डाेटेली आवाज

Call Directions Website

डाेटेली आवाज #नमस्कार सम्पूर्ण मित्रहरू 🙏
कृपया डाेटेली आवाजलाई फलो गरि‌ दिन हार्दिक अनुरोध गर्न चाहन्छु🙏💚
९८४८६२०६९२

10/04/2026

सुदूरपश्चिम प्रदेश संघर्ष समितिको अध्यक्षमा डोटीका शिक्षक प्रेम बिक चयन

तेज डुम्रेल
२०८३ असोज १७ गते, डडेल्धुरा ।

सुदूरपश्चिम प्रदेशका वार्षिक एकमुष्ट अनुदानमा कार्यरत शिक्षकहरूको संघर्ष समितिको अध्यक्षमा डोटीका शिक्षक प्रेम बिक सर्वसम्मत चयन हुनुभएको छ।

शनिबार डडेल्धुराको बागबजारमा आयोजित शिक्षकहरूको भेलाले बिकको नेतृत्वमा १३ सदस्यीय सुदूरपश्चिम प्रदेश वार्षिक एकमुष्ट अनुदान शिक्षक संघर्ष समिति गठन गरेको हो।

नवनिर्वाचित समितिको उपाध्यक्षमा डडेल्धुराका बलबहादुर धामी, सचिवमा दार्चुलाका धर्मसिंह महता, सहसचिवमा कैलालीका रणबहादुर बरेमगर र कोषाध्यक्षमा कैलालीकी दिव्य खड्का चयन हुनुभएको छ।

त्यस्तै सदस्यहरूमा अछामका केशव भण्डारी, बाजुराका वीरबहादुर साउद, बझाङका प्रेमबहादुर धामी, डोटीका गगनबहादुर बलायर, बैतडीका हरिप्रसाद जोशी, कैलालीकी दीपा बजगाईं, कैलालीका यज्ञबहादुर थापा र दार्चुलाका गगनसिंह ठकुन्ना चयन हुनुभएको जनाइएको छ।

भेलाले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा वार्षिक एकमुष्ट अनुदानमा कार्यरत शिक्षकहरूको हकहित तथा विभिन्न माग सम्बोधनका लागि संघर्ष समिति गठन गरेको सहभागी शिक्षकहरूले बताएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष प्रेम बिकले शिक्षकहरूका जायज माग पूरा गराउन एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भयो

10/04/2026

दुखद खबर !
धान चुट्न गएका दुई जना सायलिगाणमा बगे, महिलाको शव भेटियो, पुरुषको शव अझैसम्म भेटिएन
डोटी । डोटीको आदर्श गाउँपालिका–५, तराला पारि देउवा बस्ने गाउँमा धान चुट्न गएका दुई जना सायलिगाणमा बगेका छन्।
सायलिगाणमा बगेकामध्ये एकल महिला लछिमा ओझाको शव फेला परेको समाजसेवी डम्बरबहादुर सिंहले फोनमार्फत जानकारी दिनुभएको छ। ३१ बर्षिय ओझा आण घर भएकी र हाल तराला बस्दै आएकी महिला हुन्। उहाँका अनुसार पुरुष मल्लिसात सेर बोहरा देउवा बस्ती समाैजि माणु शिखरका हुन्। अन्दाजी ४०/४५ बर्षिय बोहरा हाल तराला क्षेत्रमा जमिन किनेर बस्दै आएका थिए। उनको ससुराली पनि सायलिगाण पारि देउवा बस्ती क्षेत्रमा रहेको बताइएको छ।
ओझा र बोहरा अबेरसम्म घर नफर्किएपछि परिवार तथा स्थानीयले शनिबार बिहानदेखि खोजी सुरु गरेका थिए। खोजीका क्रममा गुयली भन्ने स्थानमा पुगेको सिंहले बताउनुभयो।
समाजसेवी सिंहका अनुसार जखेणामा बस्ने जलेरु अवि अधिकारीले महिलाको शव फेला पारेका हुन्। घटनाबारे प्रहरीलाई पनि फोनमार्फत जानकारी गराइएका थिए । आदर्श ईलाका प्रहरी र थप अनुसन्धानका लागिएको जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ पुगेको थियो ।
यस्तै, तल्लीसातका स्थानीयलाई समेत घटनाबारे जानकारी गराइएको सिंहले बताउनुभयो। पुरुष बोहराको शव भने समाचार तयार पार्दासम्म फेला परेको छैन। उनको खोजी कार्य जारी रहेको आज पनि जारि रहेको जिल्ला प्रहरी कार्यालय डाेटिले जनाएको छ।

