07/06/2026
हाम्रो देशका जनता कति सचेत र बुद्धिमानी छन् भन्ने कुरा अहिलेको राजनीतिक बहसले पनि देखाइरहेको छ। राष्ट्र र राष्ट्रियताको पक्षमा बोल्ने व्यक्ति वा दललाई आलोचना गर्ने प्रवृत्ति बढ्दै गएको जस्तो देखिन्छ।
हाल प्रधानमन्त्री बालेन्द्र शाहज्यूले सीमा सम्बन्धी विषयमा बोल्दै “नेपालले पनि भारतको केही भूमि अतिक्रमण गरेको रहेछ, म प्रधानमन्त्री भएपछि मात्र यो विषयमा जानकारी पाएँ” भन्ने आशय व्यक्त गर्नुभएको छ।
प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिपछि सत्ता पक्षका सांसदहरूले ताली बजाएर समर्थन गरेको विषयले धेरै प्रश्नहरू उठाएको छ। के राष्ट्र र राष्ट्रिय हितभन्दा कुनै व्यक्ति वा पार्टी ठूलो हुन सक्छ?
एकातिर नेपाल राष्ट्रको हित र स्वाधीनताको पक्षमा बोल्ने नेता तथा राजनीतिक शक्तिहरू छन् भने अर्कोतिर प्रधानमन्त्री स्वयंले राष्ट्रहितसँग सम्बन्धित विषयमा दिएको अभिव्यक्तिमाथि बहस भइरहेको छ।
तपाईंको विचारमा नेपालका प्रधानमन्त्री भएर नेपालको हितविपरीत देखिने अभिव्यक्ति दिनु उचित हो कि राष्ट्रको स्वाधीनता, राष्ट्रियता र हितको पक्षमा दृढतापूर्वक उभिनु उचित हो?
आफ्नो धारणा कमेन्टमा व्यक्त गर्नुहोस्।