Dial Up Media Pvt. Ltd.

Dial Up Media Pvt. Ltd. Please remember us for all kind of advertising!! Our work is to publish advertisement on Newspapers, TV & F.M./ Radios. Mobile : 9851071408, 9802071408

currently dealing with government advertisements.

29/07/2024

पढौँ र मनन गरौँ ।

१. लगातार दुई पटक भन्दा बढि कसैलाई कल नगर्नुहोस्। यदि उनीहरूले तपाईंको कल उठाएनन् भने सोच्नुस् उनीहरू व्यस्त छन् ।

२. तपाईंलाई सापटी दिने व्यक्तिले सम्झाउनु अगाबै उसँग लिएको पैसा फिर्ता गर्नुहोस् वा फिर्ता गर्न समय लाग्ने जानकारी गराउनुहोस् । यसले तपाईंको निष्ठा र चरित्र देखाउँदछ। यो कुरा छाता, कलम र पुस्तक जस्ता वस्तुमा पनि लागू हुन्छ।

३. यदि कसैले तपाईंलाई लन्च वा डिनर खुवाउँदै छ भने कहिल्यै मेनुमा भएको महङ्गो खाना अडर नगर्नुहोस् ।

४. "ओह, त्यसोभए तपाईंको बिहे भएको छैन?" वा "तपाईंका बच्चाहरु छैनन्?" वा "तपाईंले किन घर नबनाउनु भएको?" जस्ता अप्ठ्यारो प्रश्नहरु नसोध्नुहोस् । किनकी यी तपाईंका समस्याका विषय हैनन् ।

५. सधैं तपाईंको पछाडि आउँदै गरेको व्यक्तिको लागि ढोका खोल्नुहोस् । त्यो केटा वा केटी, वरिष्ठ वा कनिष्ठ हुनुले फरक पर्दैन । तपाईं कसैलाई सार्वजनिक रूपमा राम्रो व्यवहार गरेर सानो हुनुहुन्न ।

६. साथीसँग ट्याक्सी चढ्दा पुरै भाडा उहाँले तिर्नुभयो भने अर्को पटक आफूले तिर्ने प्रयास गर्नुहोस् ।

७. फरक-फरक विचार र धारणाहरूको सम्मान गर्नुहोस्। तपाईंले 6 देखेको चिजलाई तपाईंको अगाडि बस्नेले 9 देखिरहेको हुन सक्छ । दोस्रो विचार विकल्पको लागी राम्रो पनि मानिन्छ ।

८. कोही मानिस् बोलिरहेको बेला कहिल्यै बाधा नपुर्‍याउनुहोस् वा हस्तक्षप नगर्नुहोस् । उनीहरूलाई आफ्नो कुरा पूरा गर्न दिनुहोस् । उनीहरूले भनेका सबै कुरा सुन्नुहोस् र फिल्टर गरेर बुझ्नुहोस् ।

९. यदि तपाईं कसैलाई जिस्काउनु हुन्छ र तिनीहरूलाई त्यो कुरा मन पर्दैन भने त्यसलाई रोक्नुहोस् र फेरि कहिल्यै नदोहोर्याउनुहोस् । यसले तपाइँ कत्तिको संवेदनशिल हुनुहुन्छ भन्ने कुरा देखाउँदछ ।

१०. कसैले तपाईंलाई मद्दत गर्दा "धन्यवाद" भन्न नबिर्सिनुहोस् ।

११. सार्वजनिक रूपमा प्रशंसा गर्नुहोस्, अनि कमजोरी सम्बन्धित व्यक्तिलाई नै भन्नुहोस् ।

१२. कसैको तौल, उचाईं र छालाको रङमा टिप्पणी नगर्नुहोस् । त्यो उनीहरूको नितान्त व्यक्तिगत कुरा हो ।

१३. जब कसैले आफ्नो फोनमा तपाईंलाई फोटो देखाउँदछ, बायाँ वा दायाँ स्वाइप नगर्नुहोस् ।

१४. कसैले अस्पताल जानुछ भन्दा के को लागि हो ? भनेर नसोध्नुहोस् । "मलाई आशा छ तपाईं ठीक हुनुहुन्छ" भनेर सुभेक्षा जनाउनुहोस् । उनीहरूलाई आफ्नो व्यक्तिगत स्वास्थ्य अवस्थाको बारे बताउनु पर्ने असजिलो स्थितिमा नराख्नुहोस् । यदि उनीहरू तपाईंलाई बताउन चाहन्छन् भने तपाईंको जिज्ञासा बिना नै बताउनेछन् ।

१५. कार्यालय सहयोगी र हाकिमलाई समान सम्मानको साथ व्यवहार गर्नुहोस्। तपाईंको रुखो र अभद्र व्यबहारले कोही पनि प्रभावित हुँदैनन् । कसैप्रति गरिने राम्रो व्यवहारको लागि तपाईं कहिल्यै पछुताउनु पर्दैन ।

