Sunwal Nagar

Sunwal Nagar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sunwal Nagar, Social Media Agency, Sunwal.

धेरै शास्ति पछि आज सुनवल परासि खण्डको बाटोमा पुनः  बाटो मर्मत साधनहरु देखिएका थिए तर आज बर्षाको कारणले कति दिन पछि सर्ने...
13/08/2026

धेरै शास्ति पछि आज सुनवल परासि खण्डको बाटोमा पुनः बाटो मर्मत साधनहरु देखिएका थिए तर आज बर्षाको कारणले कति दिन पछि सर्ने हो ?

प्रिय छोराआज यो पत्र लेख्दै गर्दा मेरो हात काँपिरहेको छ। आँसुले कागज भिजेको छ। तर लेख्नैपर्छ, किनभने अब तिमीसँग बोल्ने ह...
13/08/2026

प्रिय छोरा

आज यो पत्र लेख्दै गर्दा मेरो हात काँपिरहेको छ। आँसुले कागज भिजेको छ। तर लेख्नैपर्छ, किनभने अब तिमीसँग बोल्ने हिम्मत छैन। तिमी मेरो कुरा सुन्दैनौ। वा सुन्न चाहँदैनौ

तिमीलाई याद छ, छोरो? तिमी ५ वर्षको थियौ। स्कुलको पहिलो दिन। तिमी रोएका थियौ, मेरो सारी समाएर भनेका थियौ — “आमा, म तिमीविना जान्न।” मैले तिमीलाई अँगालो मारेर भनेकी थिएँ “छोरो, डराउनु हुँदैन। आमा सधैँ साथमा छ।”
आज कुन नसाको दलदलमा यति टाढा पुग्यौ, कि तिमीलाई फकाउन मेरा औँलाहरू नै छोटा भए?

हिजो राति के भयो, थाहा छ? तिमी १२ बजे घर आयौ। लडखडाउँदै। आँखा रातो। मुख सुकेको। मैले ढोका खोलें, तिमीलाई सम्हालें। तिमीले मलाई नचिनेको जस्तो गर्यौ। मैले सोधें — “छोरो, खाना खान्छौ?” तिमीले गाली गर्यौ, मलाई, आफ्नै आमालाई गाली गर्यौ। तिम्रो बुबा दौडेर आउनुभयो, तिमीलाई सम्हाल्न खोज्नुभयो, तिमीले धकेल्यौ। उहाँ भुइँमा लड्नुभयो। ७० वर्षको बुढो शरीर भुइँमा पछारिँदा कति दुख्यो होला। त्यसपछि तिमी आफ्नो कोठामा गएर ढोका ठोक्यौ। म बाहिर बसेर रोइरहेँ, सारा रात बुबा पनि रोइरहनुभयो। पहिलो पटक मैले तिम्रो बुबालाई रोएको देखें।

तर सबैभन्दा दुःखको कुरा थाहा छ? आफ्नै बुबालाई लडाएर पनि तिमीलाई याद छैन। तिमी बिहानै घरबाट निस्कियौ। निस्किँदा बाबु मुटु जचाउन जुटाएको पैसा पनि लिएर निस्कियौ।

म तिम्रो कोठामा पसें, छोरो। त्यहाँ मैले के देखें? तिम्रा किताबहरू धुलैले भरिएका। तिम्रो झोला खाली। तिम्रो बिस्तरामुनि — त्यो प्लास्टिकका थैला, भेप, गाँजा, चुरोट, सिरिन्ज, र मैले नचिनेका चीजहरू। मैले त्यो थैला बोकेर जलाउन लागें। जलाउँदा आगोको गन्ध आयो। तर मेरो मुटु त पहिले नै जलेको थियो।

