ । चारवर्षअघि भएको पार्टी महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि थापाले राप्रपाबाट अलग भएको घोषणा गर्नुभएको थियो ।

रवि लामिछाने र बालेन भित्र छलफलमा, सुदन गुरुङले लगाइदिए गेटमा ताला !
25/12/2025

रवि लामिछाने र बालेन भित्र छलफलमा, सुदन गुरुङले लगाइदिए गेटमा ताला !

Good morning
24/12/2025

Good morning

आजको तस्वीर
23/12/2025

आजको तस्वीर

18/12/2025

एमालेको मत गणना अपडेट (पदाधिकारीमा कसको कति ?)
११३९ भोट गन्दा

केपी शर्मा ओली : ८४३

ईश्वर पोखरेल : २९६

उपाध्यक्ष

अरुण नेपाल : २२३

गुरु प्रसाद बराल : ५८५

गोकर्ण राज विष्ट : ७१३

टकं प्रसाद कार्की : १८६

पर्शुराम मेघि गुरुङ्ग : ३३४

प्रथवि सुव्वा गुरुङ : ९००

भिम प्रसाद आचार्य : १४३

रघु जी पन्त : ६१७

रामबहादुर थापा बादल : ७७४

विन्दा पाण्डे : ४७४

विष्णु प्रसाद पौडेल : ८४६

महासचिव

शंकर पोख्रेल : ६१३

सुरेन्द्र प्रसाद पाण्डे : ५२६

उपमहासचिव

आनन्द प्रसाद पोख्रेल : ३३४

योगेस भट्टराइ : ७०९

रघुविर महासेठ : ६८९

राजेन्द्र प्रसाद गौतम : १४०

लेखराज भट्ट : ७३४

विष्णु प्रसाद रिमाल : ५४०

वैजनाथ चौधरी : २७१

सचिव

अग्नि प्रसाद खरेल :३७७

इन्द्रलाल साप्कोटा : २०९

कर्णबहादुर थापा : ४४४

कृष्ण गोपाल श्रेष्ठ : ३२५

खगराज अधिकारी : ६८०

गोकुल प्रसाद बास्कोटा : ५२८

छविलाल विश्वकर्मा : ७६९

ठाकुर प्रसाद गैरे : ४६२

पद्मा कुमारी अर्याल : ७७८

पुर्सोतम पौडेल : २३०

पेम्वा लामा : २५५

भानुभक्त ढकाल : ५५२

महेश बस्नेत : ७८३

यमलाल कडेल : ६२६

रचना खड्का : ४५९

राजन भट्टराइ : ५८१

लाल बाबु पण्डित : ३९९

विनोद प्रसाद ढकाल : ३५५

शेरधन राई : ७६७

हिक्मत कुमार कार्की : ६७२

Address

Kathmandu
977

Website

Alerts

Be the first to know and let us send you an email when Simpani online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share