Bibhuti RealEstate Nepal

Bibhuti RealEstate Nepal तपाईंको सहजताको लागि हाम्रो अविरल प्?

07/08/2021

घडेरि चाहियो!! घडेरि चाहियो!!!
सुर्यबिनायक देखि काडाघारि अरनिको Highway बाट 1 किमिको दुरिमा तत्काल घर बनाएर बस्न मिल्ने 3.5 देखि 4 आना घडेरि चाहियो। मुल्य प्रति आना 18-20 लाख सम्म ।
सम्पर्क 9863800944

24/07/2021

3 आना बिक्रीमा
बुढानिलकण्ठ देउवा चोकभित्र आकर्षक 3 आना घर बनाएर बस्ने घडेरि बिक्रीमा।
चट्ट चारकुणा मिलेको उत्तर मोहोडा गरेको 12 फिट को बाटो राम्रो View देखिने सम्म परेको घडेरि बिक्रीमा छ।
सम्पर्क
9863800944

23/07/2021

आकर्षक 10 आना बिक्रीमा
बुढानिलकण्ठ देउवा चोक भित्र
12 फिटको बाटो दक्षिन मोहोडा गरेको अति रमणीय ठाँउमा अबस्थित छ। मुल्य प्रति आना 34 लाख .
सम्पर्क
9863800944

15/04/2021

बुढानिलकण्ठ क्षेत्रमा घर बनाएर बस्न योग्य घडेरिहरु उपलब्ध भएको हुँदा सम्पर्क गर्नुहोला ।
4.75 आना आकर्षक घडेरि देउवा निवास नजिक चट्ट मिलेको बत्ति पानि ढल सबै सुबिधा सम्पन्न भएको 20 फिटे बाटोबाट 1 कित्ता भित्र; जग्गाको अगाडि 14 फिटको पिच बाटो भएको; उत्तर मोहोडा गरेको ।पुर्ण रुपमा बस्ति भएको । मुल्य प्रति आना छत्तीस लाख ।
यदि माथि उल्लेख गरिएको घडेरि उपयुक्त भएमा छिटो सम्पर्क गरि Field Visit गर्नुहोला।
NOTE: 6 आना र 8 आनाका टुक्रा घडेरि पनि उपलब्ध छन।

सम्पर्क
9863800944/9808939974
SMS/ VIBER/IMO /WHATSAPP
YOU CAN FEEL FREE TO CALL DURING 8AM - 6PM

06/03/2021

बुढानिलकण्ठ क्षेत्रमा घर/जग्गा बेच्नु परेमा तुरुन्त सम्पर्क गर्नुहोला।
9863800944/9808939974

तपाई घर किन्न खोज्दै हुनुहुन्छ???आउनुहोस अति राम्रो NewBrand घर बिक्रीमा।हातिगौडा EURO KIDS School नजिक 3 तलाको आकर्षक घ...
10/01/2021

तपाई घर किन्न खोज्दै हुनुहुन्छ???

आउनुहोस अति राम्रो NewBrand घर बिक्रीमा।
हातिगौडा EURO KIDS School नजिक 3 तलाको आकर्षक घर बिक्रीमा छ।
बाटो 12 फिटको टुङिएको।
दक्षिन मोहोडा गरेको
3.1 आनामा निर्मित
जम्मा 9 कोठा भएको
GROUND Floor भाडामा लगाएर माथि आफु बस्न मिल्ने Semi Bangalow
पुर्ण रुपमा wood Parqueting गरिएको
मुल्य दुइ करोड 50 लाख
बिहानदेखि बेलुकासम्म घाम लाग्ने Parking भएको।
सम्पर्क
9863800944/9808939974

05/01/2021

बुढानिलकन्ठमा 4 आना बिक्रीमा

बुढानिलकन्ठ देउवा चोक भित्र आकर्षक दक्षिन मोहोडा गरेको 4 आना घडेरि बिक्रीमा छ। 20 फिटको बाटो बाट एक कित्ता भित्र । चारपाटा मिलेको छ मुल्य 37 लाख प्रति आना।
सम्पर्क 9863800944

