Mega It Inc

Mega It Inc Welcome to Mega IT Inc for creative services about Web design/development, SEO, mobile app, QA and D See your ideas turned into reality.

Welcome to Mega IT Inc for creative services about Web design/development, SEO, mobile app, QA and DBA. Mega IT Inc is committed to provide complete IT Support, Business Solutions, Integration, Development and transforming our clients into total success. We're recognized for enabling our partners with a successful growth.Therefore, at Mega IT Inc, our clients are our partners. We take pride in del

ivering innovative strategy and our commitment through a value-added and disciplined approach. We have been providing professional web design services to thousands of clients. Our professional team of web designers is made up of highly trained staff, including Project Managers, Graphic Designers, Web Developers, Web Designers, Programmers, Copywriters and Search Engine Optimisation Experts,DBA experties,QA analyst.

06/16/2020

हामी मध्ये धेरै वैकल्पिक मिडियामा र धेरै अर्थशास्त्रीहरूले निकै अगाडीदेखि नै भन्दै आएका थिए-अमेरिकी डलर समस्यामा पर्दैछ । तर, त्यो कुरा मान्न मूलधारका मिडिया तयार थिएनन् । वा भनौँ यो सम्भावनालाई बेवास्ता गरेका थिए । हालै ब्लुमवर्गमा येल विश्वविद्यालयका प्राध्यापक तथा अमेरिकी अर्थशास्त्री स्टीफन एस रोचको एक लेख प्रकाशित भयो, 'ए क्र्यास इन डलर इज कमिंगु' शीर्षकमा । जसले अब औपचारिक रूपमा नै यो विषयलाई बहसमा ल्याएको छ ।

अझ आश्चर्यजनक कुरा के छ भने रोचले आफ्नो लेखको सुरुमै लेखेका छन्, "विश्वले अमेरिकी अपवादवादको व्यापकता बारे पालेको धारणाको बारेमा अब गम्भीर आशङ्का सुरु भएको छ।" सत्य यो हो कि भू-राजनीति, अर्थशास्त्र र स्वतन्त्र व्यापारको सम्बन्धमा वाशिंगटनको दोहोरो भूमिका खेल्दै थियो भन्ने तथ्यलाई विचार गर्न आवश्यक छ। त्यसैले रोचले घोषणा गरेका छन् अमेरिकी डलरले पाउँदै आएको "अत्यधिक विशेषाधिकार" अब सकियो ।

उनले कहिलेसम्म ब्लूमबर्गमा लेख्न पाउने छन् यो अहिले नै अनुमान लगाउन सकिँदैन । किनकि अमेरिकाले आफ्नो अर्थतन्त्रको विशाल हिस्सा खर्च गरेर यसको महत्त्व र प्रभावलाई जोगाउँदै आएको थियो । यसो गर्दा मात्रै उसले ठुलो ऋण प्राप्त गर्न सक्थ्यो र गरिरहेको छ । संसारलाई पङ्गु बनाउँदै अमेरिकाले लिएको ऋण कहिल्यै भुक्तानी नहुने कुरा पनि पक्का छ । अमेरिकी सरकारले करदाताबाट असुलेको महँगो कर मुठ्ठीभर व्यापारीको हितको लागि ‘कर्पोरेट बेलआउट्स’ र सैन्य-उद्योग सञ्चालनमा खर्च गर्दै आएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान, सिरिया र इराक र इरानमा युद्धहरू जारी राख्न सैन्य बजेट बढाएका छन् । सम्भवतः भेनेजुएलासँग नयाँ युद्ध गर्न सेनालाई पुनर्निर्माण गर्नुपर्ने भएकाले सैन्य बजेट बढाएका हुन् । वाशिंगटनले विश्वका धेरै देशमा बर्बादी र विध्वंस मच्चाउने अनि कलहको बीउ रोप्ने कामका लागि अरबौँ डलर खर्च गर्दै आएको छ । आफ्नो समुन्द्री तटसम्म तेल ल्याउन यसले गर्न हुने र नहुने सबै काम गर्दै आएको छ ।

अहिले क्यारेबियनदेखि एसिया प्रशान्तसम्मका अमेरिकी विरोधीहरू तह लगाउन उनीहरूको विरुद्धमा अमेरिकी डलर प्रयोग भइरहेको छ । अमेरिकाले क्युबा लगायतका देशमा दशकौँदेखि प्रतिबन्ध लगाएको छ । तर, अब मात्र अमेरिकाले वास्तविकता अनुभव गर्न लागेको छ । डलरलाई हतियार बनाउँदाको मूल्य बल्ल उसलाई थाहा हुँदैछ । त्यसैले के कुरामा सन्देह छैन भने अमेरिकी डलर पतनको दिशामा छ। यो कहिले हुन्छ? अहिले नै सबै कुरा क्रिस्टल क्लियर भैसकेको छैन तर ठोकुवा गर्न सकिन्छ कि यो निकट भविष्यमा नै हुनेछ ।