सुदूरपश्चिम प्रदेश संघर्ष समितिको अध्यक्षमा डोटीका शिक्षक प्रेम बिक चयनतेज डुम्रेल २०८३ असाेज १७ गते डडेलधुरा । सुदूरपश्...
10/04/2026

सुदूरपश्चिम प्रदेश संघर्ष समितिको अध्यक्षमा डोटीका शिक्षक प्रेम बिक चयन
तेज डुम्रेल
२०८३ असाेज १७ गते
डडेलधुरा ।
सुदूरपश्चिम प्रदेश संघर्ष समितिको अध्यक्षमा डोटीका शिक्षक प्रेम बिक सर्वसम्मत चयन हुनुभएको छ।
असोज १७ गते शनिबार डडेल्धुराको बागबजारमा आयोजित भेलाले बिकको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा डडेल्धुराका बलबहादुर धामी, सचिवमा दार्चुलाका धर्मसिंह महता, सहसचिवमा कैलालीका रणबहादुर बरेमगर र कोषाध्यक्षमा कैलालीकी दिव्य खड्का चयन हुनुभएको छ।
त्यस्तै सदस्यहरूमा अछामका केशव भण्डारी, बाजुराका वीरबहादुर साउद, बझाङका प्रेमबहादुर धामी, डोटीका गगनबहादुर बलायर, बैतडीका हरिप्रसाद जोशी, कैलालीकी दीपा बजगाईं, कैलालीका यज्ञबहादुर थापा र दार्चुलाका गगनसिंह ठकुन्ना चयन हुनुभएको जनाइएको छ।
उक्त भेलाले सुदूरपश्चिम प्रदेशका वार्षिक एकमुष्ट अनुदानमा कार्यरत शिक्षकहरूका विभिन्न माग पूरा गर्न सुप प्रदेश वार्षिक एकमुष्ट अनुदान शिक्षक संघर्ष समिति गठन गरेको सहभागी शिक्षकहरूले बताएका छन्।

दुखद  खबर !धान चुट्न गएका दुई जना सायलिगाणमा बगे, महिलाको शव भेटियो, पुरुषको भेटिएनडोटी । डोटीको आदर्श गाउँपालिका–५, तरा...
10/03/2026

