रामेछाप खाँडादेबी खवर

रामेछाप खाँडादेबी खवर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from रामेछाप खाँडादेबी खवर, Social Media Agency, Kathmandu.

07/09/2026

यस्तो छाडा र अशिष्ट अभिव्यक्तिका लागि कानुनी छुट छ र? 😡
कम्तीमा निधारको चन्दन र गलाको तुलसीमालाको मर्यादा सम्झेर बोल्नुस्।
सामाजिक सञ्जालमा अशिष्ट, अपाच्य र घृणा फैलाउने अभिव्यक्तिमाथि सम्बन्धित निकायले निष्पक्ष छानबिन र आवश्यक कानुनी कारबाही गरोस्। विद्युतीय कारोबार ऐनको दफा ४७ ले पनि सार्वजनिक शिष्टाचारविरुद्धका तथा अमर्यादित सामग्रीमाथि कारबाहीको व्यवस्था गरेको छ।
सम्झाउनुपर्ने भए छोराछोरीले पनि सम्झाइदिनुहोस्—बोल्ने स्वतन्त्रतासँगै मर्यादाको जिम्मेवारी पनि हुन्छ।

07/09/2026

रामेछापमा लामो समयदेखि चोरी–ठगीमा संलग्न आरोपीहरू पक्राउ परेको खबरले खुसी लागेको छ। 👏
यस कार्यका लागि जिल्ला इन्चार्ज Santu Jaiswar ज्यूलगायत सम्पूर्ण प्रहरी प्रशासनलाई विशेष धन्यवाद। तपाईंहरूको सक्रियता र साहसले जनतामा सुरक्षाको भरोसा बढाएको छ।
अपराधविरुद्ध सबै एकजुट बनौं, शंकास्पद गतिविधि देखे तुरुन्त प्रहरीलाई खबर गरौं।
जनताको सुरक्षा, हाम्रो प्राथमिकता। 🇳🇵

भोटेकोशी बाढीपीडितलाई गालीगलौज गर्दै फेसबुकमा खुसी मनाउँदै भिडियो बनाउने २४ वर्षीय वीरेन्द्र मडैलाई प्रहरीले पक्राउ गरेक...
07/09/2026

भोटेकोशी बाढीपीडितलाई गालीगलौज गर्दै फेसबुकमा खुसी मनाउँदै भिडियो बनाउने २४ वर्षीय वीरेन्द्र मडैलाई प्रहरीले पक्राउ गरेको छ।
पीडितको दुःख र विपत्तिको संवेदनशीलतामाथि मजाक गर्ने यस्ता गतिविधिप्रति कानुनी कारबाही आवश्यक छ। 😔

यो जानकारी सत्ते हो भदने गाउँ घर तिर सबै जना सचेत रहनु होला।
06/09/2026

यो जानकारी सत्ते हो भदने गाउँ घर तिर सबै जना सचेत रहनु होला।

🚨 ठमेलमा युवतीमाथि दुर्व्यवहारको आरोप, शालीन शाह पक्राउकाठमाडौंको ठमेलमा एक युवतीमाथि ‘ब्याड टच’ अर्थात् दुर्व्यवहार गरे...
05/09/2026

🚨 ठमेलमा युवतीमाथि दुर्व्यवहारको आरोप, शालीन शाह पक्राउ
काठमाडौंको ठमेलमा एक युवतीमाथि ‘ब्याड टच’ अर्थात् दुर्व्यवहार गरेको आरोपमा प्रहरीले शालीन शाहलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर भद्रकाली र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालित संयुक्त टोलीले शाहलाई कलंकीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
पीडित युवतीले आफूमाथि दुर्व्यवहार भएको भन्दै घटना सार्वजनिक गरेपछि प्रहरीले घटनामा संलग्न व्यक्तिको खोजी थालेको थियो।
प्रहरीका अनुसार शाहलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ।
⚖️ अनुसन्धान जारी रहेकाले आरोप पुष्टि भएको निष्कर्षमा नपुगौँ। तथ्य र कानुनी प्रक्रियालाई सम्मान गरौँ।
#ठमेल #काठमाडौं #शालीनशाह

