Super Media Nepal

Super Media Nepal News & Media & Entertainment & Vlogs

17/05/2026

युवा उद्यमशीलताको उदाहरण बन्दै हरिवनमा सञ्चालनमा आयो Rejoice Mobile Hub & Communication

हरिवन, सर्लाही | सुपर मिडिया नेपाल

हरिवन नगरपालिका–११, कैलाशपुरी गेट नजिक Rejoice Mobile Hub & Communication औपचारिक रूपमा सञ्चालनमा आएको छ।

युवा व्यवसायी उमेश बिश्वकर्मा द्वारा सञ्चालनमा ल्याइएको उक्त व्यवसायमार्फत मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, मोबाइल एक्सेसरिज, रिपेयरिङ, रिचार्ज, अनलाइन डकुमेन्टेशन तथा विभिन्न कम्युनिकेशन सेवा स्थानीयस्तरमै उपलब्ध गराइने जनाइएको छ।

स्थानीय नागरिकलाई सहज र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्यसहित सुरु गरिएको यस व्यवसायले युवाहरूलाई आफ्नै ठाउँमा स्वरोजगार तथा उद्यमतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ।

पछिल्लो समय रोजगारी तथा भविष्यको खोजीमा ठूलो संख्यामा युवाहरू विदेश पलायन भइरहेका बेला आफ्नै ठाउँमा बसेर व्यवसाय सुरु गर्नु सकारात्मक र प्रेरणादायी कदमका रूपमा हेरिएको छ।
“स्वदेशमै केही गर्न सकिन्छ” भन्ने सन्देश यस प्रयासले दिएको स्थानीयवासीहरूको भनाइ छ।

उद्घाटनको अवसरमा स्थानीय समाजसेवी, बुद्धिजीवी, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले युवा व्यवसायी उमेश जीलाई सफल व्यवसायिक यात्राको शुभकामना व्यक्त गरेका छन्।

Rejoice Mobile Hub & Communication ले आगामी दिनमा गुणस्तरीय सेवा प्रदान गर्दै स्थानीय समुदायसँग अझ नजिक भएर काम गर्ने विश्वास लिएको जनाएको छ।

10/05/2026

हरिवनमा विद्युत् सर्ट भई पोलमा आगलागी, प्रहरीको सहयोगमा आगो नियन्त्रणको प्रयास

सर्लाहीको हरिवन स्थित NIC Asia Bank नजिक रहेको विद्युत् पोलमा अचानक विद्युत् सर्ट हुँदा आगलागी भएको छ। आगलागीका कारण पोलमा जडान गरिएका विद्युत् तारहरू पूर्ण रूपमा जलेर क्षति पुगेको स्थानीयले बताएका छन्।

घटनापछि स्थानीयवासीमा केही समय त्रासको अवस्था सिर्जना भए पनि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिन सहयोग गरिरहेको छ। आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

विद्युत् सर्टका कारण भएको आगलागीपछि सो क्षेत्रमा केही समय विद्युत् सेवा प्रभावित भएको बताइएको छ। घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

08/05/2026

सर्लाही बागमती मा सुकुम्बासी हक अधिकारको माग गर्दै शुक्रबार दिउँसो निकालिएको र्यालीमा सहभागीहरू लगातार पानी परिरहेको अवस्थामा भिजिभिजी र्यालीमा सहभागी भएका थिए। आन्दोलनमा उत्रिएका सहभागीहरूले विभिन्न नाराबाजी गर्दै आफ्नो हक अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले समस्याको दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। #

28/04/2026
गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामाकाठमाडौं — देशको राजनीतिक वृत्तमा ठूलो हलचल ल्याउँदै गृहमन्त्री सुदन गुरुङले आफ्नो प...
22/04/2026

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

काठमाडौं — देशको राजनीतिक वृत्तमा ठूलो हलचल ल्याउँदै गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्। स्रोतका अनुसार पछिल्लो समय बढ्दो राजनीतिक दबाब र विभिन्न विवादका कारण उनले नैतिक जिम्मेवारी लिँदै पद त्याग गर्ने निर्णय गरेका हुन्।

प्रधानमन्त्रीसमक्ष बुझाइएको राजीनामा पत्रमा सुदन गुरुङले मन्त्रालयको कामलाई सहज बनाउन आफूले पद छोडेको उल्लेख गरेका छन्। यद्यपि, राजीनामाको आधिकारिक कारणबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