दुखद खबर !
धान चुट्न गएका दुई जना सायलिगाणमा बगे, महिलाको शव भेटियो, पुरुषको भेटिएन
डोटी । डोटीको आदर्श गाउँपालिका–५, तराला पारि देउवा बस्ने गाउँमा धान चुट्न गएका दुई जना सायलिगाणमा बगेका छन्।
सायलिगाणमा बगेकामध्ये एकल महिला लछिमा ओझाको शव फेला परेको समाजसेवी डम्बरबहादुर सिंहले फोनमार्फत जानकारी दिनुभएको छ। ३१ बर्षिय ओझा आण घर भएकी र हाल तराला बस्दै आएकी महिला हुन्। उहाँका अनुसार पुरुष मल्लिसात सेर बोहरा देउवा बस्ती समाैजि माणु शिखरका हुन्। अन्दाजी ४०/४५ बर्षिय बोहरा हाल तराला क्षेत्रमा जमिन किनेर बस्दै आएका थिए। उनको ससुराली पनि सायलिगाण पारि देउवा बस्ती क्षेत्रमा रहेको बताइएको छ।
ओझा र बोहरा अबेरसम्म घर नफर्किएपछि परिवार तथा स्थानीयले शनिबार बिहानदेखि खोजी सुरु गरेका थिए। खोजीका क्रममा गुयली भन्ने स्थानमा पुगेको सिंहले बताउनुभयो।
समाजसेवी सिंहका अनुसार जखेणामा बस्ने जलेरु अवि अधिकारीले महिलाको शव फेला पारेका हुन्। घटनाबारे प्रहरीलाई पनि फोनमार्फत जानकारी गराइएको छ। आदर्श ईलाका प्रहरी र थप अनुसन्धानका लागिएको जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ जाँदै गरेको जानकारी प्राप्त भएको छ।
यस्तै, तल्लीसातका स्थानीयलाई समेत घटनाबारे जानकारी गराइएको सिंहले बताउनुभयो। पुरुष बोहराको शव भने समाचार तयार पार्दासम्म फेला परेको छैन। उनको खोजी कार्य जारी रहेको बताइएको छ।

10/03/2026

पिपल्ला गाउँमा धान काटदै स्थानीय महिलाहरु✍️✍️✍️

10/02/2026

डोटीमा तीनवटै सुरक्षा निकायको संयुक्त विपद् उद्धार नमुना अभ्यास
डोटी । डोटीमा विपद्जन्य घटनाका समयमा तत्काल उद्धार तथा राहत व्यवस्थापनसम्बन्धी संयुक्त नमुना अभ्यास (Simulation) सम्पन्न भएको छ।
जिल्ला विपद् व्यवस्थापन समिति डोटीको आयोजनामा २०८३ असोज १६ गते बिहान ८ बजेदेखि ९ः१२ बजेसम्म दिपायल सिलगढी नगरपालिका–५ स्थित पुरानो बसपार्क (कारागार नजिक) मा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त सहभागितामा अभ्यास गरिएको हो।
अभ्यासमा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, श्री भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी दिपेश शाह, जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक सागर बोहरा, सशस्त्र प्रहरी बल नेपाल नं. ३६ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गणेश शाह, डिभिजन वन कार्यालय डोटीका प्रमुख गोकुल रिजाल, पत्रकार महासंघ डोटीका अध्यक्ष प्रकाश बम, जिल्ला समन्वय समितिका शाखा अधिकृत धर्मराज जोशी लगायत सुरक्षा निकाय, स्थानीय तहका जनप्रतिनिधि, सरोकारवाला निकाय तथा विद्यार्थीहरू सहभागी थिए। कार्यक्रममा करिब २०० जनाको सहभागिता रहेको थियो।
अभ्यासका क्रममा विपद्को समयमा तीनवटै सुरक्षा निकायबीच छिटो सूचना आदान–प्रदान, स्पष्ट जिम्मेवारी बाँडफाँट, प्रभावकारी समन्वय तथा घाइतेको शीघ्र र सुरक्षित उद्धार गर्ने क्षमता परीक्षण गरिएको थियो।
विपद् पूर्वतयारीअन्तर्गत उद्धार टोली तथा आवश्यक जनशक्ति तयारी अवस्थामा राख्ने, उद्धार तथा राहत सामग्री व्यवस्थापन गर्ने, एम्बुलेन्स र स्वास्थ्यकर्मीको व्यवस्था गर्ने, जोखिम तथा सुरक्षित क्षेत्र पहिचान गर्ने, सञ्चार साधन र सम्पर्क नम्बर तयारी अवस्थामा राख्ने, खोज तथा उद्धारका उपकरण जाँच गर्ने तथा भीड व्यवस्थापनको योजना बनाउने विषयमा समेत अभ्यास गरिएको थियो।
त्यस्तै, घाइते तथा प्रभावित व्यक्तिलाई सुरक्षित स्थानमा स्थानान्तरण, राहत सामग्री भण्डारण तथा वितरण, वैकल्पिक मार्ग पहिचान र सम्बन्धित जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन निकायबीच समन्वयलाई समेत अभ्यासमा समेटिएको थियो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले विपद्का समयमा आवश्यक पर्ने रबर बोटलगायतका उद्धार सामग्रीको व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय र स्थानीय तहको सहकार्यमा पहल गरिने बताइन्। आवश्यक सामग्रीको अभावमा समेत सुरक्षा निकायले उपलब्ध साधन तथा स्थानीय स्रोतको प्रयोग गरी उद्धार कार्य गर्दै आएको उल्लेख गर्दै उनले विपद् व्यवस्थापनका लागि आवश्यक सामग्री जुटाउन थप पहल र सहकार्य आवश्यक रहेको बताइन्।
अभ्यासपछि सहभागी निकायहरूले देखिएका कमजोरी पहिचान गरी आगामी दिनमा विपद् प्रतिकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्।

