18/07/2023
धेरै महिनापछि आज अनुष्टुप् छन्दमा गजल पस्किएकी छु । कृपया ! जस्ताकाे त्यस्तै प्रतिक्रिया दिनुहुन अनुराेध गर्छु ।
सबैका नेत्रमा हेरी चन्द्रझैँ चम्चमाउँदै ।
देश नेपाल देख्तै छु किल्लाभित्र रमाउँदै ।।
।१।
जानकी अनि मैत्रेयी सावित्री राधिका पनि ।
चण्डिका बन्न सक्नेछु जाेस ऊर्जा जमाउँदै ।
।२।
वीरकी दुहिता हुँ म भिड्न सक्छु जहाँसुकै ।
लाछी नामर्द भाग्नेछन् हातखुट्टा कमाउँदै ।।
।३।
चाहेमा बन्न सक्नेछु दुर्गाझैँ सिंहवाहिनी ।
विजयाेल्लासमा हाँस्छु पराजय थमाउँदै ।।
।४।
केटाकेटी सबैलाई स्नेहसद्भाव बाँड्छु म ।
पुण्यका कर्म गर्नेछु वृद्धपाउ समाउँदै ।।
।५।
जानेसम्म कतै केही अपकार म गर्दिनँ ।
भए पाप पखाल्नेछु उपकार कमाउँदै ।।
।६।
बिहान लेखिका हुन्छु दिउँसाे बन्न शिक्षिका ।
परीझैँ मजले नाच्छु सन्ध्यामा छम्छमाउँदै ।।
।७।
शुभ सन्ध्या 🙏🙏