16/12/2020

आकर्षक टुक्रा घडेरि बिक्रीमा

देउवा चोक भित्र 4 आनाको 1 टुक्रा र 5 आनाका 2 टुक्रा समथर जग्गा 13 फिटको बाटो पश्चिम् दक्षिन मोहोडा 27 लाख प्रति आना बिक्रीमा छ्न।
जसले हेर्छ उस्ले किन्छ त्यति राम्रो छ।
सम्पर्क 9863800944

आकर्षक र सस्तो घडेरि बिक्रीमा3 ropani18 ft roadPrice 2.50 per anna Negotiable 12 km fm kalankichok -switzerland danda ne...
13/12/2020

आकर्षक र सस्तो घडेरि बिक्रीमा
3 ropani
18 ft road
Price 2.50 per anna
Negotiable
12 km fm kalankichok -switzerland danda near Indradaha
Contact number 9841913021

तपाईं बुढानिलकन्ठमा घर किन्न खोज्दै हुनुहुन्छ भने नया डिजाइनको घर बिक्रीमा छ।देउवा चोक भित्र 1 किमिको दुरिमा 6 आना क्षेत...
31/10/2020

तपाईं बुढानिलकन्ठमा घर किन्न खोज्दै हुनुहुन्छ भने नया डिजाइनको घर बिक्रीमा छ।

देउवा चोक भित्र 1 किमिको दुरिमा 6 आना क्षेत्रफलमा नवनिर्मित घर आकर्षक वातावरण मैत्री टायल लगाएर बनाइएको छ। यो टायलको बिशेषता भनेको प्राकृतिक वातानुकुलित हुने क्षमाता राख्दछ।
2 तला
4 शयन कक्ष
1 किचन
1 लिभिङ कक्ष
1 मन्दिर/पुजा कोठा
पश्चिम मोहोडा गरेको 13 फिटको बाटो
2 कार पार्किङ
मुल्य चार करोड 10 लाख

सम्पर्क
बिभुति रियल स्टेट प्रालि
9863800944

29/10/2020

काठमाण्डौका २० भीआईपी एरियाः जहाँ बस्नु ‘स्टाटास सिम्बोल’ मानिन्छ

काठमाडौँ उपत्यकाभित्र कतिपय आवासीय क्षेत्र सरकारले व्यवस्थित प्लानिङ गरेर विकास गरेको छ । कतिपय ठाउँ निजी क्षेत्र (घरजग्गा व्यवयसायी)ले प्लानिङ गरेर आकर्षक आवासीय ठाउँका रूपमा विस्तार गरेका हुन् । केही आवासीय क्षेत्र यस्ता पनि छन्, जहाँ बस्ती बढ्दै गएपछि अव्यवस्थित रूपमै भए पनि आकर्षक आवासीय ठाउँको परिचय बनाउन सफल भए ।

काठमाडौँ, बुढानीलकण्ठ क्षेत्र योजनाबद्ध योजना बनाएर विकास गरेको बस्ती होइन । तैपनि, यो ठाउँ बसोबासका लागि सबैको रोजाइमा पर्न थालेको छ । पूर्वशहरी विकास सचिव एवं आवास विज्ञ किशोर थापा भन्छन्, ‘व्यवस्थित प्लानिङ गरेको ठाउँमा खुला ठाउँ धेरै हुन्छ, चौडा सडक हुन्छ । तर, अव्यवस्थित ठाउँमा व्यक्तिको निजी सम्पत्ति धेरै हुन्छ, खुला ठाउँ अत्यन्तै कम हुन्छ ।’

बुढानीलकण्ठकै कुरा गर्ने हो भने पनि त्यहाँ बसोबास गर्नेहरूले ठूलो क्षेत्रफलमा घर बनाएका छन् । घरभित्रै सम्पूर्ण सुविधा छन् र निजी रूपमै सुविधा उपभोग गर्छन् । त्यहाँ ‘एलिट’ वर्ग बसोबास गर्ने भए पनि खुला ठाउँ धेरै देखिँदैन ।