भोटेकोशी विपद् पीडितका लागि १ लाख १ हजार ४११ रुपैयाँ सहयोगतेजबहादुर डुम्रेल२०८३ असाेज १५ गते सिलगढीभोटेकोशीमा यही मिति २...
10/01/2026

भोटेकोशी विपद् पीडितका लागि १ लाख १ हजार ४११ रुपैयाँ सहयोग
तेजबहादुर डुम्रेल
२०८३ असाेज १५ गते
सिलगढी

भोटेकोशीमा यही मिति २०८३ भदौ १०/११ गते भएको विपद् घटनाबाट प्रभावित पीडितहरूको उद्धार तथा राहतका लागि भवानी मन्दिर संरक्षण समिति, दिपायल सिलगढी नगरपालिका–७, मल्लो उडीतोला, डोटी बाट रु. ४४,९३१ तथा मल्लो उडीतोला, डोटीबाट रोजगारीका सिलसिलामा तमिलनाडु, भारतमा रहेका दाजुभाइहरूद्वारा गठित भवानी मन्दिर संरक्षण समिति, मदुरै का तर्फबाट रु. ५६,४८० सहयोग गरिएको छ।

दुवै संस्थाबाट प्राप्त गरी जम्मा रु. १,०१,४११ (अक्षरमा एक लाख एक हजार चार सय एघार रुपैयाँ) प्रधानमन्त्री राहत तथा उद्धार कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा जम्मा गरिएको हो।

रकम जम्मा गरिएको भौचर जिल्ला प्रशासन कार्यालय, डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालमार्फत हस्तान्तरण गरिएको छ।

यस मानवीय कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ। 🙏💐

मानवीय सहयोग नै सबैभन्दा ठूलो धर्म हो। ❤️

#भोटेकोशी #राहत #उद्धार #भवानीमन्दिरसंरक्षणसमिति #डोटी #मल्लोउडीतोला #मदुरै #तमिलनाडु

कालिका मावि सायल–५ को आर्थिक प्रतिवेदन सार्वजनिक, १२ लाख ७५ हजार आन्तरिक मौज्दातडोटीको सायल गाउँपालिका–५ स्थित कालिका मा...
09/30/2026

कालिका मावि सायल–५ को आर्थिक प्रतिवेदन सार्वजनिक, १२ लाख ७५ हजार आन्तरिक मौज्दात

डोटीको सायल गाउँपालिका–५ स्थित कालिका माध्यमिक विद्यालयले आर्थिक वर्ष २०८२/०८३ को आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ।

विद्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार विभिन्न सरकारी अनुदान, छात्रवृत्ति, पोसाक, मसलन्द, विद्यालय इन्टरनेट, दिवा खाजा, सामाजिक परीक्षण, बालविकास अनुदान, शिक्षण सहजीकरण तथा विद्यालय सुधार योजनालगायत शीर्षकबाट आम्दानी भएको देखाइएको छ।