१६. यदि कोही तपाईंसँग प्रत्यक्ष रुपमा कुरा गर्दैछन् भने उहाँलाई सुन्नुहोस् । यस्तो बेला मोबाइलमा घोरिनू असभ्य व्यवहार मानिन्छ ।

१७. तपाईंलाई कसैले नसोधेसम्म सल्लाह नदिनुहोस्।

१८. कसैको उमेर र तलबका बारे नसोध्नुहोस् ।

१९. आफ्नो कामसँग मतलब राख्नुहोस् । आफू सम्बद्ध कुरामा मात्र चासो राख्नुस् । बाँकी कुरामा फाल्तु समय बर्वाद नगर्नुस् ।

२०. राम्रो सन्देश पढेपछि "सन्देशको लागी धन्यवाद" भन्न कोशिस गर्नुहोस्।🙏

Facebook Wall (दुईरिङ्गे कान्छो) बाट साभार….

24/12/2021
नेपालीहरु को महान पर्व बडा दशै २०७८ को सुखद उपलक्ष्यमा स्वदेश तथा बिदेशमा रहनु भएका सम्पुर्ण नेपाली आमा, बुबा , दाजुभाइ ...
10/10/2021

नेपालीहरु को महान पर्व बडा दशै २०७८ को सुखद उपलक्ष्यमा स्वदेश तथा बिदेशमा रहनु भएका सम्पुर्ण नेपाली आमा, बुबा , दाजुभाइ दिदिबहिनीहरुमा सुख ,शान्ति , समृद्धि दिर्घयु एवं उतरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना
व्यक्त गर्दैछौं... 🙏🙏🙏🙏🙏

डायल अप मिडिया परिवार

प्रिय भगवान, आज तपाईंको जन्मदिनको यो दिनमा, तपाईले हामीलाई  दिनुभएको सबै चीजहरूको लागि धन्यवाद दिन चाहन्छु जुन जुन कुराह...
30/08/2021

प्रिय भगवान, आज तपाईंको जन्मदिनको यो दिनमा, तपाईले हामीलाई दिनुभएको सबै चीजहरूको लागि धन्यवाद दिन चाहन्छु जुन जुन कुराहरु मैले आशिष स्वरुप पाएको छु । कृष्ण जन्माष्टमीको हार्दिक शुभकामना ।

डायल अप मिडिया परिवार

तस्बिर: हाम्रो पात्रो

11/05/2021

मातृ देवो भव।

पितृ देवो भव।।

आचर्या देवो भव।।।

"जननी जन्मभुमिश्च स्वर्गादिप गरियसी"

"कुपुत्रो जायेते क्वाचिदिप कुमाता न भवति"

सम्पुर्ण माताहरु प्रती शुभकामना ब्यक्त गर्दा छु।।🙏🙏🙏🙏🙏

डायलअप मिडिया परिवार

Sansar bhar chhariyera Rahanu Bhayeka Sampurna DajuBhai tatha didi baini haruma Naya Barsa 2078 ko Hardik MangalMaya Sub...
13/04/2021

Sansar bhar chhariyera Rahanu Bhayeka Sampurna DajuBhai tatha didi baini haruma Naya Barsa 2078 ko Hardik MangalMaya Subhakamana!

रंगहरु को पर्ब होली को सबैलाई शुभकामना ।।।।💐डायल अप मिडिया परिवार 💐      तीनकुने, काठमाण्डौं ।      Ph.: 01-4111541
28/03/2021

रंगहरु को पर्ब होली को सबैलाई शुभकामना ।।।।

💐डायल अप मिडिया परिवार 💐
तीनकुने, काठमाण्डौं ।
Ph.: 01-4111541

01/01/2021

अंग्रेजी नयाँ बर्ष 2021 को उपलक्ष्यमा यहाँहरु सम्पूर्णमा हार्दिक हार्दिक शुभकामना व्यक्त गर्दछौं 🙏🙏

💐डायल अप मिडिया परिवार 💐
तीनकुने, काठमाण्डौं ।
Ph.: 01-4111541

13/11/2020

काग तिहार को मगलमय शुभकामना।।।।

सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना सहित महानपर्व विजयादशमी (बडा दशैं)–२०७७ को हा...
23/10/2020

सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना सहित महानपर्व विजयादशमी (बडा दशैं)–२०७७ को हार्दिक हार्दिक शुभकामना व्यक्त गर्दछु ।

11/08/2020

श्री कृष्ण जन्माष्टमी को पावन अब्सर मा हार्दिक मङलमय शुभकामना बेकत गर्दछु।
मस्त रहनुस ,
खुशी रहनुस,
आफू नि बच्नुस अरु लाई नि बचानुस।

Address

Subidhangar, Tinkune
Kathmandu

Telephone

+97714111541

Website

Alerts

Be the first to know and let us send you an email when Dial Up Media Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dial Up Media Pvt. Ltd.:

Share