‘६० सालपछि हाउजिङ र कोलोनी बन्न थाले,’ थापा सुनाउँछन्, ‘कतिपय ठाउँलाई हाउजिङ र अपार्टमेन्टले आकर्षक आवासीय क्षेत्र बनाएका छन् । अहिलेको नयाँ पुस्तालाई मन पर्ने भनेको हाउजिङ र अपार्टमेन्ट भित्रका घर हुन् ।’ व्यवस्थित आवास परियोजनाभित्र घर सानो क्षेत्रफलमा भए पनि खुला ठाउँ धेरै छाडिएको हुन्छ ।

आवास विज्ञ थापाको नजरमा उपत्यका भित्रका आकर्षक आवासीय क्षेत्रहरुः

सैँबु/भैँसेपाटी

सरकारले भैँसेपाटीमा सर्वसाधारणको जग्गा अधिग्रहण गरेर व्यवस्थित बस्ती विकास गरेको थियो । अहिले भैँसेपाटी र सैँबु क्षेत्रमा निकै आकर्षण छ । उपत्यकाकै सबैभन्दा आकर्षक आवासीय क्षेत्र बनेको छ, भैँसेपाटी र सैँबु क्षेत्र । यो ठाउँमा आकर्षण बढ्नुको मुख्य कारण आवास विकास नै थियो ।

भैँसेपाटीमा ठूला नेता, उच्चपदस्थ सरकारी कर्मचारी, व्यापारी बस्न थालेपछि अझ आकर्षण बढ्दै गयो । यहाँको प्लानिङ पनि पञ्चायतकालमा सुरु भएर बहुदल आएपछि सम्पन्न भएको हो । रिङरोडबाट नजिक रहेको र सडक पनि राम्रो भएको हुँदा अहिले पनि सैँबु र भैँसेपाटी पहिलो रोजाइमा पर्छ । यहाँको व्यवस्थित प्लानिङले पूरै क्षेत्रलाई हेर्ने नजर परिवर्तन गरिदियो ।

बुढानीलकण्ठ

पछिल्लो समय चर्चित र आकर्षक आवासीय क्षेत्र बनेको छ, बुढानीलकण्ठ क्षेत्र । यहाँ पनि व्यवस्थित योजना बनाएर बस्ती बसालिएको होइन, तर सबैका लागि आकर्षक आवासीय क्षेत्र बनेको छ । यो क्षेत्रमा नेता र उच्चघराना बस्न थालेपछि बिस्तारै आवासीय क्षेत्र बनेको हो । अहिले यो क्षेत्रमा ठूलठूला नेता, व्यापारी, उच्चपदस्थ कर्मचारी, कूटनीतिक नियोगमा काम गर्ने कर्मचारी बसोबास गर्छन् । यो क्षेत्रमा जुनसुकै आय, वर्ग भएका मान्छे बसोबास गर्छन् । उनीहरूले ठूला सडक र ठूलो क्षेत्रफलमा घर बनाउँदै गए ।

नजिकै शिवपुरी राष्ट्रिय निकुञ्ज र बुढानीलकण्ठ मन्दिर छ । देशकै राम्रोमध्येको बुढानीलकण्ठ स्कुल छ । महाराजगञ्ज चोकबाट बुढानीलकण्ठसम्मको सडक पनि चौडा भयो । नजिकै गंगालाल, न्युरो, टिचिङ, बाल अस्पताल सञ्चालनमा छन् । बुढानीलकण्ठ क्षेत्र महँगो र भरिँदै गएपछि बिस्तारै बस्ती टोखातिर फैलिन थालेको छ । नजिकै रहेका मण्डिखाटार र हात्तीगौंडा पनि आकर्षण बसोबास क्षेत्र बनेका छन् । बुढानीलकण्ठ र टोखाको बीचमा कोरिडोर नै विकास भइसक्यो । यो क्षेत्रमा तीव्र गतिमा बस्ती विकास भइरहेको छ । यहाँ खानेपानीको राम्रो सुविधा छ ।

कुलेश्वर

तत्कालीन सरकारले पञ्चायतकालमा सेवासुविधायुक्त घडेरी बनाएर कर्मचारीलाई बिक्री गरेपछि कुलेश्वर क्षेत्र व्यवस्थित बसोबासको आकर्षण बन्यो । व्यवस्थित बस्ती विकास हुँदै गएपछि व्यापारी, प्राध्यापक, नेता लगायतले पनि यहाँ घडेरी किनेर घर बनाउन थाले । अहिले कुलेश्वरमा बाक्लो बस्ती बसिसकेको छ ।

