Media-Forum-Nepal

Media-Forum-Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Media-Forum-Nepal, Advertising agency, kathmandu, Kathmandu.

आगामी चुनावमा कसलाई भोट हाल्नुहुन्छ         ゚viralfbreelsfypシ゚viral
04/01/2026

आगामी चुनावमा कसलाई भोट हाल्नुहुन्छ
゚viralfbreelsfypシ゚viral

मतपेटिका लुट्दै । रौतहटको यमुनामाई गाउँपालिका-२ ।
13/05/2022

मतपेटिका लुट्दै । रौतहटको यमुनामाई गाउँपालिका-२ ।

प्रधानमन्त्री को बारे गलत सामाचर् लेख्यो भनेर उज्यालो नेटवर्क अनलाइनका पत्रकार अनिश तामाङ र महा–प्रबन्धक दुर्गालाल तामाङ...
25/04/2021

प्रधानमन्त्री को बारे गलत सामाचर् लेख्यो भनेर उज्यालो नेटवर्क अनलाइनका पत्रकार अनिश तामाङ र महा–प्रबन्धक दुर्गालाल तामाङ ‘प्रभात’लाई प्रहरीले पक्राउ गरेको छ.

भोलिदेखि २० गतेसमम्म बाँके जिल्लाभरि निषेधाज्ञा। अत्यावश्यकबाहेकका सेवा बन्द, हिंड्डुल गर्न पनि नपाइने।
25/04/2021

भोलिदेखि २० गतेसमम्म बाँके जिल्लाभरि निषेधाज्ञा। अत्यावश्यकबाहेकका सेवा बन्द, हिंड्डुल गर्न पनि नपाइने।

11th day of Nishedhagya in Kathmandu Valley and Silent road condition of Kaushaltar area.
31/08/2020

11th day of Nishedhagya in Kathmandu Valley and Silent road condition of Kaushaltar area.

हृदय विरदक तस्बिर 😭 #अछाम को रामारोशन खोला ले  #राती बजार बगाउँदा दर्जनौं को  #मृत्यु ६ जना लास फेला बाकी १९ जना बेपत्ता...
19/08/2020

हृदय विरदक तस्बिर 😭
#अछाम को रामारोशन खोला ले #राती बजार बगाउँदा दर्जनौं को #मृत्यु ६ जना लास फेला बाकी १९ जना बेपत्ताको #खोजि कार्य जारी 😰 मृतक प्रति हार्दिक #श्रद्धाञ्जली (Rip)

#अपडेट को लागि #पेज लाइक गर्नुहोस

कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले चालेका कदम प्रभावकारी : राष्ट्रपति भण्डारीकाठमाडौं, २३ साउन । राष्ट्रपति विद्यादेव...
07/08/2020

कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले चालेका कदम प्रभावकारी : राष्ट्रपति भण्डारी

काठमाडौं, २३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाभाइरस महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदमहरू र यसका लागि अपनाएका उपायहरू प्रभावकारी रहेको स्पष्ट पारेकी छिन् । यद्धपी बन्दाबन्दीको कारण शहरी क्षेत्रमा दैनिक ज्यालादारी गर्ने लगायत निजी क्षेत्रका उद्योग व्यवसायमा काम गर्ने श्रमिकहरूले रोजगारी गुमाउनु परेकोमा भने राष्ट्रपति भण्डारीले चिन्ता व्यक्त गरेकी छिन् ।
शुक्रबार राष्ट्रपति भवनमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालबाट नोबल कोरोनाभाइरस (कोभिड-१९) महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारले हालसम्म गरेका कामका बारेमा जानकारी लिने क्रममा राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।त्यस्तै, हालैका दिनहरूमा संक्रमितहरूको संख्या बढेकोमा राष्ट्रपति भण्डारीले चिन्ता व्यक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले कोरोनाभाइरसको रोकथामका लागि सरकारले जारी गरेका निर्देशन र मापदण्डहरू सबैबाट पालना गरिनुपर्ने कुरामा जोड दिएकी थिईन् ।