तिमीलाई थाहा छ, म के गर्छु हरेक दिन? बिहान ५ बजे उठ्छु। तिम्रो कोठाको ढोका कान थाप्छु। सुनिरहन्छु — तिमी सास फेरिरहेका छौ कि छैनौ। किनभने धेरै पटक म डराउँछु “आज मेरो छोरो मर्ला कि?” दिनभर तिमी बाहिर हुन्छौ। म फोन गर्छु, तिमी उठाउँदैनौ। म म्यासेज पठाउँछु, तिमी पढ्दैनौ। म गल्ली गल्ली खोज्छु, तिम्रा साथीहरूलाई सोध्छु तिनीहरू मुख फर्काउँछन्, किनभने तिनीहरू पनि त्यही बाटाका यात्री। साँझ ७ बजे पनि तिमी आएनौ भने म ढोकामा बस्छु। पर्खदै काँप्छु। यो के हो, छोरो? यो जिन्दगी हो कि सजाय?

गाउँमा मान्छे के भन्छन् थाहा छ? “त्यो आमाको छोरो गजडी भएछ।” “राम्ररी हेरचाह नगरेकी होली।” म सुन्छु, र चुप लाग्छु। किनभने म के भनूँ तिम्रो स्कुल जाने सपनाको लागि मैले आफ्नो मङ्गलसूत्र बेचें? कि तिमीलाई जुत्ता लिन मैले आफ्नो खुट्टा नाङ्गै राखें? तर आज ती सबै व्यर्थ भए, किनभने तिमीले नाङ्गै खुट्टा होइन, नाङ्गो जिन्दगी बनायौ।

आज बिहान धेरै भयानक कुरा भयो। तिमी सुतिरहेको बेला म तिम्रो कोठामा पसें। तिमीलाई हेरिरहेँ। तिम्रो अनुहार कति पातलो भएको छ। तिम्रो शरीरमा हड्डी मात्र बाँकी। तिम्रो शरीरमा दागहरू थिए सिरिन्जका। म रोइरहेँ, हेरिरहेँ र मेरो मनमा एउटा डर लाग्दो विचार आयो “यदि यो अहिले म¥यो भने… शान्ति मिल्ने थियो?” छोरो, तिमीलाई थाहा छ यो कति भयानक विचार हो? एउटा आमाले आफ्नो सन्तानको मृत्युको बारेमा सोच्नु?

तिमीलाई मेरो अन्तिम बिन्ती छ, छोरो। यदि तिमीले यो पत्र पढ्यौ भने यदि तिम्रो मनमा अझै केही बाँकी छ भने — बाँचा। म तिमीलाई सफल चाहन्न, बस जीवित चाहन्छु। म तिमीलाई इन्जिनियर चाहन्न, बस इन्सान चाहन्छु। म तिमीलाई धनी चाहन्न, बस स्वस्थ चाहन्छु। छोड त्यो बाटो। छोड त्यो साथी। छोड त्यो नसा। म तिमीलाई माफ गर्छु। सबै माफ गर्छु — तिम्रो गाली, तिम्रो हिंसा, तिम्रो झूट, सबै।

आज म यो पत्र लेखेर तिम्रो तकिया मुनि राख्दैछु। सायद तिमीले पढ्छौ, सायद पढ्दैनौ। तर मैले आफ्नो पालो पूरा गरें। अब तिम्रो पालो छ।

रोज जिन्दगी कि मृत्यु। रोज आमा कि नसा। रोज भविष्य कि दलदल। अब तिम्रो छनोट हो - बाँचे कि मरौँ।



उहीँ तिम्रो अभागी आमा🥹

आर्थिक वर्ष २०८३/०८४ को संघीय विशेष अनुदान आयोजना अन्तर्गत “खानेपानी योजना सुनवल–९” कार्यान्वयनका लागि सुनवल नगरपालिका, ...
11/08/2026

आर्थिक वर्ष २०८३/०८४ को संघीय विशेष अनुदान आयोजना अन्तर्गत “खानेपानी योजना सुनवल–९” कार्यान्वयनका लागि सुनवल नगरपालिका, सुनवल खानेपानी उपभोक्ता तथा सरसफाई समिति र वडा नं. ९ कार्यालयबीच त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ।

