Laika khabar Hd

Laika khabar Hd सेवा नै धर्म हाे

दह बजारमा २६० लिटर अवैध मदिरा नष्टजाजरकोटको भेरी नगरपालिका–७, दह बजारका विभिन्न होटल तथा भट्टी पसलमा प्रहरीले छापा मारेर...
18/09/2026

दह बजारमा २६० लिटर अवैध मदिरा नष्ट

जाजरकोटको भेरी नगरपालिका–७, दह बजारका विभिन्न होटल तथा भट्टी पसलमा प्रहरीले छापा मारेर २६० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ।

कैलाली भन्सार कार्यालयले विभिन्न समयमा जफत गरेका साइकलहरू लामो समयदेखि कार्यालय परिसरमै थन्किँदा सडेर जीर्ण बन्दै गएका छ...
17/09/2026

कैलाली भन्सार कार्यालयले विभिन्न समयमा जफत गरेका साइकलहरू लामो समयदेखि कार्यालय परिसरमै थन्किँदा सडेर जीर्ण बन्दै गएका छन्। संरक्षण तथा व्यवस्थापनको अभावमा प्रयोगयोग्य साइकलसमेत खुला आकाशमुनि बेवारिसे अवस्थामा देखिएका छन्।

राजस्व तिरेर ल्याइएका वा जफत गरिएका सामग्रीको उचित व्यवस्थापन हुन नसक्दा सार्वजनिक सम्पत्तिसमेत खेर गइरहेको देखिन्छ। सम्बन्धित निकायले जफत गरिएका साइकल तथा अन्य सामग्रीको समयमै व्यवस्थापन र संरक्षणतर्फ ध्यान दिन आवश्यक देखिन्छ।

अस्ट्रेलियाका भूमिगत आपत्कालीन व्यवस्थापन तथा सुरुङ प्रविधि विशेषज्ञ अर्नोल्ड डिक्सले भोटेकोशी तथा चिलिमे क्षेत्रमा आएको...
17/09/2026

अस्ट्रेलियाका भूमिगत आपत्कालीन व्यवस्थापन तथा सुरुङ प्रविधि विशेषज्ञ अर्नोल्ड डिक्सले भोटेकोशी तथा चिलिमे क्षेत्रमा आएको बाढी–पहिरो र जलविद्युत् आयोजनामा भएको विनाशलाई आधुनिक इतिहासकै भीषण प्राकृतिक विपत्तिमध्ये एक भन्दै ‘महाप्रलय’को संज्ञा दिएका छन्।

इलाममा बोलेरो दुर्घटना हुँदा चालकको मृत्युइलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो दुर्घटना हुँदा देउमाई–१ चमैताका ३५...
17/09/2026

इलाममा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु
इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो दुर्घटना हुँदा देउमाई–१ चमैताका ३५ वर्षीय चालक तीर्थराज बस्नेतको मृत्यु भएको छ। साधुगाउँबाट देउरालीतर्फ जाँदै गरेको बोलेरो भित्री सडकखण्डमा पल्टिँदा बस्नेतलाई गाडीले किचेको प्रहरीले जनाएको छ। �

😢 अत्यन्तै दुःखद खबररुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१०, घारीखोलामा विद्युत्को तार जमिनमा खसेको अवस्थामा करेन्ट लाग्दा ...
16/09/2026

😢 अत्यन्तै दुःखद खबर

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१०, घारीखोलामा विद्युत्को तार जमिनमा खसेको अवस्थामा करेन्ट लाग्दा करिब १४/१५ वर्षीय कमलजङ कुसारीको घटनास्थलमै मृत्यु भएको दुःखद खबर प्राप्त भएको छ।

मृतकप्रति हार्दिक श्रद्धाञ्जली। शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना। 🙏

बाढीकाे २२ ओैं दिन चिलिमे जलविद्युत् आयाेजनाकाे सुरूङबाट शव निकालिएको छ।
16/09/2026

बाढीकाे २२ ओैं दिन चिलिमे जलविद्युत् आयाेजनाकाे सुरूङबाट शव निकालिएको छ।

रास्वपा सुर्खेतको सर्कुलर : पार्टीबाट कुनै पदको उम्मेदवारका रूपमा आफूलाई प्रस्तुत नगर्नु, सामाजिक सञ्जालमा टीकाटिप्पणी न...
16/09/2026

रास्वपा सुर्खेतको सर्कुलर : पार्टीबाट कुनै पदको उम्मेदवारका रूपमा आफूलाई प्रस्तुत नगर्नु, सामाजिक सञ्जालमा टीकाटिप्पणी नगर्नु।

गएराती मुगुमा लगातार दुई भूकम्पको झट्का महसुस गरिएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मुगुको कलाई...
16/09/2026

गएराती मुगुमा लगातार दुई भूकम्पको झट्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मुगुको कलाई केन्द्रविन्दु भएर राति १.५१ बजे ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो भने पुन: ४.२८ बजे ४.२ रेक्टर स्केलको भूकम्प गएको हो

कैलालीमा ट्रककाे ठक्करबाट एक बालककाे मृत्यु भएको छ ।पूर्वपश्चिम राजमार्ग अन्तरगत गाैरीगंगा नगरपालिका-२ काे झिलमा मंगलबार...
15/09/2026

कैलालीमा ट्रककाे ठक्करबाट एक बालककाे मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत गाैरीगंगा नगरपालिका-२ काे झिलमा मंगलबार बिहान साढे ८ बजेतिर से १ क १३५२ नम्बरको ट्रकले ठक्कर दिदा साेही ठाउँका ५ वर्षीय लेखराज देउवाकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रककाे ठक्करबाट गम्भीर घाइते भएका उनकाे धनगढीस्थित माया मेट्राे अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हाे ।
ट्रक र चालक लम्कीचुहा नगरपालिका-२ बस्ने सुनिल चाैधरीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएकाे छ ।

दुर्गा प्रसाईंले वर्तमान सरकारका गतिविधि र निर्णयमाथि प्रश्न उठाउँदै नयाँ भिडियो सार्वजनिक गर्ने तयारी गरेको बताएका छन्।...
15/09/2026

दुर्गा प्रसाईंले वर्तमान सरकारका गतिविधि र निर्णयमाथि प्रश्न उठाउँदै नयाँ भिडियो सार्वजनिक गर्ने तयारी गरेको बताएका छन्।
उनले सरकारसँग सम्बन्धित विषयमा आफूले उठाउँदै आएका प्रश्नहरू र थप जानकारी सार्वजनिक गर्ने संकेत गरेका छन्। प्रसाईंको आगामी भिडियोमा के–कस्ता विषय समेटिन्छन् भन्नेबारे अहिले चासो बढेको छ।

Address

Surkhet

Alerts

Be the first to know and let us send you an email when Laika khabar Hd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Laika khabar Hd:

Shortcuts

Share