05/09/2020
शेयर मार्केटमा पैसा कसरी डुब्छ ?
एकपटक एकजना व्यक्तिले गाउँलेहरुलाई भन्यो कि उसले रु एक सय मा बाँदर किन्ने छ , यो सुनेर गाउँलेहरु नजिकैको जङ्गल तिर दौडे र त्यहाबाट बाँदर समाती समाती रु 100 मा बेच्न थाले ।
केहिदिन पछि यो सिलसिला कम हुँदै गयो र मान्छेहरुको दिलचस्पि घट्न थाले ,
फेरि त्यो मान्छेले भन्यो कि उसले एक एक बाँदर लाई रु 200 दिन्छु , । यो सुनेर गाउँलेहरु फेरि बाँदर समात्न जङ्गल तिर कुदे ,
तर केही दिन पछि फेरि मामला शान्त भयो ,
त्यसपछी त्यो मान्छेले भने कि अब फेरि समातेर ल्याउदा रु 500 दिनेछु , उसलाई शहर जानू थियो उसले यो काम आफ्नो असिस्टेन्ट लाई सुम्पिएर गयो ।
500 सुनेर गाउँलेहरु जम्मै लोभिए , तर पहिले नै लगभग जम्मै बादर समातिसकिएको थियो । त्यसैले उनिहरुलाई कुनै हात परेन ।
तब त्यो मान्छेको असिस्टेन्टले गाउँलेहरुलाई आएर भन्छ , " तपाइहरु चाहनुहुन्छ भने यो पिन्जरा मा बन्द बादरहरुलाई रु 400 किन्न सक्नुहुन्छ ? जब सर फर्किएर आउने बित्तिकै रु 500 मा बेचिदिनुहोला । "
गाउलेहरुलाई यो प्रस्ताब मन परेछ र जम्मै रु 100 / 200 बेचेको सारा बादरहरु रु 400 मा भटाभट किने ,
दोस्रो दिन न त्यहा कोहि असिस्टेन्ट थियो न कुनै सर । खाली बादर नै बादर ।। 🐒🐒🐒🐒🐒🐒🐒🐒🐒🐒🐒🐒🐒🐒🐒🐒🐒🐒🐒