स्वास्थ्यकर्मी सङ्क्रमित, सरकारी र निजी अस्पताल बन्दसप्तरी, २३ साउन (रासस) : सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह ...
07/08/2020

स्वास्थ्यकर्मी सङ्क्रमित, सरकारी र निजी अस्पताल बन्द

सप्तरी, २३ साउन (रासस) : सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल र छिन्नमस्ता अस्पताल आजदेखि बन्द भएको छ । गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षका चार जना अहेब र छिन्नमस्ता अस्पतालको शल्यक्रिया कक्षमा कार्यरत सल्यक्रिया सहायकमा आज कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल बन्द भएको हो ।

अस्पताल निसङ्क्रमण गर्नुपरेको र ठूलो सङ्ख्यामा अन्य स्वास्थ्यकर्मीलाई होम क्वारेन्टिनमा राख्नु परेकाले आकस्मिक कक्ष, ‘सर्जरी’ र ‘ओपिडी’ सेवासमेत बन्द गरिएको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रणजितकुमार झाले बताउनुभयो । आकस्मिक कक्षमा तीन जना अहेव यसअघि नै सङ्क्रमित भएर आइसोलेशनमा छन् भने सरसफाइ कर्मचारी र अस्पतालकै पोषण गृहमा कार्यरत नर्स दुई दिनअघि मात्र निको भई घरमा आराम गरिरहेका छन् ।

आकस्मिक कक्षका सात जना अहेब आइसोलेशनमा भएको र शङ्कास्पद तीन चिकित्सकसहित २७ जना स्वास्थ्यकर्मी, कर्मचारी होम क्वारेन्टिनमा बस्नु परेकाले आकस्मिकका साथै ‘सर्जरी’ र ‘ओपिडी’ सेवासमेत बन्द गर्नुपरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर झाले बताउनुभयो । आकस्मिक कक्ष निसङ्क्रमण गर्न पूरा दिन लाग्ने भएकाले आवतजावत बन्द गरी दिनभरि सेवा ठप्प हुने भएको छ ।

सामान्य हुँदै गएका आकस्मिक कक्षमा उपचाररत बिरामीलाई होम क्वारेन्टिनमा बस्न घर पठाइएको र निगरानीमा राख्नुपर्ने सर्पदंश, विष सेवनसहितका पाँच÷छ जना बिरामीलाई बरण्डामा छुट्टै राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । आकस्मिक कक्षमा उपचाररत राजविराज नगरपालिका–६ का ५५ वर्षीया एक बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्यकर्मीको पिसिआर परीक्षण गरिएको थियो । जसमा चार जना अहेबमा आज सङ्क्रमण पुष्टि भएको हो । उनको सम्पर्कमा आएका दुई चिकित्सकसहित १४ जना होम क्वारेन्टिनमा छन् ।

त्यसअघि पिसिआर परीक्षण नगरी एक महिनाअघि मलेशियाबाट आएर घर बसेका रूपनी गाउँपालिका–५ धुरगाउँका ४५ वर्षीय पुरुषको गत मङ्गलबार मृत्यु भएपछि बुधबार गरिएको परीक्षणमा रिपोर्ट पोजिटिभ आएको थियो । उनको उपचारमा संलग्न आकस्मिक कक्षमा कार्यरत शङ्कास्पद स्वास्थ्यकर्मीको स्वाब सङ्कलन गरिएको छ । धरान लैजाँदै गर्दा बाटोमा मृत्यु भएका उनलाई धरान लैजानुअघि गनासिं अस्पतालमा दुईपटक भर्ना गरिएको एक अहेबले जानकारी दिनुभयो । सो क्रममा उपचारमा संलग्न भएका सात जना स्वास्थ्यकर्मी पनि होम क्वारेन्टिन भएको अस्पतालले जनाएको छ ।

