30/08/2020
जन्मेदेखिनै हामीलाई मृत्युले पछ्याइनै रहेकाे हुन्छ। मृत्यु कस्तो स्विकार्ने ? जीवन जगतलाई बुझेर, समाज सामाजिक दायित्वप्रति कर्तब्यनिष्ठ बनेर बाँच्नुकाे सार्थकता सिध्द गर्न सक्नु नै जीवन चक्रकाे मूल मर्म हाे ।
बिमला बाडेज्यु एक यस्तै जीवनलाई गतिशील बनाई कर्तव्य बिमुख नबनि स्वाभिमानी महिला उद्यमीकाे रूपमा अबिछिन्न "गणेश ट्रेड लिङ्क, गणेश ईन्टरनेशनल तथा बागबजार छापाखाना" लाई जगतसामु उभ्याउन सफल र प्रत्यक्ष अप्रत्यक्ष सामाजिक कृयाकलामा सारथीकाे भूमिका निर्वाह गर्दै गएकाे हामी माँझ लाेकप्रिक ब्यक्तित्व गए राती सहरा बिहिन बनाई भाैतिकरूपमा साक्षात्यकार गर्न नसकिने गरि यस धरतीमा बिलय हुनु भएकाे छ ।
आज यिनै भावलाई हामी सबैले कर्तव्य पालनाका साथ शाेककाे घडी सामना गर्न बिबस बनाई दिएकाेछ । याे समय र अवस्थालाई शक्तिकाे रूपमा बदल्न सक्नुनै हामी बाँच्नुकाे औचित्य पुष्ट्याउनु हाे भनि हामीले बुझेकाछाैं ।
बिमला बाडेज्युकाे कदमलाई हामी सबै परिवारजनले शिराेधार्य गरि, आत्मालाई चीर शान्तिकाे कामना गर्दछाैं ।❤️
कृष्ण काजी बाडे (तिम्रो प्यारो भाई)
तथा
गणेश ट्रेड लिङ्क
गणेश ईन्टरनेशनल
बागबजार छापाखाना परिवार