सम्झौतामा सुनवल नगरपालिकाका तर्फबाट नगर प्रमुख श्री बिमला अर्याल, वडा नं. ९ का तर्फबाट वडा अध्यक्ष तथा सुनवल खानेपानी उपभोक्ता तथा सरसफाई समितिका तर्फबाट अध्यक्षले हस्ताक्षर गर्नुभएको छ।

कुल रु. ९८,००,०००/- (अन्ठानब्बे लाख रुपैयाँ) बजेट रहेको उक्त आयोजनामार्फत खानेपानी पाइप विस्तार, सञ्चालन, मर्मत–सम्भार तथा खानेपानी सेवा वितरणलाई व्यवस्थित, पारदर्शी, दिगो र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
हेलो सुनवल नगरपालिका Hello Sunwal Municipality

साउन सोमबार विशेष श्रीङ्गारिक महाआरति सुनवल ३ नदुवामा रहेको श्री सोमनाथ बाबा मन्दिर प्रांगण बाट ।
10/08/2026

साउन सोमबार विशेष श्रीङ्गारिक महाआरति सुनवल ३ नदुवामा रहेको श्री सोमनाथ बाबा मन्दिर प्रांगण बाट ।

सुनवल न.पा वाड न. २ नयाँबस्ती डाँडा बस्ने बुवा रुपेश श्रेष्ठ र आमा राजकुमारी श्रेष्ठ काे १४ वर्षको छाेरा आयुष (प्रिन्स) ...
04/08/2026

सुनवल न.पा वाड न. २ नयाँबस्ती डाँडा बस्ने बुवा रुपेश श्रेष्ठ र आमा राजकुमारी श्रेष्ठ काे १४ वर्षको छाेरा आयुष (प्रिन्स) श्रेष्ठ हिजाे साँझ ४.३० वजेकाे समयमा खेल्न भनि साईकल लिएर गएकाे र अहिलेसम्म पनि घर नआएकाे हुनाले याे बाबुलाई कहि कतै देख्नुहुने ले घरपरिवार मा सम्पर्क गरिदिनु हुन सबै सबैमा हार्दिक अनुरोध छ

अब सुरुंगमा सरर… नेपालकै पहिलो सुरुंगमार्ग नागढुङ्गा सुरुङमार्ग आजबाट सञ्चालनमा आउने भएको छ।😮
27/07/2026

अब सुरुंगमा सरर… नेपालकै पहिलो सुरुंगमार्ग नागढुङ्गा सुरुङमार्ग आजबाट सञ्चालनमा आउने भएको छ।😮

दुखद खबर 😥सुनवल-१२ भुमहीका व्यवसायी पराजुली फेन्सीका सञ्चालक श्री रतन पराजुलीज्यूका सुपुत्र मदन पराजुलीको  २०  बर्षको उम...
21/07/2026

दुखद खबर 😥
सुनवल-१२ भुमहीका व्यवसायी पराजुली फेन्सीका सञ्चालक श्री रतन पराजुलीज्यूका सुपुत्र मदन पराजुलीको २० बर्षको उमेरमा भएको असामयिक निधनले स्तब्ध बनाएको छ । यस दुःखद घडीमा श्रीहरि भगवान् ले परिवारलाई धैर्य धारण गर्ने शक्ति र गतात्मालाई मुक्ति प्रदान गर्नुहुनेछ भन्ने कामना गर्दै हार्दिक समवेदना प्रकट गर्दछौं 🙏

21/07/2026

I got over 1,000 reactions on my posts last week! Thanks everyone for your support! 🎉

19/07/2026

कस्ले जित्ला त यसपालिको 🏆world cup 2026 ⚽️

अर्जेन्टिना VS स्पेन

Address

Sunwal
00977

Website

Alerts

Be the first to know and let us send you an email when Sunwal Nagar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share