05/09/2026

🙏 ११ दिनपछि बेत्रावतीबाट ६४ वर्षीया महिलाको जीवितै उद्धार!
रसुवाको भोटेकोशी नदीमा भीषण बाढी आएको ११ औँ दिनमा नुवाकोटको बेत्रावती बजारस्थित आनन्द श्रेष्ठको घरबाट ६४ वर्षीया चण्डीका श्रेष्ठको उद्धार गरिएको छ।
विदुर–१० निवासी श्रेष्ठलाई सशस्त्र प्रहरी बल, नेपालका इन्स्पेक्टर सुमन विकको कमान्डमा रहेको टोलीले अचेत अवस्थामा उद्धार गरेको हो।
🚁 उद्धारपछि उहाँलाई हेलिकप्टरमार्फत त्रिशूलीस्थित नेपाली सेनाको मैथिली ब्यारेक ल्याइँदैछ। प्रारम्भिक उपचारपछि आवश्यकताअनुसार थप उपचारका लागि काठमाडौं लगिने जनाइएको छ।
११ दिनपछि भएको यो जीवित उद्धारले सबैलाई भावुक बनाएको छ। 🙏❤️

🚨 रसुवामा बाढी गएको ११औँ दिनमा एक चिनियाँ नागरिकको जीवितै उद्धार! 🙏बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली–१ (२१६ मेगावाट...
05/09/2026

🚨 रसुवामा बाढी गएको ११औँ दिनमा एक चिनियाँ नागरिकको जीवितै उद्धार! 🙏
बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली–१ (२१६ मेगावाट) जलविद्युत् आयोजनाको अडिट–४ टनेलबाट एक जना चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ।
नेपाली सेना र दक्षिण कोरियाली डिजास्टर विज्ञ टोलीले केहीबेरअघि उहाँलाई टनेलबाट सुरक्षित रूपमा उद्धार गरेको हो।
उहाँलाई उद्धारपछि नुवाकोटको त्रिशूलीस्थित मैथिली ब्यारेकतर्फ लगिँदैछ।
🙏 बाढी गएको ११औँ दिनमा पनि जीवनको आशा जीवितै रहेछ। उद्धारमा खटिनुभएका सम्पूर्ण टोलीलाई हार्दिक सलाम। 🇳🇵❤️

   #पीडामा_परेका_लाई_सान्त्वना_देऔँ 🙏पीडामा परेको मान्छेलाई गाली होइन, सान्त्वना र सहयोग चाहिन्छ।सबैको आ–आफ्नै दिमाग र स...
05/09/2026

#पीडामा_परेका_लाई_सान्त्वना_देऔँ 🙏
पीडामा परेको मान्छेलाई गाली होइन, सान्त्वना र सहयोग चाहिन्छ।
सबैको आ–आफ्नै दिमाग र सोच हुन्छ। सकिन्छ भने साथ र सान्त्वना देऊ, सकिँदैन भने कम्तीमा चुप लागेर बसौँ। 🙏❤️

🇦🇪 UAE बाट नेपाली चेलीको चित्कार… नेपाल सरकार सुन्दैछ कि छैन? 🇳🇵😭परदेशमा पसिना बगाउन गएकी एक नेपाली चेलीले कम्पनीले झुटो...
04/09/2026

🇦🇪 UAE बाट नेपाली चेलीको चित्कार… नेपाल सरकार सुन्दैछ कि छैन? 🇳🇵😭
परदेशमा पसिना बगाउन गएकी एक नेपाली चेलीले कम्पनीले झुटो मुद्दामा फसाएको, मेनेजरले जेल हालिदिने धम्की दिएको र २० लाखभन्दा बढी रकम मागिएको आरोप लगाएकी छिन्। 😰
न्यायको आशामा दुईपटक नेपाली दूतावास पुग्दा पनि सहयोग नपाएको उनको गुनासो छ। 💔
🇳🇵 सरकार! यो एउटी चेलीको मात्र आवाज होइन, विदेशमा रहेका लाखौँ नेपाली छोरीहरूको प्रश्न हो।
🙏 तत्काल छानबिन गर, पीडितको सुरक्षा र कानुनी सहयोग सुनिश्चित गर, न्याय देऊ!
#नेपालसरकार #न्यायदेऊ

त्रिशूली 3 A को सुरुङबाट एक शव निकालियोरसुवास्थित त्रिशूली 3 A जलविद्युत आयोजनाको सुरुङको सातौं तलाबाट एक पुरुषको शव निक...
04/09/2026

त्रिशूली 3 A को सुरुङबाट एक शव निकालियो

रसुवास्थित त्रिशूली 3 A जलविद्युत आयोजनाको सुरुङको सातौं तलाबाट एक पुरुषको शव निकालिएको छ ।

Address

Kathmandu

Telephone

+9779849667580

Website

Alerts

Be the first to know and let us send you an email when रामेछाप खाँडादेबी खवर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share