कोभिड – १९ महामारीको प्रभाव भन्दा पहिले नै तनावग्रस्त अवस्थामा पुगेको संयुक्त राज्य अमेरिकाको जीवनस्तर अब फेरी पहिले कै अवस्थामा फर्कने सम्भावना छैन। एकै समयमा अमेरिकी अपवादवादको विश्वव्यापी मान्यता गम्भीर सङ्कटमा परेको छ भने अर्वौँ डलर छाप्दै वितरण गर्दा मौद्रिक शक्तिको सन्तुलन बिग्रिएको छ । यसरी घरेलु आर्थिक आधार र आफू प्रतिको अन्तर्राष्ट्रिय धारणा दुवै शक्तिहरू बिचको सन्तुलनमा आएको परिवर्तनका कारण पनि डलरमा क्र्यास हुने सम्भावना बढेको छ ।

२०१९ मा मार्केटवाच डट कमद्वारा प्रकाशित 'किन जिम रोजर्सले अमेरिकी डलर सुरक्षित लगानी हो भन्ने धारणालाई अस्वीकार गर्दछन्' शीर्षकको लेखमा रोजर्स होल्डिंग्सका अध्यक्ष जिम रोजर्सले "डलरका आधारशिलाहरू" डरलाग्दो अवस्थामा पुगेका भए पनि डलरको अन्तिम शवयात्राको तयारीका लागि उनले यसलाई किन्दै गरेको उल्लेख गरिएको थियो ।

रोजर्सले रियल भिजनसँगको एक अन्तर्वार्तामा भनेका थिए कि "मानिसहरू सोच्छन् कि अमेरिकी डलर एक सुरक्षित लगानी हो, तर अवस्था यस्तो छैन। आधारभूत अवस्थिति भयानक छन्। कुनै पनि सद्दे दिमाग भएका मानिसले अमेरिकाको डलर किन्दैनन् । तर मेरो स्वामित्वमा अझै धेरै डलर रहेको छ ... किनकि मेरो दिमाग ठिक छैन। बाँकी संसारका मानिसको पनि दिमाग ठेगानमा छैन त्यसैले उनीहरू यो किन्दैछन्।”

जिम रोजर्सले त के भविष्यवाणी पनि गरे कि आगामी दुई वर्षमा अमेरिकी डलर पानीको फोको जस्तै हुनेछ । उनले भनेका छन् "मलाई बजारको समय बारेमा राम्रो छैन तर मैले यस्तो अनुमान गरेको छु कि अर्को गडबडी आउँदो दुई वा तीनमा आउँदैछ ।” हुनपनी ठिक त्यस्तै भएको छ । कोभिड -१९ ले अमेरिकालाई थला पारेकै बेला जर्ज फ्लोडको हत्याको विरोधमा प्रदर्शन भएको छ । त्यहाँ आर्थिक अस्थिरता त छँदै थियो सामाजिक रूपमा समेत विकट समस्याहरू थपिएका छन् । परिणाम स्वरूप डलरको अवसान सहज र अनिवार्य बनेको छ । त्यसो त स्टीफन रोचले पनि अमेरिकाको ठुलो बजेट घाटाबारे आफ्नो लेखमा उल्लेख गरेका छन् :

“घरेलु बचतमा अभाव तर लगानी वृद्धिको चाहनाले गर्दा अमेरिकाले विश्वको प्राथमिक रिजर्भ मुद्राको रूपमा डलरको भूमिकाको ठुलो फाइदा उठायो । विदेशबाट ठुलो मात्रामा लगानी तान्यो तर त्यसको कुनै मूल्य नै बिना। विदेशी पुँजी आकर्षित गर्नका लागि अमेरिकाले आफ्नो चालू खातामा घाटा चलाएको छ । चालु खाता व्यापारको मापन हो किनभने यसमा लगानी पनि समावेश हुन्छ । जुन प्रक्रिया सन् १९८२ देखि लगातार चल्दै आएको छ ।”

अहिले कोभिड १९ का कारण अझ गहिरिएको आर्थिक सङ्कटले बचत र चालू खाताको बिन्दुमा थप तनाव उत्पन्न गर्दैछ । अमेरिकी सरकारले गरेका यावत अपराधको परिणाम स्वरूप बजेट घाटा विस्फोटनको निकट पुगेको छ । बजेट अफिसका अनुसार सन् २०२०को सङ्घीय बजेट घाटा सकल घरेलु उत्पादनको १७.९ प्रतिशत छ । यो शान्तिपूर्ण अवस्थामा देखिएको बजेट घाटाको नयन रेकर्ड हो । यस्तो घाटा सन् २०२१ मा ९.८ प्रतिशतको हुने अनुमान गरिएको छ ।

अमेरिकी डलरले आफ्नो मूल्य वास्तवमा सन् १९७१ मा नै गुमाएको हो । जुनबेला यसले एकतर्फी रूपमा सुनसँगको आफ्नो प्यारेटी अन्त्य भएको घोषणा गरेको थियो । अहिले डलरको मान्यता विश्वव्यापी रूपमा कायम रहनुको कारण अमेरिकाले सैन्य बलको आधारमा स्थापित गरेको त्रास मात्र हो । आफ्नो डलरलाई प्रतिस्थापन गर्न खोज्ने र अमेरिकी एकाधिकारलाई स्विकार्न हिच्किचाउने जो सुकैलाई आर्थिक प्रतिबन्ध लगाउने, अवरोध गर्ने वा सैन्य धम्कीले तह लगाउने गरेको कारण डलरको मूल्य स्वीकार्य बनेको थियो ।