डल्लु आवास क्षेत्र

यो पनि पञ्चायतकालमै व्यवस्थित योजना बनाएर विकास गरिएको बस्ती हो । पञ्चायती सरकारले व्यवस्थित योजना बनाए पनि निर्माण सम्पन्न भने बहुदल आएपछि मात्र भएको हो । व्यवस्थित अवासीय क्षेत्र भएपछि धेरैको आकर्षण बन्यो, डल्लु आवास क्षेत्र ।

गल्फुटार

यो पनि व्यवस्थित आवास क्षेत्र नै हो तर कुलेश्वरजत्रो होइन । सरकारले यहाँ कर्मचारीलाई मात्र नभएर सर्वसाधारणलाई पनि घडेरी बिक्री गरेको थियो । व्यवस्थित आवास परियोजनाभित्र मान्छेको आकर्षण बढ्दै गएपछि आसपासमा पनि घरघडेरीको माग बढ्न थाल्यो । र, सिंगो गल्फुटार क्षेत्र नै आकर्षक आवासीय क्षेत्र बन्न पुग्यो । त्यहाँ ठूलो सुविधा भएर होइन कि आवास योजनाले बस्ती विकास गरेको हो ।

ज्वागल एरिया

ललितपुरको ज्वागल पनि व्यवस्थित आवासीय क्षेत्र हो । कुनै समय ज्वागलमा निकै आकर्षण थियो । चारतारे हिमालय होटलको उत्तरपट्टि बागमती किनारमा जग्गा अधिग्रहण गरेर व्यवस्थित प्लानिङ गरिएको थियो । २०४७ सालपछि व्यवस्थित आवास क्षेत्र विकास गरिएको यो ठाउँमा मध्मयवर्गीय, पाटन क्याम्पस र पुल्चोक इन्जिनियरिङ कलेजका कर्मचारी र मध्यमखालका व्यापारी बस्छन् । अहिले बस्ती फैलिँदै बागमती किनारसम्म टम्म भरिएको छ ।

बालुवाटार र महाराजगञ्ज

बालुवाटार योजनाबद्ध विकास भएको ठाउँ होइन । तैपनि, यहाँ प्रधानमन्त्री निवास, नेपाल राष्ट्र बैंकको हेडक्वार्टर, नजिकै राजदबार नारायणहिटी, उच्चपदस्थ कर्मचारीको आवास, ठूला हस्पिटल, पुलिस हेडक्वार्टर, विभिन्न देशको दूतावास बसेपछि बालुवाटार र महाराजगञ्ज क्षेत्र आकर्षक आवासीय क्षेत्र बनेको हो । यहाँ स्थानीयबाहेक ठूलो आम्दानी हुने उच्चवर्गका मानिस बस्दै आइरहेका छन् । अहिले यहाँ घडेरी किनेर घर बनाउन थोरै रकमले पुग्दैन । यो क्षेत्रमा विदेशी कूटनीतिक नियोगमा काम गर्ने विदेशी कर्मचारी पनि बसोबास गर्दै आइरहेका छन् । यो क्षेत्रमा व्यवस्थित विकास नगरे पनि धेरै सुविधा उपलब्ध छन् । देशकै शक्ति केन्द्र भएपछि आममानिसलाई पनि बालुवाटार र महाराजगञ्ज क्षेत्रमा पक्कै विकास भइहाल्ने विश्वास सिर्जना भयो र धमाधम बसाई सरेका हुन् ।

विशालनगर

विशालनगर पनि व्यवस्थित बस्ती विकास गरिएको ठाउँ होइन । तैपनि, यहाँ बसोबास गर्न चाहने धेरै हुन्छन् । यो क्षेत्रमा पनि उच्च वर्गको बसोबास छ । दरबारबाट नजिक पथ्र्यो, सुरक्षा अवस्था मजबुत थियो । शहरको केन्द्रबाट नजिक भएकोले पनि विशालनगर आकर्षक आवासीय क्षेत्रमा परिणत भयो ।

