पंचतत्व - सन्तुलित खबर

  • Home
  • Nepal
  • Patan
  • पंचतत्व - सन्तुलित खबर

पंचतत्व - सन्तुलित खबर पंचतत्व - सन्तुलित खबर

28/08/2026
HIGH ALERT | भोटेकोशीको मुहानतर्फ फेरि ठूलो प्राकृतिक ताल बनेको रिपोर्ट: चिनियाँ सञ्चारमाध्यमका अनुसार छोछेन खोला र पुरे...
27/08/2026

HIGH ALERT | भोटेकोशीको मुहानतर्फ फेरि ठूलो प्राकृतिक ताल बनेको रिपोर्ट: चिनियाँ सञ्चारमाध्यमका अनुसार छोछेन खोला र पुरेपू साङ्पो नदीको दोभान नजिकै ठूलो प्राकृतिक ‘ब्यारियर लेक’ बनेको छ। तस्वीरमा देखाइएको क्षेत्रमा करिब २ किलोमिटर र १.५ किलोमिटरको संरचना देखाइएको छ।😢

27/08/2026

💰🚨 #कर्मचारीको तलबबाट २ देखि १० दिनसम्मको रकम राहत कोषमा जम्मा गरिने

• संघीय कर्मचारीको भदौ महिनाको तलबबाट श्रेणीअनुसार २–१० दिनको रकम कट्टा गरिने।
• 👥 संघीय कर्मचारीबाट मात्रै करिब ३६ करोड रुपैयाँ जम्मा हुने अनुमान।
• प्रदेश, स्थानीय तह तथा सार्वजनिक निकायका कर्मचारीलाई पनि योगदान गर्न आह्वान।
• 🚨 विपद्का बेला आवश्यकताअनुसार सार्वजनिक बिदामा समेत कर्मचारी परिचालन गरिने।
• ❌ अत्यावश्यकबाहेक काज र बिदा स्वीकृत नगर्ने निर्णय।
• 🏗️ बाढीले क्षति पुर्‍याएका सडक, पुल, खानेपानी, विद्युत् र दूरसञ्चार तत्काल सञ्चालनमा ल्याउन निर्देशन।

#रसुवा_बाढी #राहत_कोष #विपद् #सरकार #कर्मचारी #नेपालसमाचार

गोसाइँकुण्ड बाट दुप्चेश्वर हुँदै फर्कदा नि शुल्क खाने बस्नेको ब्यबस्था।यदि तपाईं गाेसाइँकुण्डबाट फर्किने क्रममा हुनुहुन्...
27/08/2026

गोसाइँकुण्ड बाट दुप्चेश्वर हुँदै फर्कदा नि शुल्क खाने बस्नेको ब्यबस्था।
यदि तपाईं गाेसाइँकुण्डबाट फर्किने क्रममा हुनुहुन्छ र बसोबासको समस्यामा हुनुहन्छ भने घ्याङफेदीमा तपाईंका लागि निःशुल्क गाँस बासको व्यवस्था गरिएको छ । साथै, स्वास्थ्य समस्या छ भने औषधि उपचारको समेत व्यवस्था गरिएको छ। तपाईं बाटोमा अलपत्र पर्नुभएको छ वा बिरामी हुनुहुन्छ भने तल दिईएको नम्बरमा सम्पर्क गर्नुहोला रेस्क्युको प्रवन्ध मिलाइने छ । यस कार्यमा दुप्चेश्वर गाउँपालिका वडा नं १, घ्याङफेदी स्थित, घ्याङ्फेदी माध्यमिक विद्यालय, दाेङ्चे टाेल सुधार समिति, तामाङ सामुदायिक हाेमस्टे, घ्याङ्फेदी हाेस्टेल तयारी अवस्थामा राखिएको छ। यहाँ बसोबास र खानपिनको कुनै शुल्क लाग्ने छैन ।
तपाईंको सुबिधाका लागि उपलब्ध सम्पर्क नम्बरहरू;
9840863836(प्रेम)
9863182548(कुमार)
9767562418(हरि)
9841909141(कर्मजीत)
9840844450(सनिता)

Big Breaking 😮: सरकारले बाढीपीडितहरूको राहतका लागि निजामती कर्मचारीको 2 देखि 10 दिनसम्मको तलब कट्टा गरी प्रधानमन्त्री दै...
27/08/2026

Big Breaking 😮: सरकारले बाढीपीडितहरूको राहतका लागि निजामती कर्मचारीको 2 देखि 10 दिनसम्मको तलब कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ।

चिनियाँ सञ्चारमाध्यमको रिपोर्ट अनुसार जोखिम पूर्ण रूपमा अझै टरिसकेको छैन।आज जलस्रोत मन्त्रालयले दिएको जानकारी अनुसार, "न...
27/08/2026

चिनियाँ सञ्चारमाध्यमको रिपोर्ट अनुसार जोखिम पूर्ण रूपमा अझै टरिसकेको छैन।

आज जलस्रोत मन्त्रालयले दिएको जानकारी अनुसार, "नेपालमा चोजियान खोला पुर्पुच्याङ्बु खोलामा मिसिने स्थान नजिकै स्पष्ट रूपमा अवरोधित ताल (बारियर लेक) देखा परेको छ। आज बिहानसम्म उक्त तालमा जम्मा भएको पानीको अनुमानित मात्रा करिब २० लाख घनमिटर पुगेको छ, र हालै यो ताल भरिएको अवस्थामा छ। आगामी ३ दिनभित्र थप करिब ३० लाख घनमिटर पानी तालमा प्रवेश गर्ने अनुमान गरिएको छ, जसले बाँध भत्किने तथा आकस्मिक बाढी आउने जोखिम पनी रहेको छ!

हाल जलस्रोत मन्त्रालयले अवरोधित तालको अवस्थालाई नजिकबाट अनुगमन गरिरहेको छ, साथै सम्भावित आकस्मिक बाढीको गणना तथा विश्लेषण गर्दै आपतकालीन उद्धार कार्यका लागि आवश्यक वैज्ञानिक आधार प्रदान गरिरहेको छ।"

प्रधानमन्त्री बालेन शाह र मन्त्री सुनिल लम्सालले बाढी प्रभावित नुवाकोटको विदुरलगायत आसपासका क्षेत्रको स्थलगत निरीक्षण गर...
27/08/2026

प्रधानमन्त्री बालेन शाह र मन्त्री सुनिल लम्सालले बाढी प्रभावित नुवाकोटको विदुरलगायत आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा प्रधानमन्त्री शाहले प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन तथा बाढीका कारण अवरुद्ध सडक, विद्युत् लगायतका पूर्वाधारहरू यथाशीघ्र सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

Address

Patan

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 06:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Saturday 00:00 - 18:00
Sunday 09:00 - 18:00

Telephone

+9779841505562

Website

Alerts

Be the first to know and let us send you an email when पंचतत्व - सन्तुलित खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to पंचतत्व - सन्तुलित खबर:

Shortcuts

Share