Routine of Nuwakot Banda

Routine of Nuwakot Banda Social media

08/05/2026
06/05/2026

नुवाकोटमा लागू औषध कारोबारको जालो पर्दाफास, बट्टारबाट दुई मेडिकल व्यवसायी पक्राउ

नुवाकोटको बट्टार क्षेत्रमा लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जना मेडिकल व्यवसायीलाई पक्राउ गरेको छ।
उनीहरूको साथबाट उल्लेख्य मात्रामा लागू औषध समेत बरामद भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ ।

Via: Sujit Bhandari

सूचना सूचना सूचना........के तपाईँलाई छाला  सम्बन्धी समस्या छ.... त्यसो हो भने आउँदो शनिबार ५ गते सम्पूर्णले मौकाको फाइदा...
15/04/2026

सूचना सूचना सूचना........
के तपाईँलाई छाला सम्बन्धी समस्या छ.... त्यसो हो भने आउँदो शनिबार ५ गते सम्पूर्णले मौकाको फाइदा उठाउनुहुन अनुरोध छ।
सम्पर्क व्यक्ति रिकेश राना....9851132231...

नेपालीहरू साबधान रहनु होला😭😭अप्रत्याशित कुनै घटना नघटेमा खाडी क्षेत्रको युद्ध आज राति देखि अझ भयावह रूपमा दोस्रो चरणमा प...
07/04/2026

नेपालीहरू साबधान रहनु होला😭😭
अप्रत्याशित कुनै घटना नघटेमा खाडी क्षेत्रको युद्ध आज राति देखि अझ भयावह रूपमा दोस्रो चरणमा प्रवेश गर्ने सम्भावना देखिएको छ। त्यस क्षेत्रमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइहरूले उच्च सतर्कता अपनाउन हार्दिक अनुरोध गर्दछु।

04/02/2026

स्वास्थ्य बीमाका अनाडी चियागफ..........

दृष्य नं १- बिरामी (नामको) ट्याक्क आफ्नो प्राइभेट गाडीबाट झर्छ, ओपिडीमा जान्छ र भन्छ,"डाक्साब नमस्कार, म फलानो बरिष्ठ। म फलानो नीजि अस्पतालमा नियमित जचाँउछु। त्यहाँ देखाउन मेरो रगत, कोलेस्टेरोल, एमआरआइ गराउनुपर्छ। बीमामा ८० हजार जति बाँकी होला, यहाँ हुनेजति सबै जाँच गराइदिनुस है। यता पैसा लाग्दैन भनेर मात्र आएको"

दृष्य नं २, बिरामी ओपिडीमा। "डाक्टर साब, मेरो बेला बेला टाउको दुखेजस्तो हुन्छ। सब जाँच गराउन आएको।" डाक्टर- "लक्षण माइग्रेनक‍ो छ, एमआरआइ गर्न पर्दैन।औषधी खानुहोला" बिरामी-"कस्तो डाक्टर होला, अन्दाजको भरमा औषधी लेख्ने? मलाइ एमआरआइ गर्नुपर्यो।" त्यसपछि गाउँ शहरका प्रधानमन्त्रीहरुको फोन र धमास। डाक्टर-"लौ आउनुस, भएजति सबै जाँच गर्नुहोस।"

दृष्य ३- बिरामीको आफन्त-"डाक्टर साव, मलाइ ठूलो ठाउँमा जाँच गराउनु पर्यो रिफर गरिदिनुस।" डाक्टर- "तपाइँको रोग अनुसार रिफर गर्नुपर्दैन, यहाँ उपचार हुन्छ।" आफन्त,"उसोभए ग्यारेन्टी दिनुहोस कि मेरो बिरामी यहिँ सन्चो हुन्छ।" डाक्टर-" नमस्ते, रिफर जानुहोस, नो ग्यारेन्टी।"

दृष्य ४- अपरेसनको पैसा कति? नियमित तवरले गर्दा बाह्र हज़ार। बीमाबाट कति? चालीस हज़ार।

दृष्य ५- कतिपय मानिसको मनमा-" ३५०० तिरेको छ, १ लाख बराबर जाँच उपचार नगराम त घाटा हुनेभयो।

दृष्य ६- बिरामी सिरियस छ, बीमामा जँचाउन ल्याएको, उपचारमा खर्च गर्ने पैसा नै छैन। बीमामा लाइन लामो छ, पालो पाउनमा समस्या छ। बल्ल कुरेर पालो आयो, अस्पतालमा बीमा नै क्यान्सिल भएछ। उपचार नै गर्न नसक्ने भयो।

दृष्य छ- वास्तबिक बीमा चाहिने बिरामी बर्ग चाहिँ। डाक्टर-"कहिले बेहोस भएको?" आफन्त," २ दिन भयो।"
डाक्टर,"किन ढिलो गरेको त?"
आफन्त,"के गर्नु सर पैसा नै थिएन।"
डाक्टर,"स्वास्थ्य बीमा थाहा छैन? सरकारले एक लाख सहयोग गर्छ त?"
आफन्त," ३५०० कहाँबाट ल्याउनु डाक्टर साब एकै पटक तिर्न। दिनभर बुढा-बुढीले ईँटा बोक्दा ४सय र ४ सय हुन्छ। खानुपर्यो, कोठाभाडा तिर्नुपर्यो, ३ जना बच्चा छन्।"

समग्रमा भन्दा मेरो नीजि अनुभवमा स्वास्थ्य बीमा नचाहिनेलाइ होल बडी चेकअपको प्रिमियम लक्जरी भएको छ, भने जसलाइ वास्तवमै आवस्यक छ, उनीहरु चाहिँ नक्कली सक्कली बिरामीहरुको भीडमा हराएर सास्ती खेप्न बाध्य छन। बीमालाइ ३५०० मा १ लाखको प्रिमियम होल बडी चेकअपको सुबिधाको रुपमा हेर्ने आँखा रहेसम्म बीमा कहिल्यै सफल हुनेछैन।

के गर्ने त?
१. कर्मचारीहरुको तलबबाट नै दस्तुर कटाएर बीमा अनिवार्य गरिदेउ।
२. आम नागरिकलाइ दुइ भाग लगाउ, गरीबिको रेखामुनि (below poverty line) र अन्य। BPL को प्रिमियम स्थानीय निकायले तिरिदेउ (भ्यु टावर बनाउने बा छोरीको बिहेमा १५ हजार वा मलामी खर्च जस्ता बेतुक कार्यक्रमभन्दा यो प्रभावकारी हुनेछ।)
३. गरिबीको रेखामुनि नपर्ने नागरिकको हकमा बीमा ऐच्छिक गरिदेउ, र प्रिमियम रकम बढाइदेउ।
४. उपचार गर्ने, जाँच गर्ने वा रेफर गर्ने जिम्मा डाक्टरलाइ देउ, बिना दवाव निर्णय गर्ने माहोल बनाउ। प्रोटोकल बनाउ। मन्त्रालयले नै सबै गर्न परेन, चिकित्सकका यत्रा सोसाइटी छन, समन्वय गरे हुन्छ।
५. फर्जी बिलको उपचार राम्रो गर।

खासै रकेट साइन्स छ जस्तो त लाग्दैन क्यारे। नागरिकलाइ सजिलो बनाइदिए चुनावमा टिभीमा बहस गर्नै पर्दैन थियो।

निपाह भाइरस सम्बन्धी प्रेस विज्ञप्ति
02/02/2026

निपाह भाइरस सम्बन्धी प्रेस विज्ञप्ति

Address

Bidur
Nuwakot
44900

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Nuwakot Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share