नयाँ बजार खुशिबु

केशव स्थापित मेयर हुँदा जग्गा अधिग्रहण गरेर नयाँ बजारमा व्यवस्थित आवास विकास गरेका थिए । यो क्षेत्रलाई आवासीय क्षेत्र भनेर विकास गरे पनि नजिकै ठमेल भएको हुँदा व्यापारिक क्षेत्रमा परिणत भयो । अहिले ठमेलको क्राउड बिस्तारै नयाँ बजारतिर सर्दै गइरहेको छ । ठमेलका व्यवसायी, कर्मचारी र टुरिस्ट गाइड बस्ने ठाउँ पनि नयाँ बजार खुशिबु बनेको छ । पारिपट्टि चमती छ, जहाँ बस्ती बसिसकेको छ । व्यवस्थित प्लानिङकै कारण यो क्षेत्र आकर्षण बनेको हो ।

ताहाचल

ताहाचल क्षेत्र पञ्चायतकालदेखि नै आकर्षक आवासीय क्षेत्र बनेको हो । यो ठाउँमा राजा महेन्द्रका भाइहरू बसोबास गर्न ठूला बंगला बनाइयो । राजपरिवारका नातेदारले पनि यही ठाउँमा घडेरी किनेर घर बनाए । १९६० को दशकमै यहाँ पाँचतारे सोल्टी होटल सञ्चालनमा आयो । ताहाचल क्षेत्रमा व्यवस्थित बस्ती विकास नभए पनि उच्चवर्गका मानिस बस्न थालेपछि आफँैले विकास गरे । राम्रो सडक सुविधा भएको हुनाले पनि ताहाचल क्षेत्रमा आकर्षण बढेको हुन सक्छ ।

सानेपा र झम्सिखेल

सानेपा र झम्सिखेल क्षेत्र उच्चवर्ग बसोबास गर्ने ठाउँ हो । यहाँ विदेशी कूटनीतिक नियोगमा काम गर्ने विदेशी कर्मचारी पनि बसोबास गर्छन् । धनाढ्य परिवारको रोजाइमा पर्ने यो क्षेत्र रिङरोडभित्र सबैभन्दा आकर्षक आवासीय क्षेत्र हो । यहाँको जग्गाको भाउ उचालिएर सानोतिनो आम्दानी हुने वर्गले किन्न नसक्ने भइसकेको छ । अहिले सानेपा र झम्सिखेल क्षेत्र रेस्टुरेन्टको हब बन्दै गइरहेको छ । चौधरी ग्रुपको मुख्यालय यहीँ छ । पुल्चोकमा लबिम मल छ । ठूला र व्यवस्थित अपार्टमेन्ट बनेका छन् । ब्रिटिस स्कुल, आइडल मोडल स्कुल, सेन्टमेरिज स्कुल, सेन्टजेभियर्स स्कुल, डेभ स्कुललगायत उपत्यकाकै राम्रा स्कुल यस ठाउँमा भएकोले पनि यो प्रिमियम आवासीय क्षेत्र बनेको हो ।

इमाडोल

पछिल्लो समय इमाडोलमा पनि आवास बढ्दै गइरहेको छ । इमाडोलमा यातायातको सुविधा र जग्गाको मूल्य पनि तुलनात्मक रूपले सस्तो भएकाले पनि मान्छेको आकर्षण बढेको हो । यो क्षेत्रमा मध्यमवर्ग र निम्नमध्यम वर्गीय परिवारको बसोबास बढी छ । कुनै विकास भएर इमाडोलमा आकर्षण बढेको भने होइन ।