राजीनामापछि सरकारभित्र नयाँ गृहमन्त्री चयनको प्रक्रिया सुरु हुने बताइएको छ। यस घटनाले सरकारको स्थायित्व र आगामी रणनीतिमा असर पार्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ।

नेपाल आफ्नै स्याटलाइटतर्फ—दुर्गममा अब इन्टरनेट पुग्नेकाठमाडौँ — बालेन्द्र शाह नेतृत्वको सरकारले नेपालमै आफ्नै स्याटलाइट ...
14/04/2026

नेपाल आफ्नै स्याटलाइटतर्फ—दुर्गममा अब इन्टरनेट पुग्ने

काठमाडौँ — बालेन्द्र शाह नेतृत्वको सरकारले नेपालमै आफ्नै स्याटलाइट स्थापना गरी दुर्गम क्षेत्रमा इन्टरनेट र दूरसञ्चार सेवा पुर्‍याउने योजना सार्वजनिक गरेको छ।

सरकारको लक्ष्य अनुसार, स्याटलाइटमार्फत हिमाली र दुर्गम क्षेत्रमा पनि भरपर्दो ब्रोडब्यान्ड सेवा उपलब्ध गराइनेछ। साथै, ५ वर्षभित्र देशलाई मध्यम आय स्तरमा पुर्‍याउने र आर्थिक वृद्धि ७% बनाउने योजना पनि राखिएको छ।

यस प्रस्तावमा १० वैशाखभित्र सुझाव मागिएको छ भने आगामी बजेटमार्फत कार्यान्वयन गरिने बताइएको छ।

11/04/2026

🛢️ दक्षिण एसियामै महँगो पेट्रोल नेपालमा!

नेपालमा पेट्रोलको मूल्य क्षेत्रमै सबैभन्दा उच्च देखिएको छ। पछिल्लो तथ्यांक अनुसार:

🔺 नेपाल – रु. २१९ (सबैभन्दा महँगो)
🔻 पाकिस्तान – रु. १९४
🔻 श्रीलंका – रु. १८७
🔻 भारत – रु. १५७
🔻 भुटान – रु. १५७
🔻 माल्दिभ्स – रु. १५३
🔻 अफगानिस्तान – रु. १४०
🔻 बंगलादेश – रु. १४०

दक्षिण एसियाका देशहरूमध्ये नेपालमा पेट्रोलको मूल्य सबैभन्दा महँगो हुँदा सर्वसाधारणमा थप आर्थिक भार परेको छ।

७० बाट ७५ वर्ष पुर्‍याएर मात्र वृद्ध भत्ता दिने भन्ने खबर गलत भएको पुष्टि भएको छ।अर्थ मन्त्रालय का अनुसारवृद्ध भत्ता पहि...
04/04/2026

७० बाट ७५ वर्ष पुर्‍याएर मात्र वृद्ध भत्ता दिने भन्ने खबर गलत भएको पुष्टि भएको छ।

अर्थ मन्त्रालय का अनुसार
वृद्ध भत्ता पहिलाकै उमेर ७० वर्षमै पाइनेछ।

सरकारले उमेर बढाएको भन्ने हल्लामा विश्वास नगर्न अनुरोध गरिएको छ।

कलाकार सागर लम्साल ‘बले’ प्रहरी नियन्त्रणमाजबरजस्ती करणी गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ लाई अनुसन्धानका लागि प्रह...
04/04/2026

कलाकार सागर लम्साल ‘बले’ प्रहरी नियन्त्रणमा

जबरजस्ती करणी गरेको आरोपमा कलाकार सागर लम्साल ‘बले’ लाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Source: काठमाडौं प्रहरी प्रवक्ता

03/04/2026

सर्लाही – कबिलासी

परीक्षा केन्द्रबाहिर मोबाइलमै SEE प्रश्नपत्र भेटियो!
एक जना युवक पक्राउ ...

पक्राउ पर्नेमा कविलासी नगरपालिका–५, पचगछिया बस्ने मनोज यादव रहेका सर्लाही प्रहरीले जनाएको छ।
उनको मोबाइलमा अनिवार्य अंग्रेजी विषयको प्रश्नपत्र भेटिएपछि तुरुन्तै पक्राउ गरिएको हो ।

प्रहरीले अहिले प्रश्नपत्र कसरी बाहिर आयो भन्ने विषयमा गम्भीर अनुसन्धान गरिरहेको छ ।

👉🏻याद गरौं: परीक्षा केन्द्र वरपर मोबाइल र भीड निषेध गरिएको छ ।

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Super Media Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Super Media Nepal:

Share