23/06/2022
अनलाइन मार्केटीङ भनेको के हो ?
कुनैपनि कम्पनीको प्रोडक्ट र सर्भिसलाइ अनलाइनको माध्यमबाट जस्तै फेसबुक, युट्युब, इण्टाग्रम, ब्लग, वेबसाइट जस्ता सामाजिक संजालको माध्यमबाट, मार्केटिङ्ग गर्ने, एडभरटाइजिङ्ग गरेन, प्रोमोसन गरेर ति कम्पनीको प्रोडक्ट अथवा सेवालाई विक्री गर्ने तरिका वा प्रोसेसलाई अनलाइन मार्केटीङ भानिन्छ।
अनलाइन मार्केटिङ गर्न के के कुराहरु आवश्यक पर्छ ?
१ सिप : कुनैपनि काम गर्नको लागि हामीलाई सबैभन्दा पहिले काम कसरि गर्ने भन्ने बारेमा ज्ञान हुन जुरुरी छ। त्यसैले तपाइँले अनलाइनबात काम गर्नको लागि सिप सिक्न आवश्यक छ।
२ ल्याप्टप ईन्टरनेट : तपाइले अनलाइनबाट काम गर्दा कुनै अफिस या ठाउमा जान नपर्ने र सबै काम तथा तालिम अनलाइनबाटनै गर्नुपर्नेहुँदा। ल्याप्टप र इन्टरनेट अनिवार्य आवश्यक पर्छ।
३ समय : कुनैपनि काम सुरु गरिसकेपछि समय दिनु अति आवश्यक पर्छचाहे अनलाइन होस् वा अफलाइन, त्यसैले तपैले दैनिक ४ देखि ५ घण्टाको समय अनिवार्य चाहिन्छ।
४ इच्छाशक्ति : विना इच्छाशक्ति कुनैपनि काम गर्न सकिदैन, चाहे व्यावसाय होस् वा, जागिर ! तपाइँ त्यो काम किन गर्न चाहानुहुन्छ भन्ने कुरा माहत्वपुर्ण हुन्छ। जबसम्म तपाई त्यो काम किन गर्ने भन्ने बारेमा थाहा हुदैन तबसम्म काम गर्नसक्नुहुन्न। त्यसैले काम गर्नुको कारण र त्यो कामप्रतिको तपाइको इच्छाशकतिले मात्रै तपाइँ काम गर्न सक्नुहुन्छ।
५ लगानी : हरेक सफल व्यक्तिहरु आफ्नो सफलताको लागि मुल्य चुकाउन तयार हुन्छन। यो क्षेतामा पनि तपाईले केहिन केहि मुल्य आवश्य चुकाउनुपर्ने हुन्छ। जस्तै सिप सिक्नको लागि तालिम फी।