ट्रम्प प्रशासनका मात्रै केही गतिविधि हेरौँ । अमेरिकाको संरक्षणवादी व्यापार नीतिहरू, भूमण्डलीकरणको वस्तुगत स्तम्भहरू जस्तै जलवायु सम्बन्धी पेरिस सम्झौता, ट्रान्स प्यासिफिक पार्टनरसिप, विश्व स्वास्थ्य सङ्गठन र परम्परागत अटलांटिक गठबन्धन आदिबाट अमेरिका पछि हटेको घटनाले नै पनि अब अमेरिका विश्व नेतृत्व गर्न नसक्ने अवस्थामा पुगेको देखिन्छ । कोभिड-१९ को प्रकोप नियन्त्रणमा देखिएको असफलताले यसको क्षमता माथि प्रश्न उठिरहेको बेला देखिएको सामाजिक उथलपुथलले आजको अमेरिका कुन स्तरमा छ भन्ने थप प्रष्ट्र पारेको छ । हुनपनि सन् १९६० को दशक यता अमेरिकाको यस्तो दुर्बलता पहिलो पटक सतहमा देखा परेको हो ।

जब ट्रम्पले ट्रान्स प्यासिफिक पार्टनरसिप (टिपिपि) र विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) बात अलग हुने घोषणा गरे त्यो बेला नै अमेरिकाको विश्वव्यापी नेतृत्व नराम्ररी कमजोर भयो । उसले चलाएका आक्रामक लडाइँहरू, राजनीतिक प्रतिबन्ध, आर्थिक प्रतिबन्ध, अनुचित व्यापार नीतिहरू, विदेशी चुनावमा हस्तक्षेप गर्ने र विदेशी नेताहरूको हत्या गर्ने कामबाट आर्जित शक्ति गुमेको छ । त्यसैले अमेरिकी डलर जसलाई अमेरिकाले एक साधन बनाएको थियो त्यो पनि कमजोर भएको छ ।

रोचको दाबी छ कि अमेरिकी डलरको मुद्रास्फीति हुनेछ, त्यसपछि कमजोर आर्थिक पुनर्स्थापना अनि मात्र स्थिरताद्वारा डलरको अवमूल्यन हुनेछ । धेरै राष्ट्रहरूले अमेरिकी डलर डम्प गर्दै आएका छन् जसमा चीन, रसिया, इरानलगायतका छन् । अरू धेरै मुलुकले पनि उनीहरूलाई पछ्याउनु पर्ने अवस्था बनेको छ । किनकि अब अमेरिकी डलरको शासनको अन्त हुदैछ । विश्व द्रुत गतिमा अर्कै दिशामा गइरहेको छ। ढिलो वा चाँडो, अमेरिकी अर्थव्यवस्था पतन हुनेछ । यो अपरिहार्य छ । अब मुलधारका मिडियाले समेत अलार्म बजाउन सुरु गरिसकेका छन् ।

10/30/2019

any wordpress developer in new baneshwor? send us cv or contact info at [email protected]

10/30/2019

any wordpress developer at new baneshwor?

07/17/2019

Complete Website Development मा गर्नुहोस !!!

✅Hosting प्याकेज भित्रै
✅Domain प्याकेज भित्रै
✅वेबसाइटका लागि कन्टेन्ट लेखन
✅लोगो डिजाइन | रिडिजाइन | ब्रान्डिङ
✅१ महिनाका लागि
✅असिमित Bandwidth/ Space / Emails / Pages
✅Complete Dynamic Website
✅अन्तर्राष्ट्रिय स्तरको Web design
✅अटोमेटेड Social Media इन्टिग्रेसन
✅एडभान्स Tools & Technology उपयोग
✅तपाईंको तर्फबाट वास्तविक कन्टेन्ट अपलोड
✅Google Listing | Google My Business Account
✅NO Annual Maintenance Charge
✅तपाईंको प्रतिलिपि अधिकार
✅विशेषज्ञहरूबाट Domain खोज सिफारिस
✅बर्षौँ बर्षौँसम्म Redevelopment को झ्न्झ्टबाट मुक्त !!!

आजै हाम्रो hotline मा सम्पर्क गर्न सक्नु हुने छ. ☎
Location: Panchakumari Marga, New Baneshwor
For USA Office 469 206 4079 or 1800 688 1694
For Nepal- 9841952752

10/14/2018
10/03/2018

Mega IT TEAM!!

01/04/2018

Every Staff is key for Mega IT, who makes system effect!!

Address

9602 Champion Court
Manassas, VA
20110

Alerts

Be the first to know and let us send you an email when Mega It Inc posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mega It Inc:

Share

Category