Pokhara Kitchenware Association

Pokhara Kitchenware Association This page is created for sharing important information about our association only.

29/08/2026

श्री सदस्यज्युहरु
पोखरा उधोग वाणिज्य संघको निर्वाचन कार्यतालिका अनुसार उम्मेदवार परिचय कार्यक्रम २०८३-०५-१३ गते दिउसो १:०० बजेबाट संघको सभाहलमा हुने हुँदा उपस्थितिको लागि अनुरोध गर्दछौ । साथै यस संघका सक्रिय सदस्यहरू क्रमश देवेन्द्र प्रजुज्यु कोषाध्यक्ष र भानुभक्त अधिकारीज्यु कार्यसमिति सदस्य पदमा उम्मेदवारको रुपमा प्रस्तुत हुनुभएकोले मतदान गर्न योग्य सदस्यहरूले उहाँहरुलाई आफ्नो अमूल्य मत दिनुहुन साथै आफ्नो नजिकको साथीभाईहरुलाई पनि प्रोत्साहन गर्नुहुन अनुरोध गर्दछौ।
पोखरा भाँडा व्यवसायी संघ परिवार

27/08/2026

विज्ञप्ति

रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोबाट भएको जनधनको क्षति र ठूलो भौतिक विनाशको दुःखद घटनाप्रति पोखरा भाँडा व्यवसायी संघ गहिरो दुःख व्यक्त गर्दछ।

यस विपद् मा परी अमूल्य जीवन गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहनुभएका परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौं। साथै, घाइते तथा विपद् बाट प्रभावित सम्पूर्णमा शीघ्र स्वास्थ्यलाभ तथा सुरक्षित जीवनको कामना गर्दछौं।

विपद्को यस कठिन समयमा पीडित परिवार तथा प्रभावित समुदायलाई आवश्यक राहत, उद्धार र पुनःस्थापनामा सहयोग पुर्‍याउनु हामी सबैको साझा दायित्व हो। त्यसैले पोखरा भाँडा व्यवसायी संघ आफ्ना सम्पूर्ण सदस्य, व्यवसायी, शुभेच्छुक तथा आम नागरिकलाई मानवीय भावनाका साथ सहयोग र सहकार्यका लागि हार्दिक अनुरोध गर्दछ।

यस दुःखद घडीमा पीडितहरूको पीडामा साथ दिँदै आवश्यक सहयोग जुटाउन तथा प्रभावितहरूको जीवनलाई पुनः सामान्य अवस्थामा फर्काउन सबै पक्षबाट सकारात्मक पहल र सहयोग हुने विश्वास व्यक्त गर्दछौं।

पोखरा भाँडा व्यवसायी संघ परिवार

https://youtu.be/F7JHgq_BMWgअधिवेशनको video 📹
27/08/2026

https://youtu.be/F7JHgq_BMWg
अधिवेशनको video 📹

पोखरा भाँडा व्यवसायी , २० वार्षिक साधारण सभा तथा १०औं अधिवेशनद.न...

पोखरा भाँडा व्यवसायी संघका सदस्य श्री देवेन्द्र प्रजुज्यू उद्योग वाणिज्य संघको 36 औँ महाधिवेशनमा कोषाध्यक्ष पदमा उम्मेदव...
24/08/2026

पोखरा भाँडा व्यवसायी संघका सदस्य श्री देवेन्द्र प्रजुज्यू उद्योग वाणिज्य संघको 36 औँ महाधिवेशनमा कोषाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको हुँदा अत्यधिक मतले विजयी गराइदिनु हुन विनम्र अनुरोध गर्दछौं साथै सफलताको शुभकामना दिन चाहन्छौं।

Address

Pokhara
33600

Website

Alerts

Be the first to know and let us send you an email when Pokhara Kitchenware Association posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share