सात जना अहेबमा सङ्क्रमण पुष्टि भएपछि र तीन चिकित्सकसहित २७ जना स्वास्थ्यकर्मी, कर्मचारीलाई होम क्वारेन्टिन गर्नु परेपछि अस्पतालका अन्य सेवासमेत प्रभावित भएको छ । राजविराजमै रहेको छिन्नमस्ता अस्पताल (निजी) को ‘अपरेशन थेटर’मा कार्यरत सिरहा नगरपालिका–१७ का ३३ वर्षीय शल्यक्रिया सहायकमासमेत आज कोरोना सङ्क्रमण पुष्टि भएको सो अस्पतालले जनाएको छ । दुई दिनअघिबाटै नयाँ भर्ना लिन बन्द गरेको छिन्नमस्ता अस्पतालमा हाल अस्पतालका एक कैदीसहित शल्यक्रिया र प्लाष्टर गरेका तीन बिरामी उपचाररत छन् । सो अस्पतालका चिकित्सकसहित ७० जना कर्मचारीलाई होम क्वारेन्टिन गरिएकाले अस्पताल पूर्णरूपमा बन्द गरिएको प्रशासन प्रमुख राजेश झाले जानकारी दिनुभयो ।

केही चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी दुवै अस्पतालमा कार्यरत छन् । दुवै अस्पतालका कर्मचारी, स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएपछि अस्पताल बन्द हुँदा उपचार सेवाबाट जिल्लावासी वञ्चित हुनुपरेको छ ।

गनासिं अस्पताल प्रशासनका अनुसार नयाँ बिरामी भर्ना लिन नसकिए पनि भर्ना भएका बिरामीको भने उपचार यथावत रहने छ । “निसङ्क्रमण गरेर आकस्मिक कक्ष सुरक्षित बनाएपछि सेवा सञ्चालन हुनेछ”, अस्पतालका दीपेन्द्र सिंहले भन्नुभयो, “अस्पतालबाट अन्यत्र सङ्क्रमण फैलिन नपाओस् भनेर सावधानी अपनाएको र निसङ्क्रमण नगरुञ्जेल सेवा बन्द गर्नुपरेको हो ।

बालुवाटारमा प्रधानमन्त्री ओली, प्रचण्ड र देउवाबीच दुई घण्टा छलफलसत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका प्र...
15/09/2019

बालुवाटारमा प्रधानमन्त्री ओली, प्रचण्ड र देउवाबीच दुई घण्टा छलफल

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूसँग दुई घण्टा छलफल गरेका छन्। आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा सत्तारूढ दलका अर्का अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पनि उपस्थित थिए।
कांग्रेस सभापति देउवाको आग्रहमा बैठक भएको हो। प्रधानमन्त्रीसँग भएको बैठक बाँके घटना, नागरिकता विधेयकलगायतका विधेयकहरूलगायतमा केन्द्रित रहेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

बाँके सभापति किरण कोइरालाको हात नेकपा कार्यकर्ताको आक्रमणबाट गत बिहीबार भाँचिएको भन्दै कांग्रेसले दोषीमाथि कारबाहीको माग राखेर आइतबार प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदन अवरूद्ध गरेको थियो।

‘बाँके घटना, नागरिकतालगायत विधेयकमा राष्ट्रिय सहमतिअनुसार अघि बढ्न प्रधानमन्त्रीसँग संवाद भयो,’ शर्माले सेतोपाटीसँग भने, ‘बाँके घटनाका दोषीलाई तत्काल कारबाही सुरू गर्न र सहमतिअनुसार नै विधेयक अघि बढाउन हामीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छौं।’प्रधानमन्त्रीसँगको भएको बैठकलाई कांग्रेसले जागरण अभियान अन्तर्गत सामाजिक संवादको कार्यक्रम अनुसार नै गरिएको बताएको छ। ‘गाउँमा पनि हामीले आफ्ना कुरा राखिरहेका छौं। सिंहदरबारलाई पनि झक्झक्याइरहेका छौं,’ शर्माले भने।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिपक्षी दल कांग्रेससँग छलफल गर्ने आफ्नो तयारी रहे पनि आइतबार नै छलफल भएकोमा खुसी व्यक्त गरेका थिए। प्रधानमन्त्रीले सबै विषयहरूमा समन्वय गरी अघि बढ्ने बताएको शर्माले जानकारी दिए।

Address

Kathmandu
Kathmandu
00977

Telephone

9818123633

Website

Alerts

Be the first to know and let us send you an email when Media-Forum-Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share