त्यस्तै, शिक्षक तथा कर्मचारी तलबभत्ता, गणित–विज्ञान–अंग्रेजी अनुदान, पोसाक, छात्रवृत्ति, निजी तर्फको तलब, मसलन्द, निरन्तर विद्यार्थी मूल्याङ्कन, राष्ट्रपति रनिङ सिल्ड, बत्तीको बिल, घेरबार निर्माण, शिक्षण सहजीकरण, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, इन्टरनेट, वडा स्तरीय कार्यक्रम, वार्षिक उत्सव, दिवा खाजा, सामाजिक सुरक्षा कर, शिक्षक भर्ना, अडिट, पाइप तथा खानेपानी, डेस्क–बेञ्च मर्मत र ज्योति बालविकासलगायत विभिन्न शीर्षकमा खर्च गरिएको विवरण प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनअनुसार विद्यालयको आन्तरिक मौज्दाततर्फ राष्ट्रिय वाणिज्य बैंकमा रु. १ लाख ७५ हजार, कृषि विकास बैंकमा रु. १० लाख र स्व. सु.बहादुर बोगटी अक्षयकोषअन्तर्गत ग्लोबल बैंक, दिपायलमा रु. १ लाख रहेको उल्लेख छ।

यसरी विद्यालयको आन्तरिक मौज्दाततर्फ जम्मा रु. १२ लाख ७५ हजार रहेको प्रतिवेदनमा देखाइएको छ।

विद्यालयले आम्दानी तथा खर्चको विवरण सार्वजनिक गर्दै आर्थिक कारोबारमा पारदर्शिता कायम गर्ने प्रयास गरिएको प्रधानाध्यापक प्रेमबहादुर खड्काले बताउनुभयो।

कालिका माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठनतेजबहादुर डुम्रेल असाेज १४ गतेसायल डाेटीडोटीको सायल गाउँपालिका–५ स्थ...
09/30/2026

कालिका माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
तेजबहादुर डुम्रेल
असाेज १४ गते
सायल डाेटी

डोटीको सायल गाउँपालिका–५ स्थित कालिका माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ।

विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष टेकबहादुर साउँदले राजीनामा दिएपछि शिक्षा ऐन, २०२८ को दसौँ संशोधनअनुसार आवश्यक प्रक्रिया पूरा गरी नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो।

विद्यालयमा आयोजित कार्यक्रममा कमलबहादुर डुम्रेललाई अध्यक्ष चयन गर्दै नयाँ विद्यालय व्यवस्थापन समिति सर्वसम्मत रूपमा गठन गरिएको छ।

नवनिर्वाचित विद्यालय व्यवस्थापन समितिमा:

- अध्यक्ष: कमलबहादुर डुम्रेल
- सदस्य: गणेश भाट
- सदस्य: सुना नेपाली
- सदस्य: इन्नरा देवी बोगटी
- वडा प्रतिनिधि सदस्य: बहादुर साउँद
- सदस्य–सचिव: प्रेमबहादुर खडका
- शिक्षक प्रतिनिधि: ध्रुवबहादुर बोगटी

समिति गठनसम्बन्धी प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएको जनाइएको छ।

कार्यक्रममा पत्रकार तथा अभिभावकहरूको समेत उपस्थिति रहेको थियो।

09/27/2026

पूर्व भौतिक तथा पूर्वाधार मन्त्री एवं नेपाली कांग्रेसका नेता वीरबहादुर बलायर डोटी पुग्नुभएको अवसरमा निकालिएको र्‍यालीको एक झलक हेर्नुहोस्। 🇳🇵❤️

Address

Silgadhi
Canada, KS
10800

Alerts

Be the first to know and let us send you an email when डाेटेली आवाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share