गोठाटार/पेप्सि/काँडाघारी

यो माओवादी द्वन्द्वपछि बसेको बस्ती हो । गाउँबाट लेखेटिएर शहर पसेका मान्छे गोठाटार, पेप्सि र काँडाघारीमा बढी बसेका छन् । पछिल्लो समय सरकारी र निजी कर्मचारी, मध्यम खालका व्यापारीका लागि आकर्षक ठाउँ बनेको छ । पेप्सिकोला टाउन प्लानिङले अझै बस्तीको रूप लिइसकेको छैन, बाटो मात्र बनेको छ । तर, वरिपरि पूरै बस्तीले ढाकिएको छ । यहाँको बस्ती बिस्तारै गोठाटार र मूलपानी क्षेत्रतिर फैलिँदै गइरहेको छ । अहिले काठमाडौँका आवासीय क्षेत्रमा पेप्सि, काँडाघारी र गोठाटार पनि पर्छन् । यो ठाउँमा एयरपोर्टको पछाडि पर्छ । त्यहाँ पुग्न जडीबुटी हुँदै घुमेर जानुपर्छ । अहिले यस ठाउँमा ठूला अपार्टमेन्ट पनि बनिसकेका छन् ।

वनस्थली/रानीवन

रानीवन क्षेत्र इचङ्गु टाउन प्लानिङले गर्दा विकास भएको हो । रिङरोडनजिकै हुँदा यातायातको सहज पहुँच भयो । नजिकै मेडिकल कलेज छ । बसपार्क पनि नजिकै छ । नजिकै घनाजंगल छ, स्वच्छ हावा फेर्न पाइन्छ । काठमाडौँ बाहिरबाट आएका बासिन्दाले भरिएको ठाउँ हुनाले नयाँ बस्ती हो । यो ठाउँमा धेरैजसो कर्मचारी बसोबास गर्छन् । एउटाले घर बनाएपछि अर्कोलाई तान्दै जाँदा बस्ती बढ्दै गयो । यो ठाउँ मध्यम खालका व्यापारीको रोजाइमा पर्छ । काठमाडौँमा पानीको हाहाकार हुँदा पनि यो क्षेत्रमा पानीको सुविधा भइरहन्छ ।

बालकोट (कौशलटार एरियासमेत)

यो ठाउँ ठूला नेता र कर्मचारी बसेकाले आकर्षक आवासीय क्षेत्र बनेको हो । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पहिलेदेखि बालकोट बस्दै आइरहेका छन् । यो ठाउँमा निजी क्षेत्रबाट व्यवस्थित आवास परियोजना विकास भयो । बालकोट, कौशलटार मेनरोडसँग जोडिएको छ । यो ठाउँ सेवासुविधा भएर वा विकासका प्रोजेक्ट बन्न लागेको हुनाले आकर्षण बनेको होइन, नेता र कर्मचारी बसेपछि बाटो पिच भइहाल्छ, पानी र बिजुली पनि पुग्छ भन्ने विश्वास आममानिसमा भएकाले बस्ती बसेको हो । यहाँको विकास भएको पनि धेरै भएको छैन । अहिले कौशलटार, बालकोट हुँदै बस्ती सिरुटारसम्म फैलिएको छ ।

अन्य
भक्तपुरको दुवाकोट, दधीकोट, सानो ठिमी, हात्तीवन, खुमलटार, सुनाकोठी, स्युचाटारलगायत ठाउँमा पनि आकर्षण बढ्दै गइरहेको छ ।

 #आकर्षक_घडेरि_बिक्रीमा।बुढानिलकण्ठ चपलिबाट भित्र पाइलोट डाडा सगै 6 आना 2 टुक्रा गर्न मिल्ने  चारकुना मिलेको घडेरि बिक्र...
11/10/2020

#आकर्षक_घडेरि_बिक्रीमा।

बुढानिलकण्ठ चपलिबाट भित्र पाइलोट डाडा सगै 6 आना 2 टुक्रा गर्न मिल्ने चारकुना मिलेको घडेरि बिक्रीमा छ। ढल को सुबिधा भैसकेको छ। 13 फिटको पिच बाटो । पुरै 6 आना किन्नुपर्ने छ। समथर जगा घर बनाउदा आबश्यक भन्दा बढि पैसा नलाग्ने। मुल्य प्रति आना तिस लाख । कृपया जो किन्ने हो उहाले मात्र कल गर्नुहोला।
#सम्पर्क
9863800944/9808939974
Viber / Imo / Messanger

Address

Budhanilkantha
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Saturday 09:00 - 18:00
Sunday 09:00 - 18:00

Telephone

9779863800944

Website

Alerts

Be the first to know and let us send you an email when Bibhuti RealEstate Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bibhuti RealEstate Nepal:

Share